• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

जसले घर जलायो, कालोमोसो दल्यो उसैको नेतृत्वमा शक्तिशाली उपप्रधानमन्त्री बनेका राजेन्द्र लिङ्देन

64x64
नेपाल लाइभ मंगलबार, माघ ३, २०७९  १९:५५
1140x725

काठमाडौं- पञ्चहरुको पार्टीको रुपमा चिनिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई सरकार फाप्दैन। हरेक पटक सरकारमा गएलगत्तै पार्टी विभाजन भएको इतिहास राप्रपासँग छ।

२०४७ सालमा पञ्चायत समाप्त भएर प्रजातन्त्र आएसँगै पूर्वपञ्चहरु सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द र पशुपतिशमशेर राणा लगायतले स्थापना गरेको पार्टी हो राप्रपा।

पछिल्लो एकता महाधिवेशनमा स्थापनाकालकै नेता कमल थापालाई पराजित गर्दै जनजातिको छोरो राजेन्द्र लिङ्देन हिन्दु धर्म र राजसंस्थाको वकालत गर्ने राप्रपाको अध्यक्ष बने। २०७८ मंसिरमा भएको महाधिवेशनमा आफ्नै राजनीतिक संरक्षक थापालाई पराजित गर्दै उनी अध्यक्ष बनेका थिए।

अध्यक्षमा निर्वाचित हुँदा पूर्वराजा ज्ञानेन्द्र शाहले खेलेको आरोप भने उनीमाथि लाग्यो। कमल थापा अध्यक्ष रहँदा लगातार दुई कार्यकाल केन्द्रीय समितिका महामन्त्री  भएका लिङ्देनले पछिल्लो महाधिवेशनमा आफूलाई अध्यक्षका लागि अघि सारेका थिए। २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका कृष्ण सिटौलालाई हराएपछि उनी चर्चामा आएका थिए। 

उनी उक्त संसदको अन्तिम समयतिर राजीनामा दिँदै बलियो शक्तिसहित आउने चेतावनी दिएर हिँडेका थिए। आफूले दिएको चेतावनी अनुसार उनी सम्पूर्ण रुपमा बलियो शक्ति बन्न त सकेनन् तर राप्रपालाई राष्ट्रिय दल बनाउन भने सफल भए। देशभरका कार्यकर्तामा ऊर्जा ल्याउन सफल देखिए। 

२०७४ को निर्वाचनमा ३ प्रतिशत मत पुर्याउन नसकेर राष्ट्रिय दल नबन्दा स्वतन्त्र सांसदको रुपमा बसेका उनी यस पटक १४  सांसदसहित सत्तापक्ष बन्न सफल भएका छन्।

लिङ्देनको पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिँदै सत्तामा पुगेको हो। उनै लिङ्देनले मंगलबार उपप्रधानसहित ऊर्जा मन्त्रीको रुपमा सपथ लिएका छन्। राप्रपाले लिङ्देनसहित तीन मन्त्री र एक राज्यमन्त्री पाएको छ। 

वि.सं. २०२२ साल भदौ २२ गते पाँचथरको अमरपुरमा जन्मिएका लिङ्देनको परिवार नै राजनीतिक थियो। उनका बुबा पञ्चायतकालमा गाउँ पञ्चायतको अध्यक्ष थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

बाबुको पथ पछ्याउँदै लिङ्देन विद्यालय तहदेखि नै सक्रिय राजनीतिमा लागेका थिए।  

उनी पञ्चायतकालको अन्त्यतिर २०४५ सालमा मेची क्याम्पसमा विद्यार्थी संगठनको निर्वाचनमा पञ्चायत समर्थक विद्यार्थी संगठन राष्ट्रवादी विद्यार्थी मण्डलका तर्फबाट अध्यक्ष पदमा उठेका थिए। तर पराजित भए। 

