• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, जेठ १२, २०८३ Tue, May 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

२३ दिनपछि मन्त्रिपरिषद् विस्तार, तर अझै अपूर्ण 

64x64
नेपाल लाइभ मंगलबार, माघ ३, २०७९  १७:४९
1140x725

काठमाडौं– मंसिर ४ गतेको भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा माओवादी केन्द्र नेपाली कांग्रेससँग मिलेर चुनावमा होमियो। सत्ता गठबन्धनमा माओवादी केन्द्रसँग पाँच दल रहेका थिए। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटकसम्म प्रतिनिधि सभा विघटन गरेपछि नेकपाभित्र असन्तुष्ट देखिएका दाहाल २०७७ फागुन २३ गते सर्वोच्चले नेकपा नाम विवादमा दुई दललाई अलग गराएसँगै अलग भएका थिए।

माओवादी केन्द्रसहित एमालेबाट विभाजन भएर बनेको नयाँ दल एकीकृत समाजवादीको साथमा कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनेको थियो। यही सरकारले मंसिर ४ गतेको निर्वाचन सम्पन्न गरायो। निर्वाचनवाट नेपाली कांग्रेस ८९ सिटसहित पहिलो दल बन्यो। एमाले ७८ र माओवादी केन्द्रले ३२ सिट पाए। निर्वाचनपछि सरकार गठनका बेला कांग्रेस र माओवादीबीच प्रधानमन्त्रीका विषयमा विवाद सुरु भयो।

कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै दाबी गरेपछि प्रचण्ड असन्तुष्ट हुँदै एमालेतिर मिल्न गए। एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनमत, नागरिक उन्मुक्ति र जसपाले सर्मथन गरेपछि पुस १० गते उनी संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री नियुक्त भए।

नियुक्तीसँगै पुस ११ गते प्रधानमन्त्री प्रचण्डले सपथग्रहण गरे। पहिलो चरणमा पुस ११ गते तीन उपप्रधानमन्त्रीसहित ८ मन्त्रीले सपथ लिए। त्यसको २३ दिनपछि उनले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन्। मंगलबार सत्ता साझेदार दलहरुमध्ये एमाले, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट थप मन्त्रीलाई नियुक्त गर्दै सपथ गराइयो।

उनीहरुलाई सपथ ग्रहण गराएपनि मन्त्रिपरिषद्ले भने अझै पूर्णता पाउन सकेन। युवा तथा खेलकुद र वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी अझै पनि प्रधानमन्त्री प्रचण्डकै काँधमा रहेको छ। 

उपप्रधानमन्त्रीको लहर 
यसपटक चार उपप्रधानमन्त्री भएका छन्। २०७२ सालमा जारी भएको संविधानपछि दोस्रो पटक धेरै उपप्रधानमन्त्री देशले पाएको छ। यसअघि केपी शर्मा ओलीले ६ जना उपप्रधानमन्त्री बनाएका थिए।

तत्कालीन समयमा उपप्रधानमन्त्रीहरु विजयकुमार गच्छादार, कमल थापा, टोपबहादुर रायमाझी, भीमबहादुर रावल, सीपी मैनाली र चित्रवबहादुर केसी थिए। त्यसपछि भएको निर्वाचनमा एकपटक २ जना उपप्रधानमन्त्री भएका थिए। २०७४ सालको निर्वाचनपछि एमाले अध्यक्ष ओलीले २ उपप्रधानमन्त्री बनाएका थिए। ईश्वर पोखरेल र उपेन्द्र यादव उपप्रधानमन्त्री भएका थिए। त्यसपछि बनेको सरकारको नेतृत्वले कुनै पनि उपप्रधानमन्त्री बनाएन। कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको धारा ७६ को ५ अनुसार सरकार बनाएका थिए। मंसिरको निर्वाचनपछि फेरि उपप्रधानमन्त्रीको लहर लागेको छ।

माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’को नेतृत्वमा ४ उपप्रधानमन्त्री बनेका छन्।  अहिले विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ, रवि लामिछाने र राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री भएका छन्। उपप्रधानमन्त्री मन्त्री हुँदा अतिरिक्त सुविधा नपाउने भएपछि वरीयताका लागि मात्र हुने गरेको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

सरकार गठनसँगै सत्ता साझेदारहरूमा असन्तुष्टि 
सरकार विस्तारसँगै सत्ता साझेदार दलहरुकाबीचमा भने असन्तुष्टि देखिएको छ। सत्ता पक्षमा उभिएका जसपा र जनमत पार्टीले असन्तुष्टि सार्वजनिक गरेका छन्। प्रधानमन्त्री प्रचण्डले जसपालाई दिन भनि दुई मन्त्रालय आफैंसँग राखेपनि अध्यक्ष उपेन्द्र यादवले सरकार विस्तारमा आफूहरुसँग कुनै छलफल नभएको भनी असन्तुष्टि पोखेका छन्।

मंगलबार भएको सरकार विस्तारमा यादवको जसपाबाट २ मन्त्रीले सपथ लिने भनेका थिए। जसपाले २ मन्त्रालयसँगै उपराष्ट्रपति मागेको थियो। सत्ता गठबन्धनभित्र एमाले र माओवादीका बीचमा उपराष्ट्रपति माओवादी केन्द्रले राख्ने सहमति भएपछि यादव असन्तुष्ट भएका थिए। 

