• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ ३, २०८२ Sat, Jan 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
सवारी लाइसेन्समा घोटाला प्रकरण:

डीएसपी र इन्सपेक्टरलाई ६ महिना कैद, यातायातका तत्कालीन प्रमुखलाई पनि जेल सजाय

64x64
नेपाल लाइभ मंगलबार, माघ ३, २०७९  १५:१८
1140x725

काठमाडौं– सवारी चालक अनुमतिपत्र (लाइसेन्स) मा घोटाला गरेको अभियोगमा विशेष अदालतले यातायात कार्यालय एकान्तकुनाका तत्कालीन प्रमुखदेखि नेपाल प्रहरीका डीएसपी, इन्सपेक्टर गरी ७ जनालाई दोषी ठहर गरेको छ। 

लाइसेन्सको परीक्षामा फेल भएकालाई समेत मोटो रकम लिएर पास गरेको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकान्तकुनाका तत्कालीन कार्यालय प्रमुख आनन्दकिशोरी पोखरेलसहित ३८ जनाविरुद्ध मुद्दा चलाएको थियो।

विशेष अदालतका न्यायाधीशहरु श्रीकान्त पौडेल, यमुना भट्टराई र खुसीप्रसाद थारुको इजलासले मुद्दा चलाइएका मध्ये ७ जनालाई दोषी ठहर गरेको हो। 

दोषी ठहर हुनेहरुमा एकान्तकुनाका तत्कालीन प्रमुख आनन्दकेशरी पोखरेल, नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) नवराज थापा, इन्सपेक्टर मुरारी मिश्र, अवकाशप्राप्त शाखा अधिकृत राममणि पोखरेल, अवकाशप्राप्त इन्जिनियर वासुदेव पोखरेल, शाखा अधिकृतहरु शम्भूप्रसाद थपलिया र इश्वरराज रेग्मी रहेको विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीले बताए। 

उनीहरुविरुद्ध अख्तियारले राजस्व चुहावट गरी भ्रष्टाचार गरेको र परीक्षाको परिणाम फेरबदल (फेललाई पास) गरी भ्रष्टाचार गरेको आरोपमा दुई वटा मुद्दा चलाएको थियो। 

राजस्व चुहावटर गरेर भ्रष्टाचार गरेको कसुरमा दोषी ठहर भएका तत्कालीन कार्यालय प्रमुख पोखेरललाई ८ महिना कैद र ९ हजार जरिवानाको फैसला सुनाइएको छ।

डीएसपी थापा र इन्सपेक्टर मिश्रलाई ६ महिना कैद र ८ हजार रुपैयाँ जरिवानाको फैसला सुनाइएको छ। अवकाश भइसकेका इन्जिनियर पोखरेललाई पनि ६ महिना कैद र ८ हजार रुपैयाँ जरिवानाको फैसला सुनाइएको छ। शाखा अधिकृतहरु पोखरेल, थपलिया र रेग्मीलाई समान ४ महिना कैद र ६ हजार रुपैयाँ जरिवानाको फैसला सुनाइएको योगीले बताए। बाँकी ३१ जनाले भने सफाइ पाएका छन्।

अख्तियारले २०७६ मंसिर ८ गते ३८ जनाविरुद्ध मुद्दा चलाएको थियो। लाइसेन्स परीक्षामा फेल भएका तथा उपस्थिती नै नभएकाहरुलाई पास बनाएर भ्रष्टाचार गरेको पाइएपछि मुद्दा चलाइएको थियो।

Ncell 2
Ncell 2

यातायात कार्यालयले २०६९ बैशाख, जेठ र असारमा सञ्चालित प्रयोगात्मक परिक्षामा फेल भएका पास बनाएको आरोपमा अख्तियारले मुद्दा चलाएको थियो। १ हजार २८४ जनालाई रकम असुलेर पास गराएको दाबी अख्तियारले गरेको थियो। 

तत्कालीन कार्यालय प्रमुखलाई ८ लाख ५९ हजार ५५० रुपैयाँ, अवकास प्राप्त इन्जिनयर पोखरेललाई ३ लाख ४६ हजार ७५०, प्रहरी उपरीक्षक (डीएसपी) थापालाई २४ हजार ९००, अवकासप्राप्त अधिकृत पोखरेललाई ३५ हजार ९००, प्रहरी निरीक्षक मिश्रलाई २४ हजार ३००, शाखा अधिकृत रेग्मीलाई ३० हजार, अधिकृत थपलियालाई ११ हजार १०० रुपैयाँ बिगो रकम कायम गर्दै विशेषमा मुद्दा दायर भएको थियो। 

