काठमाडौं– शहरी विकासमन्त्री विक्रम पाण्डेले प्रदेश सरकारले निर्माण गर्ने आधारभूत संरचनालाई एकरुपता ल्याउन अध्ययन गर्न कार्यदल गठन गर्ने निर्णय गरेका छन्।
उनले शहरी विकास मन्त्रीको रुपमा पहिलो निर्णयको रुपमा उक्त निर्णयमा हस्ताक्षर गरेका हुन्। यसले प्रदेशमा हुने भवन निर्माणमा एकरुपता ल्याउने उनको दाबी छ।
त्यस्तै, झोलुङ्गे पुलको अभावमा खोला नदी पार गर्न नसकेको तुइनबाट वा हिँडेर लामो यात्रा गर्ने अवस्था अन्त्य गर्ने सम्बन्धी निर्णय पनि गरेका छन्। उनी राप्रपाबाट मन्त्री बनेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।