काठमाडौं –सुदूरपश्चिम रोयल्सका सैफ अली जैब नेपाल प्रिमियर लिग (एनपीएल)को सर्वोत्कृष्ट खेलाडी बनेका छन्।
प्रतियोगिताभर उनले २७५ रन र १२ विकेट लिए सँगै एक लाख रुपैयाँ पुरस्कार हात पारेका हुन्।
त्यस्तै उत्कृष्ट बलर जनकपुर बोल्ट्सका ललित राजवंशी चुनिए। प्रतियोगिताभर १७ विकेट लिएका उनले मोटरसाइकल पुरस्कार पाएका छन्।
त्यसैगरी कर्णाली याक्सका विपीन खत्री उदीयमान खेलाडी हुन सफल भए। उनले १४ विकेट लिए।
फेयर प्लेको अवार्ड भने लुम्बिनी लायन्सले जितेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।