काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तार गरेका छन्। मंगलबार गरिएको विस्तारमा उनले थप एक उपप्रधानमन्त्री थपेका छन्। योसँगै उपप्रधानमन्त्रीको संख्या चार पुगेको छ।
उपप्रधानमन्त्रीहरुमध्ये एमालेका विष्णु पौडेल पहिलो वरीयतामा छन्। उनले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन्। उनीपछि माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ दोस्रो वरीयतामा छन्। उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन्।
उपप्रधानमन्त्रीहरुमध्ये तेस्रो वरीयतामा रवि लामिछाने छन्। उनले गृह मन्त्रालयको जिम्मेवारी पाएका छन्। उनीपछि राजेन्द्र लिङ्देन छन्। लिङ्देनले ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको जिम्मेवारी पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।