• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असार १३, २०८३ Sat, Jun 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

विमान दुर्घटनापछि छानबिन आयोगको सुझाव लागू हुँदैन?

64x64
नेपाल लाइभ सोमबार, माघ २, २०७९  २१:४५
1140x725

काठमाडौं– आइतबार पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको विमानको ब्ल्याक बक्स सोमबार भेटियो। नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार ब्ल्याक बक्स सुरक्षित रूपमै भेटिएको छ। आइतबार खोजी तथा उद्धारको क्रममा विमानको अघिल्लो भाग भेटिएको थियो। सोमबार बिहानैदेखि खोजी तथा उद्धार पुनः सुरु गरिएकोमा विमानको पछिल्लो भाग पनि फेला परेको हो। 

विमानको पछाडिको भागमा राखिने एक प्रकारको रेकर्डर नै ब्ल्याक बक्स हो। ब्ल्याक बक्समा विमान चालक तथा एयर ट्राफिक कन्ट्रोलबीच भएको कुराकानी रेकर्ड हुन्छ। जहाज दुर्घटना हुनु अगाडिसम्मको आवाज रेकर्ड हुने भएकाले ब्ल्याक बक्सको सहायताले जहाज दुर्घटनाको कारण पत्ता लगाउन सहज हुन्छ। 

यती एयरलाइन्सको नाइन एन–एएनसी एटीआर–७२ वायुयान पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा पुरानो विमानस्थल र नयाँ विमानस्थलको बीचमा रहेको सेती किनारमा दुर्घटनामा परेको थियो। आइतबार बिहान १० बजेर ३२ मिनेटमा काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको यती एयरलाइन्सको उक्त विमान उडान भरेको २२ मिनेटमै दुर्घटनामा परेको हो।

पोखरा विमानस्थलमा अवतरणका लागि अनुमति पाएको र अवतरणको क्रममा रहेको सो विमान सेती नदीको खोँचमा खसेको थियो। विमानमा ७२ जना सवार थिए। जसमा ६८ यात्रु र ४ जना चालक दलका सदस्य थिए। 

उक्त दुर्घटना पछि सरकारले छानबिन तथा जाँच आयोग गठन गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा ५ सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको हो।

आयोगका सदस्यहरूमा हवाई विज्ञ नेपाली सेनाका अवकाशप्राप्त क्याप्टेन दीपकप्रकाश बास्तोला, अवकाशप्राप्त क्याप्टेन सुनिल थापा, जहाज मर्मत सम्भार विषयका इन्जिनियर एकराज जंग थापा रहेका छन् भने सदस्य सचिवमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन्।

आयोगले दुर्घटनाको कारण पहिचान गर्नुका साथै आगामी दिनमा अपनाउनुपर्ने विषयमा सुझावसहितको प्रतिवेदन ४५ दिनभित्र बुझाउनु पर्नेछ।

आयोगले सोमबारदेखि काम सुरु गरिसकेको छ। तर, नेपालमा विमान दुर्घटनापछि बन्ने आयोगले दिएका सुझाव कार्यन्वयन नहुँदा यस्ता दुर्घटना दोहोरिरहने आरोप लाग्दै आएको छ।

nimb
nimb
Ncell 2
Ncell 2

प्रतिवेदन कार्यान्वयन नगर्दा अन्तर्राष्ट्रियस्तरमा बदनामीको डर
नेपाली कांग्रेसका प्रवक्ता एवं सांसद प्रकाशशरण महतले विमान दुर्घटना छानबिन समितिको निष्कर्षलाई आमसर्वसाधारणको पहुँचबाट टाढै राख्ने गरिएको आरोप लगाएका छन्। उनले समितिको निष्कर्ष सबैको पहुँचमा हुनपर्ने समेत माग गरे। 

