काठमाडौं– नवनियुक्त परराष्ट्रमन्त्री विमला राई पौड्यालले विदेशमा रहेका नेपाली राजदूतावासको सेवालाई सुदृढ गर्दै त्यहाँ रहेका नेपालीलाई घर आएको महसुस बनाउने आफ्नो प्राथमिकता रहेको बताएकी छिन्।
मंगलबार परराष्ट्र मन्त्रालयमा सपथपछि पदभार ग्रहण गर्दै पौड्यालले उक्त कुरा बताएकी हुन्।
‘विदेशमा रहेका हाम्रा राजदूतावासमा नेपालीलाई कसरी सहज पहुँच पुर्याउने र सुरक्षित बनाउने भन्ने मेरो प्राथमिकता रहन्छ। त्यहाँ रहेका नेपालीलाई राजदूतावास छिर्दा घर आएको महसुस हुने कसरी बनाउन सक्छौँ भन्ने कुरा प्राथमिकताका साथ छलफल गरेर सेवा सुदृढ गर्छौँ,’ उनले भनिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।