• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ १४, २०८३ Sun, Aug 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

२३ सदस्यीय मन्त्रिपरिषद् : ६ जना महिला, सञ्चारमन्त्रीमा रेखा 

64x64
नेपाल लाइभ मंगलबार, माघ ३, २०७९  २१:५६
1140x725

काठमाडौं– मंगलबार विस्तारित मन्त्रिपरिषद्अन्तर्गतका २३ सदस्यमध्ये ६ जना महिलाले जिम्मेवारी पाएका छन्।  
जसमध्ये माओवादी केन्द्रकी रेखा शर्मा सूचना तथा सञ्चारप्रविधिमन्त्री बनेकी छिन्। त्यस्तै, एमालेकी ज्वालाकुमारी साह कृषि तथा पशुुपंक्षी विकासमन्त्री भएकी छिन्।

एमालेकै डा. विमला राई पौड्याल परराष्ट्रमन्त्री तथा सोही पार्टीकी भगवती चौधरी महिला तथा बालबालिकामन्त्री नियुक्त भएकी छिन्। 

यसैगरी, माओवादी केन्द्रबाटै सुशीला श्रीपाली संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री नियुक्त हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भएकी छिन्। अब जानौं यी ६ मन्त्री कस्ता छन्ः 

रेखा शर्मा

माओवादी केन्द्रकी सांसद रेखा शर्मा सञ्चारमन्त्री बनेकी छिन्। मंगलबार गरिएको मन्त्रिपरिषद् विस्तारमा उनले पनि अवसर पाएकी हुन्।

मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा शर्माले एमाले महासचिव शंकर पोखरेललाई पराजित गरेकी थिइन्। शर्माले मन्त्री बन्ने अवसर पाएको यो दोस्रोपटक हो। 

२०७२ मा गठित केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारमा उनी सामान्य प्रशासनमन्त्री बनेकी थिइन्। उनी आफ्नो पार्टीका तर्फबाट सचेतक तथा प्रमुख सचेतकसमेत बनिसकेकी छिन्।

५३ वर्षीय शर्माले २०४२ देखि अनेरास्ववियुको स्कुल इकाई कमिटीबाट राजनीतिक यात्रा प्रारम्भ गरेकी हुन्। योङ कम्युनिस्ट लिग (वाईसीएल)को केन्द्रीय सदस्य, अनेमसंघ क्रान्तिकारीको अध्यक्ष, तत्कालीन माओवादीको केन्द्रीय सदस्यहुँदै उनी अहिले माओवादी केन्द्रको स्थायी कमिटी सदस्य छिन्। माओवादी जनयुद्धका क्रममा उनी एक वर्ष सैनिक हिरासतमा समेत बसेकी थिइन्।

nimb
nimb

शर्मा २०७० को संविधान सभा निर्वाचन र २०७४ को प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फबाट सभासद र सांसद निर्वाचित भएकी थिइन्। संसदीय समितिमा सक्रियतापूर्वक भूमिका निर्वाह गर्ने सांसदको रुपमा उनी परिचित छिन्। मन्त्रीका रुपमा पनि उनीबाट त्यही अपेक्षा गरिएको छ।

सामान्यतयाः सरकारको प्रवक्ताको भूमिका सञ्चारमन्त्रीले नै निर्वाह गर्ने गर्छन्। सम्भवतः शर्मालाई पनि त्यो जिम्मेवारी आउनेछ। त्यसैले आफ्नो मन्त्रालय जोडिने विषयबाहेक पनि अन्य सबैजसो मन्त्रालयका काम र सरकार जोडिने सबै सार्वजनिक विषयमा उनले जवाफ दिनुपर्ने हुन्छ।

ज्वालाकुमारी साह

ज्वालाकुमारी साह कृषि तथा पशुपंक्षीमन्त्री भएकी छिन्। मंगलबार सपथ ग्रहण गर्दै एमालेको तर्फबाट साह कृषि तथा पशुपंक्षीमन्त्री बनेकी हुन्।

साह एमालेकीे पोलिटब्युरो सदस्य हुन्। माओवादी पृष्ठभूमिकी नेतृ उनी २०७४ को प्रदेश सभामा बारा ३ बाट माओवादी केन्द्रको उम्मेदवारको रुपमा विजयी भएकी थिइन्।