मंसिरको निर्वाचनमा अन्तिम समयमा कांग्रेसको गठबन्धन छोडेर एमालेसँग सहकार्य गरेका यादव सरकारका विषयमा आफूहरु अंकगणितीय रुपमा आवश्यक नभएको देखेपछि पेलाइमा परेको अनुभव गरेका छन्। त्यस्तै, सरकारलाई सर्मथन गर्दै आएको सीके राउत नेतृत्वको जनमत पार्टी पनि असन्तुष्ट बनेको छ। पुस १० गते सपथ लिँदा अब्दुल खानले सपथ लिएका थिए। उनले बिनाविभागीय मन्त्रीको रुपमा सपथ लिएका थिए।  

राउतले उद्योग मन्त्रालयको माग गरेका थिए। मंगलबार उनको भागमा खानेपानी मन्त्रालय पर्‍यो। आफूहरुले रोजेको मन्त्रालय नपाएको भन्दै उनी मन्त्रालयमा कार्यभार सम्हाल्नै गएनन्। कर्मचारीहरु स्वागतका लागि तयार भएर बसेका थिए तर मन्त्री खान नआएपछि उनीहरुले कुनै  कार्यक्रम गरेनन्।  

सरकारका विषयमा निर्णय गर्न जनमतले पार्टीको बैठक बोलाएको छ। जसपाले संसदीय दलको बैठकसँगै पदाधिकारी बैठक बोलाएको छ। पदाधिकारी बैठकबाट सरकारमा सहभागी हुने कि नहुनेबारे उनीहरुले निर्णय गर्ने तयारी गरेका छन्।

जनमत पार्टीले पनि पदाधिकारीसँग अनौपचारिक छलफल थालेको छ। उनीहरुले सरकारबाट सर्मथन फिर्ता लिएमा अंकगणितीय रुपमा प्रचण्ड सरकारलाई कुनै असर पर्ने छैन। तर, संविधानको धारा १०० अनुसार विश्वासको मत पुर्‍याउनुपर्ने छ। उनीहरुबिनै सरकारसँग १४४ मत हुने छ। सरकार गठनका लागि १३८ सांसद आवश्यक हुन्छ। 

प्रकाशित मिति: मंगलबार, माघ ३, २०७९  १७:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारत भ्रमणमा जान लागेका रविलाई हर्कले भने– लिपुलेक–लिम्पियाधुरा फर्काउन बोल्नु है
वार्ता जारी भइरहेको बेला अमेरिकाले गर्‍यो इरानमा हवाई आक्रमण
१५ दिनभित्र बहाल नबुझाए ग्यालेक्सी टेलिभिजन लिलाम गरिने
सम्बन्धित सामग्री
भारत भ्रमणमा जान लागेका रविलाई हर्कले भने– लिपुलेक–लिम्पियाधुरा फर्काउन बोल्नु है हर्कले सामाजिक सञ्जालमा लेखेका छन्, ‘रवि लामिछानेजी, अब भारत गएर लिपुलेक लिम्पियाधुरा फर्काउन भारतसँग बोल्नु है ! पहिले पत्रकार हुँद... मंगलबार, जेठ १२, २०८३
प्रधानमन्त्री शाहले आज इयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्ने प्रधानमन्त्री शाहले बिहान ११ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरुसँग सामूहिक भेट र संवाद गर्ने कार्यक्रम तय भए... मंगलबार, जेठ १२, २०८३
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची संघीय संसद् सचिवालयका अनुसार बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले ‘पर्यटन विधेयक, २०८१’ माथि विचार गरियोस... मंगलबार, जेठ १२, २०८३
ताजा समाचारसबै
भारत भ्रमणमा जान लागेका रविलाई हर्कले भने– लिपुलेक–लिम्पियाधुरा फर्काउन बोल्नु है मंगलबार, जेठ १२, २०८३
वार्ता जारी भइरहेको बेला अमेरिकाले गर्‍यो इरानमा हवाई आक्रमण मंगलबार, जेठ १२, २०८३
१५ दिनभित्र बहाल नबुझाए ग्यालेक्सी टेलिभिजन लिलाम गरिने मंगलबार, जेठ १२, २०८३
खिचापोखरीबाट ६ करोडको अवैध भेपसहित एक जना पक्राउ मंगलबार, जेठ १२, २०८३
सप्तकोशी नदीबाट ४ सय ७५ किलो गाँजा बरामद मंगलबार, जेठ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
रवि लामिछानेको भारत भ्रमणसँग प्रधानमन्त्रीको सम्बन्ध नरहेको सरकारको स्पष्टोक्ति सोमबार, जेठ ११, २०८३
सर्वोच्चको आदेश : देउवा दम्पतीलाई पक्राउ नगर्नू सोमबार, जेठ ११, २०८३
क्यानले गर्‍यो ६३ क्रिकेटरलाई पाँच समूहमा वर्गीकरण, कसको तलब कति? सोमबार, जेठ ११, २०८३
न्यायाधीश पोखरेलको आग्रहः सार्वजनिक चासोका मुद्दाको पैरवी वा फैसला गरेको दिन सामाजिक सञ्जाल नहेर्नु सोमबार, जेठ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्