उनले यस्ता घटनाहरू पटक पटक दोहोरिइरहेको भन्दै जाँचबुझका लागि गठन गरेको समितिले बुझाएको प्रतिवेदनको पूर्ण कार्यान्वयन हुनुपर्नेमा जोड दिए। 

‘नेपालमा भएका यस्ता दुर्घटनापछि छानबिन गर्न बनेको समितिले बुझाएका प्रतिवेदनहरूको सही कार्यान्वयन हुन नसक्दा घटनाहरूको पुनरावृत्ति भइरहेका छन्’  प्रवक्ता महत भन्छन्, ‘अहिलेसम्म भएका विमान दुर्घटना किन भए भन्ने प्रतिवेदन तत्काल सार्वजनिक गरिनुपर्छ। त्यसले दिएको सुझाव लागू हुनुपर्छ।’

यो पनि पढ्नुहोस

नेपालमा ज्यान जाने गरी भएका १०४ हवाई दुर्घटना: १९५५ देखि २०२३ सम्म

महतले जाँचबुझ समितिले बुझाएको प्रतिवेदनका आधारमा दुर्घटना दोहोरिन नदिन यथेष्ट उपाय खोज्नुपर्ने बताए। जाँचबुझ समितिले बुझाएको प्रतिवेदनको कार्यान्वयन गरेर अघि नबढ्ने हो भने अन्तर्राष्ट्रिय जगतमा नै नेपाल हवाई यातायातको क्षेत्रमा अत्यन्त जोखिमयुक्त देश बन्ने सन्देश प्रवाह हुने चिन्ता व्यक्त गरे।

यता, नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले जाँचबुझ समितिले सरकारलाई बुझाएका प्रतिवेदनहरूको कार्यान्वयनमा हेलचेक्र्याइँ गर्न नहुने बताएका छन्। 

उपमहासचिव रिमालले भने ‘हरेक पटक विमान दुर्घटनापछि जाँचबुझ समिति बनाइए पनि समितिले बुझाएका प्रतिवेदनहरूको कार्यान्वयन हुन नसक्दा यस किसिमका दुर्घटनाहरू भइरहेका छन्। अब पनि विज्ञहरूले बुझाएको प्रतिवेदनको कार्यान्वयन नगर्ने हो भने सर्वसाधारणहरू विमानमा चढ्दा मर्छु कि बाँच्छु भन्ने स्थितिकाबीच यात्रा गर्न बाध्य हुन्छन्।’

जाँचबुझ समितिले निकालेको निष्कर्षप्रति सरकार र सम्बन्धित निकायहरू कति इमानदार छन् भन्ने प्रश्न आम मानिसमा रहेको उनको भनाइ छ। ‘सरकार र सम्बन्धित निकायहरूले विज्ञहरूले बुझाएको प्रतिवेदन अव्यवहारिक र गलत भए भन्न सक्नुपर्छ। तर, प्रतिवेदन बुझेर कार्यान्वयन गर्ने नभई थन्क्याएर राख्ने परम्पराको अन्त्य हुन आवश्यक छ।’

उपमहासचिव रिमालले सम्बन्धित निकायले जाँचबुझ समितिले बुझाएको प्रतिवेदन कार्यान्वयन नगर्ने हो भने अन्तर्राष्ट्रियस्तरमा पनि बदनाम हुने धारणा राखे।

‘पुरानो जहाज, असुरक्षित आकाश र सिकारु पाइलट’
आइतबार दुर्घटना भएको जहाजको पाइलट थिए,  कमल केसी। उमेरले ६० नाघेका केसी अनुभवी पाइलटको रूपमा परिचित छन्। उनले नै जनवरी १ देखि सञ्चालनमा आएको पोखराको अन्तर्राष्ट्रिय विमानस्थलमा ‘डेमो फ्लाइट’ गरेका थिए। उनै केसीले चलाएको त्यही जहाज आइतबार दुर्घटनामा पर्‍यो। उक्त जहाजको उडानमा को–पाइलटको भूमिकामा थिइन् अञ्जु खतिवडा। १७ वर्षअघि जुम्लामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा पति गुमाएपछि अमेरिकामा पाइलट कोर्स पढेर खतिवडा पनि यही पेसामा आएकी थिइन्। 