एमाले र माओवादी केन्द्रको एकता भई गठन भएको नेकपामा विभाजन आएपछि उनी एमाले प्रवेश गरेकी थिइन्। लगत्तै माओवादी केन्द्रले उनलाई प्रदेश सांसदबाट पदमुक्त गराएको थियो। 

अर्कोतिर, तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले उनलाई संघीय सरकारको कृषि तथा पशुपंक्षी विकासमन्त्री बनाएका थिए।

उनी २०६४ को संविधान सभा निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट समानुपातिक सभासद भएकी थिइन्।

डा विमला राई पौड्याल

डा विमला राई पौड्याल पहिलोपटक मन्त्री बनेकी छिन्। उनी एमालेको तर्फबाट परराष्ट्रमन्त्री बनेकी हुन्। विद्यार्थी जीवनबाट राजनीति सुरु गरेकी उनी राष्ट्रपतिको कोटाबाट राष्ट्रिय सभा सदस्यमा मनोनित भएकी थिइन्।

तत्कालीन नेकपाको अर्थ तथा योजना समिति सदस्य र अखिल महिला संघको केन्द्रीय समितिमा रहेकी पौड्यालको संसदीय यात्रा भने २०७४ सालबाट सुरु भएको हो।

उनी दिगो विकास तथा सुशासन समितिमा सदस्य रहेकी छिन्। उनले १६ महिना राष्ट्रिय योजना आयोगको सदस्य भएर काम गरेकी थिइन्। उनले राष्ट्रपति कार्यालयमा विकास मामिला विज्ञ (सल्लाहकार)को रुपमा काम गरेकी थिइन्।

राजनीतिभन्दा गैरसरकारी क्षेत्रका विभिन्न सामाजिक संघ–संस्थामा रहेर अनुभव हासिल गरेकी पौड्यालले एक्सन एड, डीएफआइडी, स्विस विकास सहयोग नियोग लगायतमा काम गरेकी छिन्। उनले राज्यबाट ऐश्वर्य विद्या पदक तथा नेपाल विधाभूषण पनि प्राप्त गरेकी छिन्। 

राष्ट्रिय सभामा मात्र नभई महिला सशक्तीकरणदेखि राज्यका हरेक निकायमा खरो रुपमा वकालत गर्ने विमला परराष्ट्रमन्त्री बनेपछि उनको विज्ञताको चर्चा भएको छ।

भगवती चौधरी

एमालेकी भगवती चौधरी महिला तथा बालबालीकामन्त्री बनेकी छिन्। मंगलबार चौधरीले महिला तथा बालबालिकामन्त्री पदको सपथ लिएकी छिन्।

चौधरीले तेस्रो प्रयासमा कांग्रेसका विजयकुमार गच्छदारलाई पराजित गर्दै दोस्रोपटक र जनताको प्रत्यक्ष मतद्वारा पहिलो पटक संसद् प्रवेश गरेकी हुन्। यसअघि २०६४ को पहिलो संविधान सभामा उनी मनोनित सांसद भएकी थिइन्। चौधरीले मंसिर ४ को निर्वाचनमा पटक–पटक उपप्रधानमन्त्री भएका र दर्जनौँपटक मन्त्री भएका गच्छदारलाई पराजित गरेकी थिइन्। 

चौधरी  पहिलोपटक ‘फुल मन्त्री’ बन्दै सत्ता राजनीतिमा प्रवेश गरेकी छिन्। यसअघि २०६८ मा तत्कालीन झलनाथ खनाल नेतृत्वको सरकारमा उनी छोटो समय भू–संरक्षण राज्यमन्त्री भएकी थिइन्।

५१ वर्षीय चौधरी एमालेकी केन्द्रीय सदस्य हुन्। उनको जन्म २०२८ वैशाख २ गते सुनसरीको औराबीमा भएको थियो। समाजशास्त्रमा स्नातकोत्तर अध्ययन गरेकी चौधरी विद्यावारिधिका लागि शोध गरिरहेकी छन्। 

विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा २०४६ सालको जनआन्दोलनमा भाग लिएकी चौधरीले २०४८ सालमा  एमालेको पार्टी सदस्यता लिएकी थिइन्। उनले सक्रिय राजनीति भने २०५८ सालबाट थालेकी हुन्।

२०६४ मा एमाले सुनसरी जिल्ला कमिटी सदस्य बनेकी चौधरी २०७० मा कोशी अञ्चल समन्वय कमिटी सदस्य बनेकी थिइन्। यस्तै,  एमालेको काठमाडौंमा भएको नवौं महाअधिवेशनमा उनी केन्द्रीय सदस्य भएकी थिइन्।

त्यस्तै, चौधरी २०७८ मा चितवनमा सम्पन्न १०औं महाधिवेशनबाट केन्द्रीय सदस्यका साथै श्रम तथा स्वरोजगार केन्द्रीय विभागको उपप्रमुखमा मनोनित भएकी छिन्। उनी अखिल नेपाल महिला संघकी केन्द्रीय सचिवालय सदस्य तथा गरिबी निवारण विभागको सचिवसमेत रहेकी छन्। उनी एमाले सुनसरी सहइन्चार्ज समेत हुन्।

सुशीला श्रीपाली 

सुशीला श्रीपाली संस्कृति पर्यटन उड्डयन राज्यमन्त्रीमा भएकी छिन्। उनी नवगठित मन्त्रिपरिषद्को सदस्यमा दलित महिला मन्त्री हुन्।

राजनीतिक जीवन उनले भारतबाट सुरु गरेकी थिइन्। तत्कालीन समयमा कम्युनिस्ट आन्दोलनमा सहभागी हुन उनले महिला संगठनबाट पार्टी राजनीतिमा प्रवेश गरिन्। राजनीतिका लागि उनको पहिलो संगठन अखिल भारत नेपाली एकता समाज थियो। 

श्रीपाली सन् १९९५ मा अखिल भारत नेपाली महिला समाजको केन्द्रीय अध्यक्ष बनिन्। २०५४ सालमा उनी नेपाल फर्किइन्। स्वदेश फर्केलगत्तै उनी माओवादी सशस्त्र युद्धमा सहभागी भइन्। तत्कालीन समयमा गुल्मी र अर्घाखाँचीलाई मिलाएर माओवादीले एउटै कमिटी बनाएको थियो। उक्त कमिटीमा उनी सदस्य बनिन्।

२०६४ सालमा पहिलोपटक माओवादी चुनावमा प्रवेश गर्ने बेला श्रीपाली अवध राज्य समिति अन्तर्गतको कमिटी सदस्य भएकी थिइन्। माओवादीको हेटौंडा राष्ट्रिय सम्मेलनबाट उनी पार्टी केन्द्रीय सदस्य बनिन्। 

माओवादीको केन्द्रीय सदस्यसमेत रहेकी श्रीपाली २०६८ मा दलित आयोगको अध्यक्ष बनिन्। २०७२ सालको संविधान जारी भएपछि नेता डा बाबुराम भट्टराईले नयाँ शक्ति दल गठन गरेपछि उनी सोही पार्टीमा आबद्ध भएकी थिइन्। दुई वर्ष नयाँ शक्तिमा रहेर उनी फेरि माओवादीमै फर्किइन्।

उनले संस्कृति पर्यटन उड्डयन राज्यमन्त्रीको सपथ लिन भने बाँकी छ।

डा तोसिमा कार्की

डा तोसिमा कार्की राज्यमन्त्री स्वास्थ्य तथा जनसंख्या भएकी छिन्। उनी पहिलोपटक सांसद बनेकी हुन्।

कार्की मेडिकल डाक्टर हुन्। उनी डा गोविन्द केसीले चिकित्सा क्षेत्रमा गरेको आन्दोलनको पक्षमा थिइन्। डा केसीको चिकित्सा शिक्षा सुधार आन्दोलनमा समेत सक्रिय रहेकी उनी जनरल सर्जन हुन्।

कार्की नेपाल मेडिकल काउन्सिलको सदस्य पनि थिइन्। गत मंसिर ४ को चुनावमा उनी रास्वपाबाट ललितपुर– ३ मा प्रतिनिधि सभा उम्मेदवारमा भारी मत ल्याएर विजयी भएकी थिइन्।

