काठमाडौं– सतारुढ दलहरुको गठबन्धनवाट मधेश प्रदेशको सभामुखमा एमाले नेता रामचन्द्र मण्डल निर्वाचित भएका छन्। मंगलबार सम्पन्न प्रदेशसभा सभामुखको निर्वाचनमा एमालेका मंगल ७४ मत ल्याएका छन्।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका जंगीलाल रायले २९ मत ल्याएका छन्। मत विभाजन एवं हस्ताक्षरमार्फत भएको सभामुख निर्वाचनमा एमालेका मंडलको पक्षमा ७४ र विपक्षमा २९ मत परेको छ। मंगलबार सदनमा एकसय ३ सांसद उपस्थित थिए।
मंगलबारको प्रदेश सभा बैठकका अध्यक्षता जेष्ठ सदस्य गोबिन्दबहादुर न्यौपानेले गरेका हुन्।
एमालेका मण्डललाई सत्ता गठबन्धन घटक दल नेकपा (एमाले), जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा (माओवादी) केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल संघीय समाजावादी र चार स्वतन्त्र सांसदले पक्षमा मतदान गरेका छन्।
मण्डल धनुषा क्षेत्र नं १ (ख) बाट दोस्रोपटक निर्वाचित सांसद हुन्। विपक्षमा नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)का सांसदले मतदान गरेका थिए। कांग्रेसबाट सभामुखमा जंगीलाल राय उम्मेदवार थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।