खतिवडा पाइलट बनेपछि काठमाडौं, विराटनगर, भद्रपुर, धनगढीलगायतका विमानस्थलमा करिब सय घण्टा उडान भरेकी थिइन्। आइतबारको काठमाडौं–पोखराको उडान उनको को–पाइलटका रूपमा अन्तिम उडान थियो। यो उडानपछि उनी पाइलट हुनेवाला थिइन्। पाइलट केसीले सिकारु पाइलट खतिवडालाई विमान चलाउन दिँदा दुर्घटना भएको पीडित पक्षको आक्रोश छ।

Plane_Crash_Detail_Table1673797947.jpg

आइतबार दुर्घटना भएको विमान दुई देशले चलाइसकेपछि नेपाल भित्रिएको पाइएको छ। दुर्घटना भएको यतिको एन नाइन–एएनसी एटीआर–७२ को विमान यसअघि भारत र थाइल्याण्डमा चलाइएको पाइएको छ।

यो विमान सन् २००७ मा भारतको किङफिसर एयरलाइन्सले चलाएको थियो। त्यसपछि सन् २०१३ देखि थाइल्यान्डको नोक एयरलाइन्सले चलाएको पाइएको छ। सन् २०१९ अप्रिलदेखि भने यो विमान यती एयरलाइन्सले चलाउँदै आएको थियो।

मन्त्रालय भन्छ– छानबिन आयोगको सुझाव लागू हुन्छ
आइतबार भएको दुर्घटनाको छानबिन गर्न बनेको आयोगका सदस्य सचिव, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सहसचिव बुद्धिसागर लामिछाने अहिलेसम्म आयोगले दिएको लागू हुनेखाले सबै सुझाव लागू हुने बताउँछन्। 

उनी नेपालमा स्वदेशी मात्रै हैन, विदेशी विमान दुर्घटना हुँदा पनि आयोगले दिएको सुझाव लागू भएको दाबी गर्छन्। ‘विदेशी विमान दुर्घटना हुँदा उनीहरूले पनि यस्तो गर्नू भनेर सुझाव दिने गरेका छन्। त्यस्ता सुझावहरू लागू हुनेखाले सबै लागू गर्ने गरेका छौ’ उनी भन्छन्, ‘बजारमा हल्ला भएजस्तो सुझाव लागू नै नहुने भन्ने हैन।’

यो पनि पढ्नुहोस

युएस बंगाल विमान प्रतिवेदन : जबरजस्ती ल्यान्ड गर्न खोज्दा दुर्घटना, पाइलट प्रमुख दोषी

विमान दुर्घटना शून्य बनाउन नसके पनि केही कम गर्न भने सकिने बताउँछन्, उनी। लामिछाने मानिसहरूले विमान दुर्घटनापछि बनेको छानबिन समितिको प्रतिवेदन सार्वजनिक नभएको भन्ने कुराको प्रतिवाद गर्छन्। सबैजसो प्रतिवेदन वेबसाइटमा नै राख्ने गरिएको उनको दाबी छ।

‘दुर्घटना जाँच आयोगले हेलिकोप्टरको अगाडिको भागमा हुने सिट निकाल्नका लागि सुझाव दिएको थियो। उक्त सुझाव पूरै लागू भएको छ। ती हेलिकोप्टर बनाउने कम्पनी पनि उक्त सुझावमा कन्भिन्स भएर अगाडि दुई वटा सिटको ठाउँमा एउटा मात्रै सिट राखेर उडाउँछन्। यसको कारण हेलिकोप्टर दुर्घटनाको जोखिम धेरै कम भएको छ’ उनले भने।

