• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

फाराम भर्नकै लागि मात्रै त्यति धेरै पैसा ‘दलाल’लाई बुझाउनु भएन नि! : महानिर्देशक यादव [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ बिहीबार, पुस २१, २०७९  २०:०५
1140x725

पछिल्लो समय राहदानी विभागमा राहदानी (पासपोर्ट) लिनका लागि लाम लाग्ने सेवाग्राहीको संख्या ठूलो छ। राहदानी लिनकै लागि बिहानैदेखि विभागमा लाइन लाग्नु पर्ने अवस्था हटाउनका लागि अनलाइन प्रणाली पनि ल्याइयो। तर, लाखौँ सेवाग्राहीलाई विभागका सीमित कर्मचारीले सेवा दिनुपर्ने भएकाले अनलाइन प्रणालीमा समेत समस्या आएको छ। विभागले अनलाइन फाराम भर्नका लागि बिहान ११ बजेबाट दिउँसो ३ बजेका लागि सारियो। तर, त्यसले पनि सहज रूपमा राहदानी दिलाउन सकेन। केही मिनेटमा नै कोटा सकिने भएकाले अनलाइन प्रणाली सोवाग्राहीका लागि झनै अप्ठेरो र ‘दलाल’हरूले चलखेल गर्ने ठाउँ पाएको सेवाग्राहीले आरोप लगाएका छन्। प्रस्तुत छ नेपाल लाइभले राहदानी विभागका महानिर्देशक सुरेन्द्रकुमार यादवसँग गरेको कुराकानीः

राहदानी वितरणमा के समस्या आएको हो? यो समस्या कहिलेसम्म समाधान होला?

अहिले धेरै मानिसले राहदानीका लागि फारम भर्न नै बन्द भएको बुझ्नु भएछ। त्यस्तो होइन। सर्भरमा समस्या भएर म्यासेज नआइकन राहदानी लिन नआउनु भन्ने हो। राहदानी बनाउने मिति लिने फाराम भर्न भने बन्द भएको छैन। राहदानी वितरणको सफ्टवेयरमा मात्रै समस्या आएको हो। यो केही दिनमा नै समाधान हुन्छ। 

हामीले राहदानीका लागि फाराम भरेको तीन दिनमा नै सेवा दिने गरेका छौँ। तीन दिनमा फोनमा म्यासेज नआउँदा सेवाग्राहीहरू आत्तिनु हुन्छ। म्यासेज नआई विभागमा आउँदा समस्या हुन्छ। त्यसैले हामीले उक्त सूचना जारी गरेका हौं। 

राहदानी बनाउन सेवाग्राहीले सधैँ झमेला खेप्नु परेको छ। यस्तो किन भएको हो। अनलाइन अपोइन्टमेन्ट लिने समय ११ बजेबाट ३ बजेमा सार्दा पनि झनै गुनासो बढेको पाइयो नि, किन?

विभागको डिमान्ड धेरै भएको भएर हामीले राहदानीका लागि समय लिने फाराम भर्ने समय सारेका हौं। हाम्रा कारणले अरु जिल्लाको अपोइन्टमेन्ट समय पनि प्रभावित भएको भएर ३ बजेलाई सारिएको हो। अहिलेको यो समस्या त्यति ठूलो त होइन, समस्या त सफ्टवेयरको हौं। यो समाधान भएपछि भोलि (शुक्रबार)सम्ममा ठीक भइहाल्छ।

राहदानीका लागि अनलाइन एपोइनमेन्टका लागि २४ घण्टा फाराम भर्ने व्यवस्था मिलाउँदा हुँदैन र? 

अब हामीले दिनमा कति सेवा दिन सक्छौँ भन्ने कुरा हो। जस्तै अहिले हामी १५ सय देखि १६ सय दिन सक्छौँ। त्यसैले त्यति मानिसको मात्रै फारम स्वीकृत गर्ने हो। त्यो कोटा केही समयमा नै सकिन्छ। एकैपटक धेरै मानिसको फाराम स्वीकृत गर्दा त राहदानी लिनका लागि सेवाग्राही लामो समयसम्म पर्खनुपर्ने हुन्छ। 

nimb
nimb
Ncell 2
Ncell 2

हामीले पहिले २४ सै घण्टा फाराम स्वीकृत गरेका हौं। तर, त्यस्तो हुँदा सेवाग्राहीले महिनौँसम्म कुर्नु पर्‍यो। त्यसैले हामीले दुई दिनभित्र सकिने जतिमात्रै फाराम स्वीकृत गर्ने गरेका छौँ।  हामीले सेवाग्राही आइसकेर फोटो खिचिसके पछिको दुईतीन दिनमा सबै सेवा दिने गरेका छौ। यो सेवाग्राहीको सहजताको लागि बनाएको हौं। तर सेवाग्राहीलाई चाहिँ राम्रोसँग बुझाउन नसकिएको पक्कै हो। त्यही भएर नै प्रश्न उठाउनुभएको छ। धेरै मिडियामा पनि आयो। तर दुई दिनमा सेवा दिने बारेमा चाहिँ कतै आएन। 

२४ घण्टा खोल्दा त १० हजारले पनि फाराम भर्न सक्छन्। तर, उनीहरूलाई लामो समयसम्म कुराउनु पर्छ। त्यसैले, अहिले हामीले दुईदेखि तीन दिनमा सकिनेमात्रै राहदानी स्वीकृत गर्ने गरेका छौँ। यो अनलाइन आइसकेपछि झन् दलालहरू बढे, सेवाग्राही चर्को मूल्य तिरेर अपोइन्टमेन्ट फारम भर्न बाध्य भए भन्ने व्यापक गुनासो छ।  

सो गुनासो सम्बोधनका लागि केही गर्दै हुनुहुन्छ कि?

