• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १२, २०८३ Fri, Aug 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

परीक्षाको कसीमा गृहमन्त्री रवि लामिछाने, यस्ता छन् चुनौती

64x64
नारायण अधिकारी सोमबार, पुस ११, २०७९  १८:१४
1140x725

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्रीमा नियुक्त भएका छन्। राजनीतिक दल खोलेको ६ महिनामै संघीय चुनावमा अप्रत्यासित सफलता हात पारेका लामिछानेले सत्ता-गठबन्धनमा पनि उस्तै सफलता हात पारेका छन्। 

बलियो र आकर्षणको केन्द्र मानिएको गृह मन्त्रालयको नेतृत्व गर्दै रवि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएका छन्। पहिलो पटक संसद् र सरकारको अनुभव लिँदै गरेका लामिछानेमाथि उत्तिकै चुनौतीका चाङ पनि छन्।

सबैभन्दा बढी जिम्मेवारी पाएको र मुलुकको सम्पूर्ण सुरक्षा व्यवस्था जोडिएको मन्त्रालय यसै पनि चुनौतीपूर्ण मानिन्छ। उक्त चुनौतीपूर्ण जिम्मेवारी लामिछानेले कसरी निर्वाह गर्छन् भन्ने निकै चासोको साथ हेरिएको छ। 

सुरक्षा व्यवस्था चुस्त दुरुस्त
संघीय राजधानीमै दिनदहाडै गोली प्रहार गरी व्यक्ति हत्या हुने घटना नौला होइनन्। केही समयअघि काठमाडौंको गोठाटारमा भारतीय सुटर आएर दिनदहाडै नेपाली नागरिक लाल मोहम्मदलाई गोली हानी हत्या गरिएको थियो। हत्याका मुख्य नाइकेहरु अझैसम्म फरार छन् जसले राजधानीको सुरक्षा अवस्थालाई गिज्याएको छ। जनताको सुरक्षाको मुख्य जिम्मेवारी पाएको गृह मन्त्रालयले यस्ता घटनालाई न्यूनीकरण गर्न आवश्यक छ। जसमा लामिछानेले कसरी प्रभावकारी रुपमा काम गर्छन् भन्ने हेर्न बाँकी छ। 

व्यक्ति हत्या बाहेक अन्य अपराधका घटनाहरु पनि बढ्दो क्रममा छन्। विमानस्थलबाट हुने सुन चोरी पैठारी पनि निरन्तर चलिरहेकै छ। लामिछाने यसअघि टिभी कार्यक्रम चलाउँदा आफैंले जिम्मेवार निकायमा बसेका मन्त्रीदेखि प्रहरीसम्मलाई अपराध किन न्यूनीकरण हुन सकेन भनेर प्रश्न तेर्स्याइरहन्थे। अब भने लामिछाने आफैं जवाफ दिने ठाउँमा आएका छन्। त्यसलाई उनले कसरी सम्बोधन गर्छन् भन्ने हेर्न बाँकी छ। 

बढ्दो शहरीकरणसँगै हुने अपराधका नयाँ नयाँ ट्रेन्ड, साइबर अपराध, आर्थिक ठगी हत्या, हिंसा, चोरी, डकैती, लुटपाट जस्ता घटना न्यूनीकरण गरी शान्त र सुरक्षित मुलुक निर्माण गर्ने चुनौती रविको काँधमा आएको छ। 

प्रहरी समायोजन
मुलुक संघीय संरचनामा गएर दोस्रो पटक संघीय निर्वाचन भएर सरकार समेत गठन भइसकेको छ। तर यो बीचमा प्रहरी समायोजनको विषय भने ज्यूका त्यूँ छ। अहिलेसम्म प्रहरी समायोजनले गति लिने सकेको छैन। 

देशका सबैजसो संरचना संघीय ढाँचामा गए पनि प्रहरी भने अहिले पनि केन्द्रीय संरचनामै चल्दै आएको छ। विभिन्न स्वार्थ समूहहरु हावी हुँदा प्रहरी समायोजन हुन नसकेको सुरक्षाका जानकारहरु बताउँदै आएका छन्। 

nimb
nimb

राजनीतिक नेतृत्वदेखि ब्युरोक्रेसीसम्म प्रहरी समयोजन गर्न नचाहेको उनीहरुको बुझाइ छ। प्रहरी समायोजन हुँदा अधिकार बाँडफाँट हुने र केन्द्र सरकार, राजनीतिक नेतृत्वदेखि ब्युरोक्रेसीसम्मको भूमिका कमजोर हुने हुँदा प्रहरी समायोजनको प्रक्रिया अड्काइँदै आइएको छ। 

विभिन्न ड्राफ्ट र समितिहरु बन्दा समेत समायोजन हुन नसकेको काम  अघि बढाउन लामिछानेलाई निकै चुनौतीपूर्ण हुने देखिन्छ। 

अर्कोतर्फ, अहिलेसम्म संघीय प्रहरी ऐन समेत आउन सकेको अवस्था छैन। संघीय प्रहरी ऐन नै नआई प्रदेश प्रहरी ऐन ल्याएर भर्ना गराउने प्रयास प्रदेश सरकारहरूले गर्दै आएका छन्। जसकारण केन्द्र सरकार र प्रदेश सरकारबीच द्वन्द्व समेत हुँदै आएको छ। प्रदेश र केन्द्र सरकारबीच सेतु बनेर प्रहरी कर्मचारीको समायोजनको चुनौतीपूर्ण काम लामिछानेको काँधमा आएको छ। 