उनका अनुसार चालक दललाई प्रशिक्षण गर्नुपर्ने लगायतका सुझाव पनि लागू हुने गरेका छन्। दुर्गम क्षेत्रका एयरपोर्टमा ‘फ्लाइट इन्फरमेसन सर्भिस’को टावरमा सूचना मात्रै दिने भन्ने हुन्थ्यो। आयोगले सानो एयरपोर्टमा हुने एयर ट्राफिक कन्ट्रोललाई पनि थप सुविधा सम्पन्न बनाएको उनी बताउँछन्। 

प्रकाशित मिति: सोमबार, माघ २, २०७९  २१:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस नेता अभिषेक गिरी पक्राउ
अमेरिकाबाट फिर्ता ल्याइएको शाक्यमुनि बुद्धको प्राचीन मूर्ति पुनःस्थापना
मालबाहक जहाजमाथिको आक्रमणपछि अमेरिकी सेनाद्वारा जवाफी आक्रमण
सम्बन्धित सामग्री
७९ देशका ११ सय ८१ जनाले लिए हिमाल आरोहणको अनुमति विभागका सूचना अधिकारी हिमाल गौतमले सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि अनुमति प्रदान गरिएको जानकारी दिए । मंगलबार, जेठ ५, २०८३
आफ्नै रेकर्ड तोड्दै कामीरिता ३२औं पटक सगरमाथामा अभियान अधिकारीहरूका अनुसार ५६ वर्षीय शेर्पा बिहान १०:१२ बजे शिखरमा पुगेका थिए। यससँगै उनले विश्वकै सबैभन्दा धेरै पटक सगरमाथा आरोहण ग... आइतबार, जेठ ३, २०८३
महालेखा परीक्षकको प्रतिवेदन : निगमको जहाज खरिद गर्न लिएको ऋण ३४ अर्ब, तिर्नुपर्ने- ५३ अर्ब पुग्यो निगमले ए–३२० तथा ए–३३० जहाज खरिदका लागि सरकारको जमानीमा २०७० असार ४ गते र २०७४ जेठ २८ मा कर्मचारी सञ्चय कोषबाट २२ अर्ब बराबरको ऋण लि... शुक्रबार, जेठ १, २०८३
ताजा समाचारसबै
कांग्रेस नेता अभिषेक गिरी पक्राउ शनिबार, असार १३, २०८३
अमेरिकाबाट फिर्ता ल्याइएको शाक्यमुनि बुद्धको प्राचीन मूर्ति पुनःस्थापना शनिबार, असार १३, २०८३
मालबाहक जहाजमाथिको आक्रमणपछि अमेरिकी सेनाद्वारा जवाफी आक्रमण शनिबार, असार १३, २०८३
वर्षा र सडक मर्मतका कारण अवरुद्ध छन् यी राजमार्ग शनिबार, असार १३, २०८३
भेनेजुएला भूकम्प: मृत्यु हुनेको संख्या ९२० पुग्यो, ३३ सय घाइते शनिबार, असार १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपा महामन्त्रीका ६ आकांक्षीले गरे विपिनलाई समर्थन शुक्रबार, असार १२, २०८३
रास्वपाकाे उपसभापतिमा साेविता गाैतम निर्वाचित शुक्रबार, असार १२, २०८३
विश्वकप लिग २: नेदरल्यान्ड्स सिरिजका लागि नेपाली टोली घोषणा शुक्रबार, असार १२, २०८३
एलपिजी प्रतिबन्ध हटायो भारतले शुक्रबार, असार १२, २०८३
मालबाहक जहाजमाथिको आक्रमणपछि अमेरिकी सेनाद्वारा जवाफी आक्रमण शनिबार, असार १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार बिहीबार, असार ११, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
पतञ्जलि जग्गा हिनामिना प्रकरण : माधव नेपाल क्याबिनेटका सबै मन्त्रीलाई बकपत्रमा झिकाउने आदेश बिहीबार, असार ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्