• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, माघ ६, २०८२ Tue, Jan 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

फाराम भर्नकै लागि मात्रै त्यति धेरै पैसा ‘दलाल’लाई बुझाउनु भएन नि! : महानिर्देशक यादव [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ बिहीबार, पुस २१, २०७९  २०:०५
1140x725

पछिल्लो समय राहदानी विभागमा राहदानी (पासपोर्ट) लिनका लागि लाम लाग्ने सेवाग्राहीको संख्या ठूलो छ। राहदानी लिनकै लागि बिहानैदेखि विभागमा लाइन लाग्नु पर्ने अवस्था हटाउनका लागि अनलाइन प्रणाली पनि ल्याइयो। तर, लाखौँ सेवाग्राहीलाई विभागका सीमित कर्मचारीले सेवा दिनुपर्ने भएकाले अनलाइन प्रणालीमा समेत समस्या आएको छ। विभागले अनलाइन फाराम भर्नका लागि बिहान ११ बजेबाट दिउँसो ३ बजेका लागि सारियो। तर, त्यसले पनि सहज रूपमा राहदानी दिलाउन सकेन। केही मिनेटमा नै कोटा सकिने भएकाले अनलाइन प्रणाली सोवाग्राहीका लागि झनै अप्ठेरो र ‘दलाल’हरूले चलखेल गर्ने ठाउँ पाएको सेवाग्राहीले आरोप लगाएका छन्। प्रस्तुत छ नेपाल लाइभले राहदानी विभागका महानिर्देशक सुरेन्द्रकुमार यादवसँग गरेको कुराकानीः

राहदानी वितरणमा के समस्या आएको हो? यो समस्या कहिलेसम्म समाधान होला?

अहिले धेरै मानिसले राहदानीका लागि फारम भर्न नै बन्द भएको बुझ्नु भएछ। त्यस्तो होइन। सर्भरमा समस्या भएर म्यासेज नआइकन राहदानी लिन नआउनु भन्ने हो। राहदानी बनाउने मिति लिने फाराम भर्न भने बन्द भएको छैन। राहदानी वितरणको सफ्टवेयरमा मात्रै समस्या आएको हो। यो केही दिनमा नै समाधान हुन्छ। 

हामीले राहदानीका लागि फाराम भरेको तीन दिनमा नै सेवा दिने गरेका छौँ। तीन दिनमा फोनमा म्यासेज नआउँदा सेवाग्राहीहरू आत्तिनु हुन्छ। म्यासेज नआई विभागमा आउँदा समस्या हुन्छ। त्यसैले हामीले उक्त सूचना जारी गरेका हौं। 

राहदानी बनाउन सेवाग्राहीले सधैँ झमेला खेप्नु परेको छ। यस्तो किन भएको हो। अनलाइन अपोइन्टमेन्ट लिने समय ११ बजेबाट ३ बजेमा सार्दा पनि झनै गुनासो बढेको पाइयो नि, किन?

विभागको डिमान्ड धेरै भएको भएर हामीले राहदानीका लागि समय लिने फाराम भर्ने समय सारेका हौं। हाम्रा कारणले अरु जिल्लाको अपोइन्टमेन्ट समय पनि प्रभावित भएको भएर ३ बजेलाई सारिएको हो। अहिलेको यो समस्या त्यति ठूलो त होइन, समस्या त सफ्टवेयरको हौं। यो समाधान भएपछि भोलि (शुक्रबार)सम्ममा ठीक भइहाल्छ।

राहदानीका लागि अनलाइन एपोइनमेन्टका लागि २४ घण्टा फाराम भर्ने व्यवस्था मिलाउँदा हुँदैन र? 

अब हामीले दिनमा कति सेवा दिन सक्छौँ भन्ने कुरा हो। जस्तै अहिले हामी १५ सय देखि १६ सय दिन सक्छौँ। त्यसैले त्यति मानिसको मात्रै फारम स्वीकृत गर्ने हो। त्यो कोटा केही समयमा नै सकिन्छ। एकैपटक धेरै मानिसको फाराम स्वीकृत गर्दा त राहदानी लिनका लागि सेवाग्राही लामो समयसम्म पर्खनुपर्ने हुन्छ। 

Ncell 2
Ncell 2

हामीले पहिले २४ सै घण्टा फाराम स्वीकृत गरेका हौं। तर, त्यस्तो हुँदा सेवाग्राहीले महिनौँसम्म कुर्नु पर्‍यो। त्यसैले हामीले दुई दिनभित्र सकिने जतिमात्रै फाराम स्वीकृत गर्ने गरेका छौँ।  हामीले सेवाग्राही आइसकेर फोटो खिचिसके पछिको दुईतीन दिनमा सबै सेवा दिने गरेका छौ। यो सेवाग्राहीको सहजताको लागि बनाएको हौं। तर सेवाग्राहीलाई चाहिँ राम्रोसँग बुझाउन नसकिएको पक्कै हो। त्यही भएर नै प्रश्न उठाउनुभएको छ। धेरै मिडियामा पनि आयो। तर दुई दिनमा सेवा दिने बारेमा चाहिँ कतै आएन। 

२४ घण्टा खोल्दा त १० हजारले पनि फाराम भर्न सक्छन्। तर, उनीहरूलाई लामो समयसम्म कुराउनु पर्छ। त्यसैले, अहिले हामीले दुईदेखि तीन दिनमा सकिनेमात्रै राहदानी स्वीकृत गर्ने गरेका छौँ। यो अनलाइन आइसकेपछि झन् दलालहरू बढे, सेवाग्राही चर्को मूल्य तिरेर अपोइन्टमेन्ट फारम भर्न बाध्य भए भन्ने व्यापक गुनासो छ।  

सो गुनासो सम्बोधनका लागि केही गर्दै हुनुहुन्छ कि?