२०४९ सालमा राप्रपाको विद्यार्थी संगठन सुरु हुँदा उनी संस्थापक अध्यक्ष बनेका थिए।  

लिङ्देनको यात्रा वडाध्यक्षदेखि उपप्रधानमन्त्रीसम्म 
राप्रविसंघको केन्द्रीय अध्यक्ष बन्नु अघि उनी झापाको तत्कालीन गोलधाप गाविस वडा नम्बर ३ को वडाध्यक्ष निर्वाचित भएका थिए। जनप्रतिनिधिको रुपमा यो उनको पहिलो निर्वाचन थियो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा लिङ्देन जिल्ला विकास समिति झापाको सभापति बने। शाहले मनोनयन गरेर जिल्ला सभापति बनेपछि उनी केन्द्रीय सक्रिय भए।  

२०६२/०६३ को जनआन्दोलनका बेला उनमाथि आक्रमण पनि भएको थियो। राजावादी भन्दै झापाको बिर्तामोडमा  कालोमोसो दलिएको थियो। 

उनी माओवादीको निशानामा परेका थिए। सशस्त्र द्वन्द्वकालमा माओवादी कार्यकर्ताले उनको झापा गोलधापस्थित घरमा आगजनी गरेका थिए। राजावादी र भ्रष्ट शासकको आरोप लगाउँदै उनीमाथि 'जनकारबाही' गरेको थियो।

माओवादीले घरमा आगो लगाएपछि उनी परिवारसहित त्यहाँबाट बिर्तामोड सरे अनि त्यहीँ बसोबास गरेर राजनीतिमा सक्रिय भए। अहिले उनी पुन: गोलधापमै सरेका छन्। 

२०६२/०६३ को राजनीतिक परिवर्तनपछि पनि उनले राजतन्त्र र हिन्दु राष्ट्रको मुद्दा भने छोडेनन्। राजतन्त्र पुनर्स्थापना र हिन्दु राष्ट्रबारे कडा अभिव्यक्ति दिँदै उनी चर्चामा आए।  कांग्रेसको  महाधिवेशनमा उनले दिएको एउटा भाषण चर्चित भएको थियो। उनले गाउँमा नेता आउँदा जनताले ‘कुन चोर आयो’ भन्छन् भनी गरेको टिप्पणीको चर्चा भएको थियो। नेपाली कांग्रेसको १४औं महाधिवेशनमा शुभकामना मन्तव्य राख्दै लिङ्देनले नेताले जनताको विश्वास गुमाएको भन्दै  पहिले गाउँमा जाँदा कुन नेता आनुभएको छ भन्ने थरिन्थ्यो    अहिले कुन चोर आएछ भन्ने गरेका   टिप्पणी गरेका थिए । 

आफू सत्ता बाहिर रहँदा अरुलाई लगाउँदै आएको भ्रष्टाचार चुलिएको, सुशासन नभएको र जनतालाई डेलिभरी दिन नसकेको जस्ता आरोप चिर्दै काम गर्नुपर्ने चुनौती उनलाई छ।

सरकारमा गएर लिङ्देनले केही गर्न सकेनन् भने आगामी निर्वाचनमा राप्रपा फेरि रेलिगेसनमा धकेलिने निश्चित छ। राप्रपालाई आगामी दिन अझै बलियो बनाउन उनले मन्त्रीको रुपमा उच्च प्रदर्शन गर्नु अनिवार्य  देखिन्छ।

प्रकाशित मिति: मंगलबार, माघ ३, २०७९  १९:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु
रवि कैंची धाम पुगेको सेल्फी
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार
सम्बन्धित सामग्री
रवि कैंची धाम पुगेको सेल्फी रवि शुक्रबार बिहान तीर्थाटनका लागि भन्दै सपरिवार धनगढी हुँदै भारततर्फ लागेका हुन्। शुक्रबार, कात्तिक ६, २०८३
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी अर्थमन्त्री वाग्लेले भारतको नयाँदिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गरेका हुन्। शुक्रबार, कात्तिक ६, २०८३
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’का क्रममा अर्थमन्त्री वाग्ले र भारतीय प्रधानमन्त्री मोदीबिच भे... शुक्रबार, कात्तिक ६, २०८३
ताजा समाचारसबै
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार शुक्रबार, कात्तिक ६, २०८३
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी शुक्रबार, कात्तिक ६, २०८३
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्