• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ १४, २०८३ Sun, Aug 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

जसले घर जलायो, कालोमोसो दल्यो उसैको नेतृत्वमा शक्तिशाली उपप्रधानमन्त्री बनेका राजेन्द्र लिङ्देन

64x64
नेपाल लाइभ मंगलबार, माघ ३, २०७९  १९:५५
1140x725

काठमाडौं- पञ्चहरुको पार्टीको रुपमा चिनिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई सरकार फाप्दैन। हरेक पटक सरकारमा गएलगत्तै पार्टी विभाजन भएको इतिहास राप्रपासँग छ।

२०४७ सालमा पञ्चायत समाप्त भएर प्रजातन्त्र आएसँगै पूर्वपञ्चहरु सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द र पशुपतिशमशेर राणा लगायतले स्थापना गरेको पार्टी हो राप्रपा।

पछिल्लो एकता महाधिवेशनमा स्थापनाकालकै नेता कमल थापालाई पराजित गर्दै जनजातिको छोरो राजेन्द्र लिङ्देन हिन्दु धर्म र राजसंस्थाको वकालत गर्ने राप्रपाको अध्यक्ष बने। २०७८ मंसिरमा भएको महाधिवेशनमा आफ्नै राजनीतिक संरक्षक थापालाई पराजित गर्दै उनी अध्यक्ष बनेका थिए।

अध्यक्षमा निर्वाचित हुँदा पूर्वराजा ज्ञानेन्द्र शाहले खेलेको आरोप भने उनीमाथि लाग्यो। कमल थापा अध्यक्ष रहँदा लगातार दुई कार्यकाल केन्द्रीय समितिका महामन्त्री  भएका लिङ्देनले पछिल्लो महाधिवेशनमा आफूलाई अध्यक्षका लागि अघि सारेका थिए। २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका कृष्ण सिटौलालाई हराएपछि उनी चर्चामा आएका थिए। 

उनी उक्त संसदको अन्तिम समयतिर राजीनामा दिँदै बलियो शक्तिसहित आउने चेतावनी दिएर हिँडेका थिए। आफूले दिएको चेतावनी अनुसार उनी सम्पूर्ण रुपमा बलियो शक्ति बन्न त सकेनन् तर राप्रपालाई राष्ट्रिय दल बनाउन भने सफल भए। देशभरका कार्यकर्तामा ऊर्जा ल्याउन सफल देखिए। 

२०७४ को निर्वाचनमा ३ प्रतिशत मत पुर्याउन नसकेर राष्ट्रिय दल नबन्दा स्वतन्त्र सांसदको रुपमा बसेका उनी यस पटक १४  सांसदसहित सत्तापक्ष बन्न सफल भएका छन्।

लिङ्देनको पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिँदै सत्तामा पुगेको हो। उनै लिङ्देनले मंगलबार उपप्रधानसहित ऊर्जा मन्त्रीको रुपमा सपथ लिएका छन्। राप्रपाले लिङ्देनसहित तीन मन्त्री र एक राज्यमन्त्री पाएको छ। 

वि.सं. २०२२ साल भदौ २२ गते पाँचथरको अमरपुरमा जन्मिएका लिङ्देनको परिवार नै राजनीतिक थियो। उनका बुबा पञ्चायतकालमा गाउँ पञ्चायतको अध्यक्ष थिए। 

nimb
nimb

बाबुको पथ पछ्याउँदै लिङ्देन विद्यालय तहदेखि नै सक्रिय राजनीतिमा लागेका थिए।  

उनी पञ्चायतकालको अन्त्यतिर २०४५ सालमा मेची क्याम्पसमा विद्यार्थी संगठनको निर्वाचनमा पञ्चायत समर्थक विद्यार्थी संगठन राष्ट्रवादी विद्यार्थी मण्डलका तर्फबाट अध्यक्ष पदमा उठेका थिए। तर पराजित भए। 

२०४९ सालमा राप्रपाको विद्यार्थी संगठन सुरु हुँदा उनी संस्थापक अध्यक्ष बनेका थिए।  

लिङ्देनको यात्रा वडाध्यक्षदेखि उपप्रधानमन्त्रीसम्म 
राप्रविसंघको केन्द्रीय अध्यक्ष बन्नु अघि उनी झापाको तत्कालीन गोलधाप गाविस वडा नम्बर ३ को वडाध्यक्ष निर्वाचित भएका थिए। जनप्रतिनिधिको रुपमा यो उनको पहिलो निर्वाचन थियो। 

राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा लिङ्देन जिल्ला विकास समिति झापाको सभापति बने। शाहले मनोनयन गरेर जिल्ला सभापति बनेपछि उनी केन्द्रीय सक्रिय भए।  

२०६२/०६३ को जनआन्दोलनका बेला उनमाथि आक्रमण पनि भएको थियो। राजावादी भन्दै झापाको बिर्तामोडमा  कालोमोसो दलिएको थियो। 

उनी माओवादीको निशानामा परेका थिए। सशस्त्र द्वन्द्वकालमा माओवादी कार्यकर्ताले उनको झापा गोलधापस्थित घरमा आगजनी गरेका थिए। राजावादी र भ्रष्ट शासकको आरोप लगाउँदै उनीमाथि 'जनकारबाही' गरेको थियो।