निर्मला पन्त हत्याराको खोजी
लामिछानेले टेलिभिजनमा कार्यक्रममा सञ्चालन गर्दा निर्मला पन्तलाई बलात्कार र हत्या गर्ने दोषी पक्राउ नपर्दासम्म आफूले निरन्तर फलो गर्ने बताएका थिए। उनले टेलिभिजनमा प्रसारण गरेका पटक पटकका रिपोर्टले निर्मला पन्तको बलात्कारी र हत्यारा ‘यही हो’ भन्ने किसिमका सन्देश समेत दिएका थिए। 

भलै हत्यारा पक्राउ नपरुन्जेल निरन्तर फलो गर्ने बताए पनि उनी आफैं पत्रकारिता छाडेर राजनीतिमा होमिए। 

पहिला हत्यारा कहिले पक्राउ पर्ला, कहिले पहिचान होला भनेर प्रश्न गरेका लामिछाने अहिले आफैं उत्तर दिने ठाउँमा आएका छन्। अब उनै लामिछानेको काँधमा निर्मला पन्तका हत्यारा पत्ता लगाउने जिम्मा आएको छ। 

आफैंले निरन्तर फलो गर्दै पन्तलाई न्याय दिने बताएका लामिछानेको काँधमा पन्तका हत्यारा पत्ता लगाउने चुनौती आइलागेको छ। 

प्रहरीमा हुने राजनीतिक हस्तक्षेत
नेपाल प्रहरीमा राजनीतिक हस्तक्षेप हुनुलाई अहिले सामान्य जस्तै मानिन्छ । चरम राजनीतिक हस्तक्षेप हुँदा करिअर देखेका अफिसरहरु निराश हुनुपर्ने अवस्था नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैमा छ। 

राजनीतिक हस्तक्षेपको सिकार प्रहरी अधिकारी हुँदा त्यसको मूल्य नेपाली जनताले चुकाउनु परेको छ।  आफ्ना मान्छेलाई ‘हुक’ लगाएर तान्ने र अर्को पार्टी वा व्यक्ति निकटलाई पाखा लगाउने चलन कुरुप रीति जस्तै प्रहरी संगठनमा बनेको छ। 

जसकारण राम्रो काम गरेर बढुवा हुने वा तक्मा थाप्नेभन्दा पनि नेताको चाकडी गरेर अवसर सिर्जना गर्नेतर्फ प्रहरी अधिकारीहरु लाग्दा राम्रो नतिजा निस्कन सकेको छैन। राजनीतिक हस्तक्षेपले थिलथिलो बनेको प्रहरी संगठनलाई गतिशील बनाई सही ट्र्याकमा हिँडाउने चुनौती अहिले लामिछानेमाथि आएको छ। 

प्रहरीकाे मनोबल उकास्ने
कतिपय घटनाहरु अनुसन्धान गर्ने क्रममा ‘गुड फेथ’ मा रहेर काम गर्दा समेत प्रहरी अधिकारीहरु आफैं फस्ने फसाउने घटनाहरु पनि हुने गरेका छन्। ‘गुड फेथ’ मा रहेमा कोभर्ट अपरेसन गर्ने प्रहरी अधिकारीहरुलाइ धमाधम बदनाम गर्ने र जेलसम्म जाने वातावरण बन्ने स्थिति प्रहरी संगठनमा आएको थियो। 

निर्मला पन्त बलात्कार र हत्याको अनुसन्धान गुड फेथमा रहेर काम गर्दा पनि प्रहरी अधिकारीमाथि नै मुद्दा चल्ने र निलम्बन हुने अवस्था आएको थियो। साढे ३३ किलो सुन काण्डको अपरेसनमा खटिएका प्रहरी अधिकारी जेल समेत जानुपर्ने अवस्था आएको छ।

जोखिम मोलेर काम गर्ने प्रहरी अधिकारीहरु नै पीडित हुनुपर्ने अवस्था आएपछि अहिले प्रहरी संगठनमा कोभर्ट अपरेसनमा काम गर्ने प्रहरी अधिकारीको खडेरी जस्तै लाग्ने गरेको छ। 

जसकारण प्रहरी अधिकारीहरूको खस्किएको मनोभावलाई उच्च राख्दै काम गराउनु पर्ने चुनौती लामिछानेमाथि आइलागेको छ।  

प्रकाशित मिति: सोमबार, पुस ११, २०७९  १८:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
सरकारले भन्यो: चीनतर्फ तालबाटग्ल्यासियर फुटेको हो, तत्काल ठूलो जोखिम छैन बिहीबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यसबारे जानकारी गराएका हुन् । शुक्रबार, भदौ १२, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य ३ निर्णय शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको बैठकपछि शिक्षा तथा खेलकुद मन्त्री समेत रहेका... शुक्रबार, भदौ १२, २०८३
प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब दैवी प्रकोप कोषमा जम्मा गर्ने बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । शुक्रबार, भदौ १२, २०८३
ताजा समाचारसबै
लेदो पन्छाएपछि पृथ्वी राजमार्ग सञ्चालनमा शुक्रबार, भदौ १२, २०८३
रसुवा बाढी : यती एअरलाइन्सले राहत सामग्री निःशुल्क ढुवानी गर्ने शुक्रबार, भदौ १२, २०८३
बाढीपीडितका लागि पद्मज्योति ग्रुपले दियो सरकारलाई एक करोड शुक्रबार, भदौ १२, २०८३
महाविपत्तिमा सक्षम सरकारको खोजी शुक्रबार, भदौ १२, २०८३
रसुवाबाट तिब्बत गएकाहरुलाई हिल्सा नाकाबाट फर्किँदा शुल्क नलाग्ने शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु बिहीबार, भदौ ११, २०८३
पूर्व सांसद इच्छाराज तामाङसहित १७ जना ठगीमा दोषी ठहर बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्