काठमाडौं– संसद सचिवालयले सभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। माघ ५ गते हुने निर्वाचनका लागि सचिवालयले कार्यतालिका सार्वजनिक गरेको हो।
प्रतिनिधिसभा सदस्यहरूले बुधबार दिउँसो १ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ता गर्न सक्नेछन्। मनोनयन संसद भवनको ल्होत्से हलमा हुनेछ।
बुधबार नै उम्मेदवारको अन्तिम सूची प्रकाशन हुनेछ। बिहीबार बिहान ११बजे बस्ने बैठकमा सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्तावमाथि छलफल र निर्णयार्थ प्रस्तुत हुनेछ।
पुस १० मा पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री नियुक्त हुनुअघि एमाले र माओवादीबीच सभामुख एमालेले लिने सहमति भएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।