• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, पुस १७, २०८२ Thu, Jan 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

सरकारसँग उद्योग वाणिज्य महासंघको माग– चालु पुँजी कर्जा मार्गदर्शन २ वर्षका लागि स्थगित होस्

64x64
नेपाल लाइभ मंगलबार, पुस १२, २०७९  १७:२९
1140x725

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघले चालु पुँजी कर्जा मार्गदर्शन २ वर्षका लागि स्थगित गर्न सरकारसँग माग गरेको छ। 

मंगलबार नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसहितको टोलीले नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेट्दै चालु पुँजी कर्जा मार्गदर्शन २ वर्षका लागि स्थगित गर्न माग गरेका हुन्। 

अर्थतन्त्र संकटमा रहेको अवस्थामा चालु पुँजी कर्जा मार्गदर्शन लागू गर्दा थप समस्या आउने भन्दै महासंघले तत्कालका लागि स्थगन गर्न सुझाव दिएको छ। महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थमन्त्री पौडेललाई अर्थतन्त्रको पछिल्लो अवस्थाका बारेमा ब्रिफिङ र अर्थतन्त्रको विद्यमान समस्या समाधानका लागि महासंघका तर्फबाट सुझाव पेस गरेका छन्। 

सुझाव पेस गर्दै अध्यक्ष गोल्छाले उद्योग व्यवसाय सञ्चालनमा सबैभन्दा बढी समस्याको रूपमा चालु पुँजी कर्जा मार्गदर्शन भएको दाबी गरे। उनले  चालु पुँजी कर्जा मार्गदर्शनलाई कम्तीमा २ वर्ष स्थगन गर्न तथा तरलता व्यवस्थापन र व्याजदर स्थायित्वका लागि केन्द्रीय बैंकले सबै मौद्रिक उपकरणको प्रयोग गर्नुपर्ने सुझाव दिए। 

उनले मुलुकको अर्थतन्त्र अति संवेदनशील अवस्थामा रहेको भन्दै नवगठित सरकारको सिंगो ध्यान अर्थतन्त्रको पुनरुत्थानमा जानुपर्नेमा जोड दिए। अध्यक्ष गोल्छाले अर्थतन्त्रमा बहुआयामिक असर परेको, मौद्रिक नीतिको समीक्षामार्फत् पनि समस्या सम्बोधन हुन नसकेकाले निजी क्षेत्रमा थप निराशा छाएको बताए। उनले समग्र बैंकिङ समस्याका कारण उद्योगी व्यवसायी अत्यन्त कठिन अवस्थामा पुगेका भन्दै व्यवसायीहरु आन्दोलित बन्नुपर्ने परिस्थिति बनेको बताए। 

अध्यक्ष गोल्छाले अर्थमन्त्रीबाट अर्थतन्त्रको संवेदनशीलता बुझेर सोहीअनुसार अर्थपूर्ण पहल हुने अपेक्षा निजी क्षेत्रले लिएको पनि बताए। 

राजस्वले साधारण खर्च समेत धान्न नसक्ने अवस्था आएको, मूल्यवृद्धि ७ वर्ष यताकै उच्च रहेको र अर्थतन्त्रलाई चलायमान बनाउने निजी क्षेत्र नै संकुचित भएको गोल्छाको भनाइ थियो।  

अध्यक्ष गोल्छाले सरकारले उच्च रुपमा बढेको बैंकिङ ब्याजदर घटाउन सुझाव दिए। उनले सरकारले तत्कालका लागि बैंकको ब्याजदर घटाउने, वित्तीय प्रणालीमा देखिएको तरलता समस्या समाधान गरेमात्रै अर्थतन्त्र चलायमान हुनसक्ने बताए। उनले पछिल्लो समय निजी क्षेत्रको मनोबल कमजोर हुँदा लगानी समेत बढ्न नसकेको गुनासो गरे। 

Ncell 2
Ncell 2

अर्थमन्त्रीसमक्ष गोल्छाले राखेको धारणा:
सम्पूर्ण निजी क्षेत्र निराश भएर आन्दोलनकै मुडमा रहेको छ। तरलता अभावपछि अर्को मुख्य समस्या कात्तिकदेखि लागू भएको चालुपँजी कर्जा मार्गदर्शन हो। मार्गदर्शन अहिले अर्थतन्त्रमा आएको बेथितिलाई राम्रो बनाउन आएको रुपमा हेरेका छौं। तर जब अर्थतन्त्र एकदमै संकटमा हुँदा निजी क्षेत्रको मनोबल कमजोर छ। यस्तो बेलामा राष्ट्र बैंकले नयाँ निर्देशिका ल्याएर बेथितिलाई थितिमा ल्याउने प्रयास गरेको छ। तर यसले अझ ठूलो विकृति लिएर आउँछ भन्ने लागेको छ। 

चालुपँजी निर्देशिका कम्तीमा २ वर्षको लागि स्थिगित हुनुपर्छ। अहिलेको लागि स्थगन गर्न सुझाव दिन्छौं। त्यस्तै ब्याजदरको मुद्धति र बचतमा ब्याजदर करिब दोब्बर निक्षेप बढेको थियो। तर निक्षेप ८ प्रतिशतले मात्रै बढ्यो। यसमा सुधार हुनुपर्छ भन्ने सुझाव छ। अर्थतन्त्रका समस्या तत्काल समाधान नभए अझ ठूलो समस्या आउने देखिन्छ।  अहिले अर्थतन्त्रमा देखिएको मुख्य समस्या तरलतासँग जोडिएको छ। हामीले तरलता अभावको समस्यालाई समाधान गर्नसक्यौं भने अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्नसक्छौं। तरलताको समस्या बैंकहरुले कोल्याक्टर मात्रै हेरेर कर्जा दिएको हो वा राष्ट्र बैंकले पुनःकर्जाको रुपमा १ खर्ब ६० अर्ब रुपैयाँ बाहिर पठाउँदा समस्या हो कि? 

