• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

२३ सदस्यीय मन्त्रिपरिषद् : ६ जना महिला, सञ्चारमन्त्रीमा रेखा 

64x64
नेपाल लाइभ मंगलबार, माघ ३, २०७९  २१:५६
1140x725

काठमाडौं– मंगलबार विस्तारित मन्त्रिपरिषद्अन्तर्गतका २३ सदस्यमध्ये ६ जना महिलाले जिम्मेवारी पाएका छन्।  
जसमध्ये माओवादी केन्द्रकी रेखा शर्मा सूचना तथा सञ्चारप्रविधिमन्त्री बनेकी छिन्। त्यस्तै, एमालेकी ज्वालाकुमारी साह कृषि तथा पशुुपंक्षी विकासमन्त्री भएकी छिन्।

एमालेकै डा. विमला राई पौड्याल परराष्ट्रमन्त्री तथा सोही पार्टीकी भगवती चौधरी महिला तथा बालबालिकामन्त्री नियुक्त भएकी छिन्। 

यसैगरी, माओवादी केन्द्रबाटै सुशीला श्रीपाली संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री नियुक्त हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भएकी छिन्। अब जानौं यी ६ मन्त्री कस्ता छन्ः 

रेखा शर्मा

माओवादी केन्द्रकी सांसद रेखा शर्मा सञ्चारमन्त्री बनेकी छिन्। मंगलबार गरिएको मन्त्रिपरिषद् विस्तारमा उनले पनि अवसर पाएकी हुन्।

मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा शर्माले एमाले महासचिव शंकर पोखरेललाई पराजित गरेकी थिइन्। शर्माले मन्त्री बन्ने अवसर पाएको यो दोस्रोपटक हो। 

२०७२ मा गठित केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारमा उनी सामान्य प्रशासनमन्त्री बनेकी थिइन्। उनी आफ्नो पार्टीका तर्फबाट सचेतक तथा प्रमुख सचेतकसमेत बनिसकेकी छिन्।

५३ वर्षीय शर्माले २०४२ देखि अनेरास्ववियुको स्कुल इकाई कमिटीबाट राजनीतिक यात्रा प्रारम्भ गरेकी हुन्। योङ कम्युनिस्ट लिग (वाईसीएल)को केन्द्रीय सदस्य, अनेमसंघ क्रान्तिकारीको अध्यक्ष, तत्कालीन माओवादीको केन्द्रीय सदस्यहुँदै उनी अहिले माओवादी केन्द्रको स्थायी कमिटी सदस्य छिन्। माओवादी जनयुद्धका क्रममा उनी एक वर्ष सैनिक हिरासतमा समेत बसेकी थिइन्।

Ncell 2
Ncell 2
nimb
nimb

शर्मा २०७० को संविधान सभा निर्वाचन र २०७४ को प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फबाट सभासद र सांसद निर्वाचित भएकी थिइन्। संसदीय समितिमा सक्रियतापूर्वक भूमिका निर्वाह गर्ने सांसदको रुपमा उनी परिचित छिन्। मन्त्रीका रुपमा पनि उनीबाट त्यही अपेक्षा गरिएको छ।

सामान्यतयाः सरकारको प्रवक्ताको भूमिका सञ्चारमन्त्रीले नै निर्वाह गर्ने गर्छन्। सम्भवतः शर्मालाई पनि त्यो जिम्मेवारी आउनेछ। त्यसैले आफ्नो मन्त्रालय जोडिने विषयबाहेक पनि अन्य सबैजसो मन्त्रालयका काम र सरकार जोडिने सबै सार्वजनिक विषयमा उनले जवाफ दिनुपर्ने हुन्छ।

ज्वालाकुमारी साह

ज्वालाकुमारी साह कृषि तथा पशुपंक्षीमन्त्री भएकी छिन्। मंगलबार सपथ ग्रहण गर्दै एमालेको तर्फबाट साह कृषि तथा पशुपंक्षीमन्त्री बनेकी हुन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

साह एमालेकीे पोलिटब्युरो सदस्य हुन्। माओवादी पृष्ठभूमिकी नेतृ उनी २०७४ को प्रदेश सभामा बारा ३ बाट माओवादी केन्द्रको उम्मेदवारको रुपमा विजयी भएकी थिइन्।

एमाले र माओवादी केन्द्रको एकता भई गठन भएको नेकपामा विभाजन आएपछि उनी एमाले प्रवेश गरेकी थिइन्। लगत्तै माओवादी केन्द्रले उनलाई प्रदेश सांसदबाट पदमुक्त गराएको थियो। 

अर्कोतिर, तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले उनलाई संघीय सरकारको कृषि तथा पशुपंक्षी विकासमन्त्री बनाएका थिए।