यो कुरामा हामीले प्रहरीको सहयोग लिएका छौँ। अहिले प्रहरीले छापा मार्ने कारबाहीको प्रक्रिया अगाडि बढाउने काम भइरहेको छ। अब हामीलाई सेवाग्राहीले पनि सहयोग गर्नु पर्‍यो। अनलाइन फाराम भर्नका लागि अत्यधिक पैसा लिएको थाहा पाएमा हामीलाई र प्रहरीमा उजुरी गर्नु पर्‍यो। हामी त्यसलाई कारबाही गर्छौँ। 

अर्को कुरा फाराम भर्नको लागि मात्रै त्यति धेरै पैसा दलाललाई बुझाउनु भएन नि! एउटा नोमिनल सेवा शुल्क पो लिने हो त!  सेवाग्राहीसँग १५–१० हजार लिने त होइन नि! साइबरबाट नै फाराम भर्नु पर्‍यो भने पनि केही सय मात्रै तिर्ने हो। यति धेरै पैसा माग गरे भने प्रहरी वा हामीलाई उजुरी गर्दा हुन्छ, हामी  कारबाही गर्छौँ। 

सोवाग्राहीहरू अहिले काठमाडौंमा नै आउनु पर्ने भन्ने छैन। अहिले केही दिनमा नै जिल्लाबाट राहदानी पाइने सुविधा छ। नियमित सेवा लिँदा नै जिल्लामा हामीले १५–२० दिनमा दिएका छौँ। राहदानीका लागि विभागमा मात्रै लाइन हो। जिल्लामा त सहजै पाइन्छ। 

बिहान ११ बजेदेखि दिउँसो ३ बजे फाराम भर्ने समय सार्दा विभागलाई कत्तिको सहज भएको छ?

सहज भएको छ। अरु ७७ वटै जिल्लाका प्रशासन कार्यालयबाट पनि सेवाग्राहीले अनलाइन प्रणाली खोल्नु हुन्छ। जिल्लाहरूले डिमान्ड फारम भरेपछि यहाँ सर्भरमा समस्या हुने कारणले गर्दा समय सारेका हौं। अब बिस्तारै विभागको समस्या समाधान हुँदै जान्छ।

यो पनि पढ्नुहोस

 

राहदानी बनाउन सास्ती उस्तै, महिनौं लाग्ने भएपछि काठमाडौंमा मजदुरी गर्छन् सेवाग्राही

यो पनि पढ्नुहोस

 

‘इमर्जेन्सी’ राहदानी बनाउन उपत्यका बाहिरबाट आएका सेवाग्राहीलाई सास्ती, भन्छन्– धाउन थालेको पाँचदिन बितिसक्यो

 

प्रकाशित मिति: बिहीबार, पुस २१, २०७९  २०:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट
राप्रपाले टुंगो लगायो १६० क्षेत्रमा उम्मेदवार
शेरबहादुर देउवाले चुनाव नलड्ने
सम्बन्धित सामग्री
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चा... मंगलबार, फागुन १३, २०८१
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत वार्षिक ३५ सय रुपैयाँले ५ जनाका परिवारले १ लाख बराबरको उपचार सहुलियत पाउने व्यवस्था छ।  सोमबार, फागुन १२, २०८१
ताजा समाचारसबै
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
राप्रपाले टुंगो लगायो १६० क्षेत्रमा उम्मेदवार मंगलबार, माघ ६, २०८२
शेरबहादुर देउवाले चुनाव नलड्ने मंगलबार, माघ ६, २०८२
आज देशभर उम्मेदवारी दर्ता हुँदै, यी कागजात अनिवार्य मंगलबार, माघ ६, २०८२
यस्तो रहनेछ देशभरको मौसम मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पूर्णबहादुर खड्का प्रतिनिधिसभाको निर्वाचनमा भाग नलिने, अरुलाई मिलेर लड्न सुझाव सोमबार, माघ ५, २०८२
डा. प्रकाशशरण महत नुवाकोट-१ बाट चुनाव लड्ने सोमबार, माघ ५, २०८२
उम्मेदवार छनोटमा असन्तुष्टि जनाउँदै रास्वपा तेह्रथुममा सामूहिक राजीनामा सोमबार, माघ ५, २०८२
दुर्गा प्रसाईं पोखराबाट पक्राउ सोमबार, माघ ५, २०८२
नेपाल प्रहरीका ४८ एसपीको सरुवा (नामावलीसहित) सोमबार, माघ ५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्