मेडिकल काउन्सिलकीे सदस्य रहेकाले उनले लाभको पद लिएको र त्यस्तो व्यक्ति उम्मेदवार बन्न अयोग्य हुने भन्दै निर्वाचन आयोगले कार्की उम्मेदवारी खारेज गरेको थियो। 

त्यसविरुद्ध सर्वोच्च पुगेकी कार्कीको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश कुमार चुडालको इजलासले उम्मेदवारी कायम गर्न निर्वाचन आयोगले अन्तरिम आदेश दिएको थियो।

प्रकाशित मिति: मंगलबार, माघ ३, २०७९  २१:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कृष्णभीरमा सडक भासियो, मुग्लिन–काठमाडौं सडक पूर्णरूपमा अवरुद्ध
स्वास्थ्यमन्त्री भन्छिन्– शव गाड्नु नष्ट गर्नु होइन, संरक्षण गर्नु हो
भोटेकोशी बाढी प्रभावितका लागि एमएडब्लू ग्रुपद्वारा १ करोड ११ लाख सहयोग
सम्बन्धित सामग्री
भोटेकोशी बाढीको चौथो दिन: प्रधानमन्त्री बालेनले सुनाए बाढी प्रभावित क्षेत्रमा सरकारले गरेका कामको फेहरिस्त बाढीबाट विस्थापित करिब ३ हजार ५०० जनाका लागि अस्थायी आवासको व्यवस्था गरिएको छ। रसुवा, नुवाकोटलगायत प्रभावित क्षेत्रमा राहत शिविर सञ्... शनिबार, भदौ १३, २०८३
नेपाली काँग्रेस फुटउन्मुख, डा. शशांकद्धारा महाधिवेशनको छुट्टै कार्यतालिका ल्याउने घोषणा १५ औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएका हुन्। शनिबार, भदौ १३, २०८३
विपद्पछिको पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग लिने सरकारको तयारी, दाता सम्मेलनको संकेत परराष्ट्र मन्त्रालयको प्रेस ब्रिफिङमा शनिबार मन्त्री खनालले पूर्वाधार, सडक सञ्जाल, पुल तथा जलविद्युत् आयोजनालगायतका क्षेत्रमा व्यापक... शनिबार, भदौ १३, २०८३
ताजा समाचारसबै
कृष्णभीरमा सडक भासियो, मुग्लिन–काठमाडौं सडक पूर्णरूपमा अवरुद्ध आइतबार, भदौ १४, २०८३
स्वास्थ्यमन्त्री भन्छिन्– शव गाड्नु नष्ट गर्नु होइन, संरक्षण गर्नु हो आइतबार, भदौ १४, २०८३
भोटेकोशी बाढी प्रभावितका लागि एमएडब्लू ग्रुपद्वारा १ करोड ११ लाख सहयोग आइतबार, भदौ १४, २०८३
अमेरिकाले बाढी प्रभावित नेपालीलाई ३६ लाख डलरभन्दा बढीको सहायता दिने आइतबार, भदौ १४, २०८३
मन्त्री श्रेष्ठ भन्छन्– उद्धारमा सरकारले कुनै कसर बाँकी राख्दैन आइतबार, भदौ १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे शनिबार, भदौ १३, २०८३
कञ्चनपुर पुगेका दुई भारतीय प्रहरी नियन्त्रणमा शनिबार, भदौ १३, २०८३
भोटेकोशी बाढीको चौथो दिन: प्रधानमन्त्री बालेनले सुनाए बाढी प्रभावित क्षेत्रमा सरकारले गरेका कामको फेहरिस्त शनिबार, भदौ १३, २०८३
चौधरी फाउन्डेसन र नबिल बैंकका अध्यक्षद्वारा बाढी प्रभावित समुदायका लागि बहुचरणीय राहत तथा पुनर्स्थापना कार्यक्रमको घोषणा शनिबार, भदौ १३, २०८३
डीएनए नमुना र जीपीएस म्यापिङसहित चितवनमा व्यवस्थित रूपमा गाडिँदै बेवारिसे शव शनिबार, भदौ १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्