उनी २०६४ को संविधान सभा निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट समानुपातिक सभासद भएकी थिइन्।

डा विमला राई पौड्याल

डा विमला राई पौड्याल पहिलोपटक मन्त्री बनेकी छिन्। उनी एमालेको तर्फबाट परराष्ट्रमन्त्री बनेकी हुन्। विद्यार्थी जीवनबाट राजनीति सुरु गरेकी उनी राष्ट्रपतिको कोटाबाट राष्ट्रिय सभा सदस्यमा मनोनित भएकी थिइन्।

तत्कालीन नेकपाको अर्थ तथा योजना समिति सदस्य र अखिल महिला संघको केन्द्रीय समितिमा रहेकी पौड्यालको संसदीय यात्रा भने २०७४ सालबाट सुरु भएको हो।

उनी दिगो विकास तथा सुशासन समितिमा सदस्य रहेकी छिन्। उनले १६ महिना राष्ट्रिय योजना आयोगको सदस्य भएर काम गरेकी थिइन्। उनले राष्ट्रपति कार्यालयमा विकास मामिला विज्ञ (सल्लाहकार)को रुपमा काम गरेकी थिइन्।

राजनीतिभन्दा गैरसरकारी क्षेत्रका विभिन्न सामाजिक संघ–संस्थामा रहेर अनुभव हासिल गरेकी पौड्यालले एक्सन एड, डीएफआइडी, स्विस विकास सहयोग नियोग लगायतमा काम गरेकी छिन्। उनले राज्यबाट ऐश्वर्य विद्या पदक तथा नेपाल विधाभूषण पनि प्राप्त गरेकी छिन्। 

राष्ट्रिय सभामा मात्र नभई महिला सशक्तीकरणदेखि राज्यका हरेक निकायमा खरो रुपमा वकालत गर्ने विमला परराष्ट्रमन्त्री बनेपछि उनको विज्ञताको चर्चा भएको छ।

भगवती चौधरी

एमालेकी भगवती चौधरी महिला तथा बालबालीकामन्त्री बनेकी छिन्। मंगलबार चौधरीले महिला तथा बालबालिकामन्त्री पदको सपथ लिएकी छिन्।

चौधरीले तेस्रो प्रयासमा कांग्रेसका विजयकुमार गच्छदारलाई पराजित गर्दै दोस्रोपटक र जनताको प्रत्यक्ष मतद्वारा पहिलो पटक संसद् प्रवेश गरेकी हुन्। यसअघि २०६४ को पहिलो संविधान सभामा उनी मनोनित सांसद भएकी थिइन्। चौधरीले मंसिर ४ को निर्वाचनमा पटक–पटक उपप्रधानमन्त्री भएका र दर्जनौँपटक मन्त्री भएका गच्छदारलाई पराजित गरेकी थिइन्। 

चौधरी  पहिलोपटक ‘फुल मन्त्री’ बन्दै सत्ता राजनीतिमा प्रवेश गरेकी छिन्। यसअघि २०६८ मा तत्कालीन झलनाथ खनाल नेतृत्वको सरकारमा उनी छोटो समय भू–संरक्षण राज्यमन्त्री भएकी थिइन्।

५१ वर्षीय चौधरी एमालेकी केन्द्रीय सदस्य हुन्। उनको जन्म २०२८ वैशाख २ गते सुनसरीको औराबीमा भएको थियो। समाजशास्त्रमा स्नातकोत्तर अध्ययन गरेकी चौधरी विद्यावारिधिका लागि शोध गरिरहेकी छन्। 

विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा २०४६ सालको जनआन्दोलनमा भाग लिएकी चौधरीले २०४८ सालमा  एमालेको पार्टी सदस्यता लिएकी थिइन्। उनले सक्रिय राजनीति भने २०५८ सालबाट थालेकी हुन्।

२०६४ मा एमाले सुनसरी जिल्ला कमिटी सदस्य बनेकी चौधरी २०७० मा कोशी अञ्चल समन्वय कमिटी सदस्य बनेकी थिइन्। यस्तै,  एमालेको काठमाडौंमा भएको नवौं महाअधिवेशनमा उनी केन्द्रीय सदस्य भएकी थिइन्।

त्यस्तै, चौधरी २०७८ मा चितवनमा सम्पन्न १०औं महाधिवेशनबाट केन्द्रीय सदस्यका साथै श्रम तथा स्वरोजगार केन्द्रीय विभागको उपप्रमुखमा मनोनित भएकी छिन्। उनी अखिल नेपाल महिला संघकी केन्द्रीय सचिवालय सदस्य तथा गरिबी निवारण विभागको सचिवसमेत रहेकी छन्। उनी एमाले सुनसरी सहइन्चार्ज समेत हुन्।

