धनगढी– सुदूरपश्चिम प्रदेशको उपसभामुखमा एमालेकी कोइलीदेवी चौधरी निर्वाचित भएकी छिन्। उनी मंगलबार साँझ निर्वाचित भएकी हुन्।
५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा उनले २८ मत पाउँदै निर्वाचित भएकी हुन्। ५३ जना मध्ये एक सभामुखबाहेक अन्य सबैले मत दिएका थिए।
चौधरीले एमालेको १०, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाको १ मत पाइन्। उपसभामुखका अर्का उम्मेदवार एकीकृत समाजवादीकी माया पन्तले २३ मत पाएकी थिइन्।
मंगलबार बिहान माओवादी केन्द्रका भीमबहादुर भण्डारी सभामुखमा निर्वाचित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।