काठमाडौं– नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रपति र सभामुखबारे छलफल गर्न आफ्नो पार्टी तयार रहेको कुरा सर्वदलीय बैठकमा राखेको बताएका छन्।
मंगलबार बालुवाटारमा सर्वदलीय बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले बैठकमा कांग्रेस प्रमुख प्रतिपक्षी दल रहेको जानकारी गराएको दाबी गरे।
‘प्रधानमन्त्रीले प्रतिनिधि सभामा रहेका सबै दललाई छलफलमा बोलाउनु भएको थियो। हामीले केही विषयमा आफ्नो धारणा राखेका छौं,’ उनले भने, ‘विश्वासको मत दिएकोमा उहाँले सबैलाई धन्यवाद दिनुभयो। सत्ता पक्ष र प्रतिपक्षका बारेका कुरा भएको र कांग्रेस प्रमुख विपक्षी दलको नेताको रुपमा सभापति शेरबहादुर देउवा रहेको भनि हामीहरुले राखेका छौं।’
राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखमा पनि मिलेर जान सकिन्छ कि भनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको जानकारी दिँदै लेखकले यी पदमा छलफल गर्न तयार रहेको भनि आफूहरुले जवाफ दिएको बताए। एमालेले पनि आफ्नो धारणा राखेको र आफूहरुले पनि राखेको उनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।