सुशीला श्रीपाली 

सुशीला श्रीपाली संस्कृति पर्यटन उड्डयन राज्यमन्त्रीमा भएकी छिन्। उनी नवगठित मन्त्रिपरिषद्को सदस्यमा दलित महिला मन्त्री हुन्।

राजनीतिक जीवन उनले भारतबाट सुरु गरेकी थिइन्। तत्कालीन समयमा कम्युनिस्ट आन्दोलनमा सहभागी हुन उनले महिला संगठनबाट पार्टी राजनीतिमा प्रवेश गरिन्। राजनीतिका लागि उनको पहिलो संगठन अखिल भारत नेपाली एकता समाज थियो। 

श्रीपाली सन् १९९५ मा अखिल भारत नेपाली महिला समाजको केन्द्रीय अध्यक्ष बनिन्। २०५४ सालमा उनी नेपाल फर्किइन्। स्वदेश फर्केलगत्तै उनी माओवादी सशस्त्र युद्धमा सहभागी भइन्। तत्कालीन समयमा गुल्मी र अर्घाखाँचीलाई मिलाएर माओवादीले एउटै कमिटी बनाएको थियो। उक्त कमिटीमा उनी सदस्य बनिन्।

२०६४ सालमा पहिलोपटक माओवादी चुनावमा प्रवेश गर्ने बेला श्रीपाली अवध राज्य समिति अन्तर्गतको कमिटी सदस्य भएकी थिइन्। माओवादीको हेटौंडा राष्ट्रिय सम्मेलनबाट उनी पार्टी केन्द्रीय सदस्य बनिन्। 

माओवादीको केन्द्रीय सदस्यसमेत रहेकी श्रीपाली २०६८ मा दलित आयोगको अध्यक्ष बनिन्। २०७२ सालको संविधान जारी भएपछि नेता डा बाबुराम भट्टराईले नयाँ शक्ति दल गठन गरेपछि उनी सोही पार्टीमा आबद्ध भएकी थिइन्। दुई वर्ष नयाँ शक्तिमा रहेर उनी फेरि माओवादीमै फर्किइन्।

उनले संस्कृति पर्यटन उड्डयन राज्यमन्त्रीको सपथ लिन भने बाँकी छ।

डा तोसिमा कार्की

डा तोसिमा कार्की राज्यमन्त्री स्वास्थ्य तथा जनसंख्या भएकी छिन्। उनी पहिलोपटक सांसद बनेकी हुन्।

कार्की मेडिकल डाक्टर हुन्। उनी डा गोविन्द केसीले चिकित्सा क्षेत्रमा गरेको आन्दोलनको पक्षमा थिइन्। डा केसीको चिकित्सा शिक्षा सुधार आन्दोलनमा समेत सक्रिय रहेकी उनी जनरल सर्जन हुन्।

कार्की नेपाल मेडिकल काउन्सिलको सदस्य पनि थिइन्। गत मंसिर ४ को चुनावमा उनी रास्वपाबाट ललितपुर– ३ मा प्रतिनिधि सभा उम्मेदवारमा भारी मत ल्याएर विजयी भएकी थिइन्।

मेडिकल काउन्सिलकीे सदस्य रहेकाले उनले लाभको पद लिएको र त्यस्तो व्यक्ति उम्मेदवार बन्न अयोग्य हुने भन्दै निर्वाचन आयोगले कार्की उम्मेदवारी खारेज गरेको थियो। 

त्यसविरुद्ध सर्वोच्च पुगेकी कार्कीको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश कुमार चुडालको इजलासले उम्मेदवारी कायम गर्न निर्वाचन आयोगले अन्तरिम आदेश दिएको थियो।

प्रकाशित मिति: मंगलबार, माघ ३, २०७९  २१:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु
रवि कैंची धाम पुगेको सेल्फी
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार
सम्बन्धित सामग्री
रवि कैंची धाम पुगेको सेल्फी रवि शुक्रबार बिहान तीर्थाटनका लागि भन्दै सपरिवार धनगढी हुँदै भारततर्फ लागेका हुन्। शुक्रबार, कात्तिक ६, २०८३
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी अर्थमन्त्री वाग्लेले भारतको नयाँदिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गरेका हुन्। शुक्रबार, कात्तिक ६, २०८३
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’का क्रममा अर्थमन्त्री वाग्ले र भारतीय प्रधानमन्त्री मोदीबिच भे... शुक्रबार, कात्तिक ६, २०८३
ताजा समाचारसबै
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार शुक्रबार, कात्तिक ६, २०८३
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी शुक्रबार, कात्तिक ६, २०८३
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्