माओवादीले घरमा आगो लगाएपछि उनी परिवारसहित त्यहाँबाट बिर्तामोड सरे अनि त्यहीँ बसोबास गरेर राजनीतिमा सक्रिय भए। अहिले उनी पुन: गोलधापमै सरेका छन्। 

२०६२/०६३ को राजनीतिक परिवर्तनपछि पनि उनले राजतन्त्र र हिन्दु राष्ट्रको मुद्दा भने छोडेनन्। राजतन्त्र पुनर्स्थापना र हिन्दु राष्ट्रबारे कडा अभिव्यक्ति दिँदै उनी चर्चामा आए।  कांग्रेसको  महाधिवेशनमा उनले दिएको एउटा भाषण चर्चित भएको थियो। उनले गाउँमा नेता आउँदा जनताले ‘कुन चोर आयो’ भन्छन् भनी गरेको टिप्पणीको चर्चा भएको थियो। नेपाली कांग्रेसको १४औं महाधिवेशनमा शुभकामना मन्तव्य राख्दै लिङ्देनले नेताले जनताको विश्वास गुमाएको भन्दै  पहिले गाउँमा जाँदा कुन नेता आनुभएको छ भन्ने थरिन्थ्यो    अहिले कुन चोर आएछ भन्ने गरेका   टिप्पणी गरेका थिए । 

आफू सत्ता बाहिर रहँदा अरुलाई लगाउँदै आएको भ्रष्टाचार चुलिएको, सुशासन नभएको र जनतालाई डेलिभरी दिन नसकेको जस्ता आरोप चिर्दै काम गर्नुपर्ने चुनौती उनलाई छ।

सरकारमा गएर लिङ्देनले केही गर्न सकेनन् भने आगामी निर्वाचनमा राप्रपा फेरि रेलिगेसनमा धकेलिने निश्चित छ। राप्रपालाई आगामी दिन अझै बलियो बनाउन उनले मन्त्रीको रुपमा उच्च प्रदर्शन गर्नु अनिवार्य  देखिन्छ।

प्रकाशित मिति: मंगलबार, माघ ३, २०७९  १९:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मियामीको जितमा मेसीको ४ गोल
बाढीमा हराएका व्यक्तिहरूको पोस्टरले भरिन थाले अस्पतालका भित्ता (तस्बिर)
कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध
सम्बन्धित सामग्री
भोटेकोशी बाढीको चौथो दिन: प्रधानमन्त्री बालेनले सुनाए बाढी प्रभावित क्षेत्रमा सरकारले गरेका कामको फेहरिस्त बाढीबाट विस्थापित करिब ३ हजार ५०० जनाका लागि अस्थायी आवासको व्यवस्था गरिएको छ। रसुवा, नुवाकोटलगायत प्रभावित क्षेत्रमा राहत शिविर सञ्... शनिबार, भदौ १३, २०८३
नेपाली काँग्रेस फुटउन्मुख, डा. शशांकद्धारा महाधिवेशनको छुट्टै कार्यतालिका ल्याउने घोषणा १५ औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएका हुन्। शनिबार, भदौ १३, २०८३
विपद्पछिको पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग लिने सरकारको तयारी, दाता सम्मेलनको संकेत परराष्ट्र मन्त्रालयको प्रेस ब्रिफिङमा शनिबार मन्त्री खनालले पूर्वाधार, सडक सञ्जाल, पुल तथा जलविद्युत् आयोजनालगायतका क्षेत्रमा व्यापक... शनिबार, भदौ १३, २०८३
ताजा समाचारसबै
मियामीको जितमा मेसीको ४ गोल आइतबार, भदौ १४, २०८३
बाढीमा हराएका व्यक्तिहरूको पोस्टरले भरिन थाले अस्पतालका भित्ता (तस्बिर) आइतबार, भदौ १४, २०८३
कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध आइतबार, भदौ १४, २०८३
स्वास्थ्यमन्त्री भन्छिन्– शव गाड्नु नष्ट गर्नु होइन, संरक्षण गर्नु हो आइतबार, भदौ १४, २०८३
भोटेकोशी बाढी प्रभावितका लागि एमएडब्लू ग्रुपद्वारा १ करोड ११ लाख सहयोग आइतबार, भदौ १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे शनिबार, भदौ १३, २०८३
कञ्चनपुर पुगेका दुई भारतीय प्रहरी नियन्त्रणमा शनिबार, भदौ १३, २०८३
कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध आइतबार, भदौ १४, २०८३
भोटेकोशी बाढीको चौथो दिन: प्रधानमन्त्री बालेनले सुनाए बाढी प्रभावित क्षेत्रमा सरकारले गरेका कामको फेहरिस्त शनिबार, भदौ १३, २०८३
चौधरी फाउन्डेसन र नबिल बैंकका अध्यक्षद्वारा बाढी प्रभावित समुदायका लागि बहुचरणीय राहत तथा पुनर्स्थापना कार्यक्रमको घोषणा शनिबार, भदौ १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्