काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनियुक्त मन्त्रीहरु सपथ लिएलगत्तै पशुपतिनाथ मन्दिरमा दर्शनका लागि पुगेका छन्।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार राष्ट्रपति कार्यालय शीतल निवासमा भएको सपथ ग्रहणलगत्तै उनीहरु पशुपतिनाथ दर्शनका लागि गएका हुन्।
राप्रपाका नवनियुक्त उपप्रधान तथा उर्जामन्त्री राजेन्द्र लिङ्देनको नेतृत्वमा सबै मन्त्रीहरु पशुपति पुगेका छन्। मंगलबार राप्रपाका तर्फबाट लिङदेनका साथै धुव्रबहादुरले प्रधान कानुन न्याय तथा संसदीय मामिला, विक्रम पाण्डेले सहरी विकास र दीपक सिंहले उर्जा राज्यमन्त्रीको रुपमा सपथ लिएका थिए।
मन्त्रीहरु दर्शनका लागि भगवान पशुपतिनाथको मन्दिरतर्फ गएको र त्यसपछि पदबहालीका लागि सिंहदरबार जाने कार्यक्रम रहेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।