धनगढी– सुदूरपश्चिम प्रदेशको उपसभामुखको निर्वाचन मंगलबार साँझदेखि अघि बढ्ने भएको छ ।
प्रदेश सभाको पाँचौं बैठकमा नवनिर्वाचित सभामुख भीमबहादुर भण्डारीले उपसभामुखको निर्वाचन मंगलबार साँझदेखि अघि बढाउन निर्देशन दिएका हुन्।
‘संविधानको धारा १८२ को उपधारा १ र सुदूरपश्चिम प्रदेश सभा नियमावली २०७४ नियम ९ बमोजिम उपसभामुख निर्वाचनका लागि मंगलबार (माघ ३ गते) अपरान्ह ६ बजेको समय तोकेको छु,’ सभामुख भण्डारीले भने, ‘यसै नियमावली बमोजिम प्रदेश सभा सचिव देवबहादुर बोगटीज्यूलाई प्रदेश उपसभामुखको निर्वाचन कार्यतालिक सम्बन्धी सूचना जारी गर्न निर्देशन दिन्छु।’
सुदूपश्चिमको सभामुखका मंगलबार नै माओवादी केन्द्रका भण्डारी निर्वाचित भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।