उपसचिवसहित ३१ जनालाई सफाइ
अख्तियारले आरोपी बनाएका उपसचिवहरु धर्मराज ढुंगाना, बाबुलाल रेग्मीसहित ३१ जनाले भने सफाइ पाएका छन्। ढुंगानाविरुद्ध ३ हजार २०० र रेग्मीविरुद्ध ७०० बिगो कायम गर्दै मुद्दा चलाइएको थियो। 

सफाइ पाउनेमा ६ जना शाखा अधिकृतहरु पनि छन्। सफाइ पाउने शाखा अधिकृतहरुमा १ हजार ७०० बिगो माग गरिएका चक्रबहादुर श्रेष्ठ, २ हजार ८०० बिगो माग गरिएका पदमप्रसाद पोखरेल, ३ हजार ३०० बिगो माग गरिएका बासुदेव तिवारी, १ हजार ७०० बिगो माग गरिएका भरतकुमार थापा, ४ हजार १५० बिगो माग गरिएका सिताराम खनाल र ३ हजार ५० बिगो माग गर्दै मुद्दा दर्ता गरिएका भविन्द्र कार्की छन्। 

नायव सुब्बाहरु बच्चुप्रसाद पोखरेल, स्थानेश्वर ढुंगाना, कमलकुमार खत्री, मदन गिरि, प्रेमराज निरौला, राधाकृष्ण पोखरेल (अवकाश प्राप्त), सत्यबहादुर भण्डारी, शिवप्रसाद चापागाई, उमाकान्त जोशीले पनि सफाइ पाएका छन्। 

अवकाश पाएका प्राविधिक नासु सूर्यबज्र बज्राचार्य, कम्युटर अपरेटर सन्जिव न्यौपाने, टाइपिस्ट नासुहरु कविता खड्का, रन्जुसेन पाण्डेले सफाइ पाएका छन्। 

घोटाला भएका बेलाका खरदारहरु बाबुकृष्ण महत, बद्रीप्रसाद दाहाल, कोषबहादुर थापा, माधवप्रसाद कोइराला, मणिराम कोइराला, प्रतिभा न्यौपाने क्षेत्री, रघुनाथ केसी, रामप्रसाद भट्टराई, तिर्थराज जैशी र तुलसा श्रेष्ठ अधिकारीले पनि सफाइ पाएका हुन्।

यो पनि पढ्नुहोस

लाइसेन्समा फेल भएका १२८४ लाई पास गराउने कार्यालय प्रमुखसहित ३८ जनालाई भ्रष्टाचार मुद्दा

 

प्रकाशित मिति: मंगलबार, माघ ३, २०७९  १५:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुरु भयो एमाले सचिवालय बैठक
शेरबहादुर देउवाको अभिभावकत्व खोजेको छौँ : सभापति थापा
दक्षिणी अफ्रिकामा भीषण वर्षा र बाढी: १०० भन्दा बढीको मृत्यु
सम्बन्धित सामग्री
माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदका लागि विज्ञापन खुला सूचनाअनुसार देशभर नेपाली शिक्षक ७४ जना, अंग्रेजी शिक्षक ९६ जना माग गरेको छ। यस्तै, गणित शिक्षक ८३ जना, विज्ञान शिक्षक ११३ जना, सामाज... शनिबार, माघ ३, २०८२
तिला नदीमा जिप खस्दा तीन जनाको मृत्यु उनका अनुसार मृत्यु हुनेमा दैलेख आठबिस नगरपालिका घर भएका २८ वर्षीय शङ्कर कठायत, अछामका टेकेन्द्र शाही र सहचालक कालीकोटको शुभकालिका–२... शनिबार, माघ ३, २०८२
आज यी दुई प्रदेशका उच्च पहाडी स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश र लुम्बिनी प्रदेशको तराई भू-भागका केही स्थानहरूमा तुँवालो लागेको छ । पहाडी तथा हिमा... शनिबार, माघ ३, २०८२
ताजा समाचारसबै
सुरु भयो एमाले सचिवालय बैठक शनिबार, माघ ३, २०८२
शेरबहादुर देउवाको अभिभावकत्व खोजेको छौँ : सभापति थापा शनिबार, माघ ३, २०८२
दक्षिणी अफ्रिकामा भीषण वर्षा र बाढी: १०० भन्दा बढीको मृत्यु शनिबार, माघ ३, २०८२
‘काँग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँ’ : सभापति थापा शनिबार, माघ ३, २०८२
कांग्रेस केन्द्रीय समिति बैठक बानेश्वरमा, टिकट बाँड्न बनायो संसदीय बोर्ड शनिबार, माघ ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
पेट्रोलियम पदार्थको मूल्य घट्यो शुक्रबार, माघ २, २०८२
देउवा पक्षको आक्रोश – निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो शुक्रबार, माघ २, २०८२
देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै शनिबार, माघ ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्