निजी क्षेत्रले सजिलो कर्जा पाउँदा अनुत्पादक क्षेत्रमा लगानी लगाएकाले होस् वा अन्य कारणले गर्दा नेपालको अर्थतन्त्र एकदमै ठूलो संकुचनमा छ। तरलताको समस्याले गर्दा धेरै व्यवसाय नै संकुचनमा आएको छ। सिमेन्ट, फलाम, छड उद्योगहरु ३० प्रतिशतमा मात्रै सञ्चालनमा आएका छन्। उद्योगहरु ७० प्रतिशत संकुचनमा रहेका छन्। दैनिक उपभोग्य वस्तुमा १० प्रतिशत संकुचन आएको छ। विद्युतीय उपकरणको कारोबारमा ५५ प्रतिशत  संकुचन भएको छ। 

अर्थतन्त्र चलायमान बनाउनको लागि बैंक कर्जाको स्थायित्व हुनुपर्छ। बैंकको ब्याजदर बढ्नाले ठूलो समस्या आएको छ। ब्याजदर घट्नुपर्छ। वित्तीय प्रणालीमा नै तरलताको अभाव देखिएको छ। त्यसकारण व्यापार चलायमान हुनसकेको छैन। सरकारले तरलता अभावलाई सुधार गर्नको लागि राष्ट्र बैंकसँग भएका टुल्सहरुलाई सहज बनाउनु आवश्यक छ। हामीलाई एकदमै कडाइ गरियो। अहिले निजी क्षेत्र देशैभर आन्दोलित भएको छ। नेपालको निजी क्षेत्रको मनोबल कमजोर भएको छ। निजी क्षेत्रको मनोबल कमजोर भएकाले लगानी पनि कम भएको छ।

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थमन्त्री पौडेलले आउनेबित्तिकै सेयर बजारमा देखिएको हरियालीले अर्थतन्त्रमा देखिएका समस्या चाँडै समाधान हुने अवस्था देखिएको बताए। उनले नवगठित सरकारले अर्थतन्त्रमा देखिएका विद्यमान समस्या तत्काल समाधान गरे व्यवसायीहरुको आत्मबल बढ्ने बताए। 

महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले बैंकको ब्याजदर उच्च रुपमा बढेको र व्यापार संकुचन भएको कारण पुसमा बुझाउनुपर्ने पैसा व्यवसायीहरुले बुझाउन नसक्ने अवस्थामा रहेको बताए। राष्ट्र बैंकले पुस मसान्तमा बुझाउनुपर्ने पैसाको लागि ३५ दिनको समय थप गर्नुपर्ने श्रेष्ठको भनाइ छ। 

त्यस्तै, महासंघका अर्का उपाध्यक्ष अञ्जन श्रेष्ठले संकटमा रहेको अर्थतन्त्रलाई चलायमान बनाउनको लागि सरकार तत्काल एक्शनमा जानुपर्ने बताए।  

महासंघले मगलबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर अर्थतन्त्रका विषयमा जानकारी गराएको थियो। 

प्रकाशित मिति: मंगलबार, पुस १२, २०७९  १७:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
असारदेखि अवरुद्ध रसुवागढी नाका बिहीबारदेखि सञ्चालन
आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
सम्बन्धित सामग्री
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर बिहीबार, पुस १७, २०८२
पाँच महिनामा ४ खर्ब ९ अर्ब ७८ करोड राजश्व संकलन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा राजश्व संकलन १ दशमलव ६८ प्रतिशतले वृद्धि भएको छ। अर्थ मन्त्रालयका सहसचिव टंकप्रसाद पाण्डेयले प्... मंगलबार, पुस १५, २०८२
ह्वात्तै घट्यो सुनचाँदीको भाउ मंगलबार सुनको भाउ ७ हजार ९ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार, पुस १५, २०८२
ताजा समाचारसबै
असारदेखि अवरुद्ध रसुवागढी नाका बिहीबारदेखि सञ्चालन बिहीबार, पुस १७, २०८२
आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस बिहीबार, पुस १७, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर बिहीबार, पुस १७, २०८२
लिची बगान जग्गा हिनामिनामा पूर्वमन्त्री गुप्ता थुनामा बिहीबार, पुस १७, २०८२
निर्धारित समयमै चुनाव हुनुपर्नेमा डा. बाबुराम भट्टराईको जोड बुधबार, पुस १६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
निकोलस भुसाललाई अस्पताल लगियो बुधबार, पुस १६, २०८२
२४ घण्टापछि महेन्द्र राजमार्गमा यातायात सञ्चालन बुधबार, पुस १६, २०८२
राजतन्त्रको एजेन्डा केही स्वार्थ समूहको खेती मात्र : भट्टराई बुधबार, पुस १६, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर बिहीबार, पुस १७, २०८२
सङ्घीय सरकारविरुद्ध मधेस सरकारले दिएको रिटमा आज पेसी बुधबार, पुस १६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्