यो कुरामा हामीले प्रहरीको सहयोग लिएका छौँ। अहिले प्रहरीले छापा मार्ने कारबाहीको प्रक्रिया अगाडि बढाउने काम भइरहेको छ। अब हामीलाई सेवाग्राहीले पनि सहयोग गर्नु पर्‍यो। अनलाइन फाराम भर्नका लागि अत्यधिक पैसा लिएको थाहा पाएमा हामीलाई र प्रहरीमा उजुरी गर्नु पर्‍यो। हामी त्यसलाई कारबाही गर्छौँ। 

अर्को कुरा फाराम भर्नको लागि मात्रै त्यति धेरै पैसा दलाललाई बुझाउनु भएन नि! एउटा नोमिनल सेवा शुल्क पो लिने हो त!  सेवाग्राहीसँग १५–१० हजार लिने त होइन नि! साइबरबाट नै फाराम भर्नु पर्‍यो भने पनि केही सय मात्रै तिर्ने हो। यति धेरै पैसा माग गरे भने प्रहरी वा हामीलाई उजुरी गर्दा हुन्छ, हामी  कारबाही गर्छौँ। 

सोवाग्राहीहरू अहिले काठमाडौंमा नै आउनु पर्ने भन्ने छैन। अहिले केही दिनमा नै जिल्लाबाट राहदानी पाइने सुविधा छ। नियमित सेवा लिँदा नै जिल्लामा हामीले १५–२० दिनमा दिएका छौँ। राहदानीका लागि विभागमा मात्रै लाइन हो। जिल्लामा त सहजै पाइन्छ। 

बिहान ११ बजेदेखि दिउँसो ३ बजे फाराम भर्ने समय सार्दा विभागलाई कत्तिको सहज भएको छ?

सहज भएको छ। अरु ७७ वटै जिल्लाका प्रशासन कार्यालयबाट पनि सेवाग्राहीले अनलाइन प्रणाली खोल्नु हुन्छ। जिल्लाहरूले डिमान्ड फारम भरेपछि यहाँ सर्भरमा समस्या हुने कारणले गर्दा समय सारेका हौं। अब बिस्तारै विभागको समस्या समाधान हुँदै जान्छ।

यो पनि पढ्नुहोस

 

राहदानी बनाउन सास्ती उस्तै, महिनौं लाग्ने भएपछि काठमाडौंमा मजदुरी गर्छन् सेवाग्राही

यो पनि पढ्नुहोस

 

‘इमर्जेन्सी’ राहदानी बनाउन उपत्यका बाहिरबाट आएका सेवाग्राहीलाई सास्ती, भन्छन्– धाउन थालेको पाँचदिन बितिसक्यो

 

प्रकाशित मिति: बिहीबार, पुस २१, २०७९  २०:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कर्णाली प्रदेशका कर्मचारीको नयाँ तलबमान र भत्ता स्वीकृत
बीपी राजमार्गमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ?
सम्बन्धित सामग्री
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया उनले प्रतिस्पर्धात्मक विश्व बजारमा नेपाली युवाको क्षमता अभिवृद्धिका लागि प्राविधिक तथा व्यावसायिक सीपलाई विद्यालय तहदेखि नै प्राथमिक... बुधबार, साउन २७, २०८३
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ देशमा राजनीतिक परिवर्तनहरू आएपनि सीमान्तकृत समुदायका वास्तविक समस्याहरू अझै पनि सम्बोधन हुन नसकेको विज्ञ तथा अधिकारकर्मीहरु बताउँछन्... आइतबार, साउन २४, २०८३
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
कर्णाली प्रदेशका कर्मचारीको नयाँ तलबमान र भत्ता स्वीकृत बुधबार, भदौ १०, २०८३
बीपी राजमार्गमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
वर्षाका कारण ६ वटा मुख्य सडकखण्ड प्रभावित, ३ वटामा रातिको समयमा यातायात सञ्चालनमा रोक बुधबार, भदौ १०, २०८३
लगातार दोस्रो जितको खोजिमा नेपाल बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सर्वोच्चमा रिट दर्तापछि नेता दीपक खड्काले किन गरे अदालत ‘सेटिङ’को कुरा ? मंगलबार, भदौ ९, २०८३
सम्पत्ति छानबिन आयोगसम्बन्धी मुद्दामा बालेनको विशेष ‘चासो’, सर्वोच्चको आदेशलाई प्रधानन्यायाधीशले गर्लान् ‘न्याय’? मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्