काठमाडौं– पोखरामा भएको विमान दुर्घटनास्थलभन्दा करिब डेढ किलोमिटर टाढा एउटा शव भेटिएको छ। दुर्घटना भएको दुई दिनसम्म खोज्दा पनि तीन जना यात्रुको अवस्था अज्ञात थियो।
दुर्घटनास्थलभन्दा डेढ किलोमिटर टाढा शव भेटिएपछि उक्त शव विमानमा सवार यात्रुको हो वा होइन भन्ने यकिन भएको छैन।
‘एक जनाको शव दुर्घटनास्थलभन्दा करिब डेढ किलोमिटर टाढा भेटिएको छ,’ सशस्त्र प्रहरीका सहायक प्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले भने, ‘शव भने विमानमै सवार यात्रुको हो–होइन भन्ने पुष्टि हुन बाँकी छ।’
त्यसैगरी अर्को एउटा टाउकाको भाग र खुट्टा पनि फेला परेको सशस्त्र प्रहरीले जनाएको छ। अहिलेसम्म नभेटिएका तीन यात्रुको बारेमा खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ।
माघ १ गते काठमाडौंबाट पोखरा जाने क्रममा यति एयरको जहाज पोखरास्थित नयाँ विमानस्थल नजिकै सेतीको खोँचमा खसेको थियो। उक्त विमानमा चालक दलका चार सदस्यसहित ७२ जना सवार थिए। तीमध्ये ७० जनाको शव भेटिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।