• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

परीक्षाको कसीमा गृहमन्त्री रवि लामिछाने, यस्ता छन् चुनौती

64x64
नारायण अधिकारी सोमबार, पुस ११, २०७९  १८:१४
1140x725

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्रीमा नियुक्त भएका छन्। राजनीतिक दल खोलेको ६ महिनामै संघीय चुनावमा अप्रत्यासित सफलता हात पारेका लामिछानेले सत्ता-गठबन्धनमा पनि उस्तै सफलता हात पारेका छन्। 

बलियो र आकर्षणको केन्द्र मानिएको गृह मन्त्रालयको नेतृत्व गर्दै रवि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएका छन्। पहिलो पटक संसद् र सरकारको अनुभव लिँदै गरेका लामिछानेमाथि उत्तिकै चुनौतीका चाङ पनि छन्।

सबैभन्दा बढी जिम्मेवारी पाएको र मुलुकको सम्पूर्ण सुरक्षा व्यवस्था जोडिएको मन्त्रालय यसै पनि चुनौतीपूर्ण मानिन्छ। उक्त चुनौतीपूर्ण जिम्मेवारी लामिछानेले कसरी निर्वाह गर्छन् भन्ने निकै चासोको साथ हेरिएको छ। 

सुरक्षा व्यवस्था चुस्त दुरुस्त
संघीय राजधानीमै दिनदहाडै गोली प्रहार गरी व्यक्ति हत्या हुने घटना नौला होइनन्। केही समयअघि काठमाडौंको गोठाटारमा भारतीय सुटर आएर दिनदहाडै नेपाली नागरिक लाल मोहम्मदलाई गोली हानी हत्या गरिएको थियो। हत्याका मुख्य नाइकेहरु अझैसम्म फरार छन् जसले राजधानीको सुरक्षा अवस्थालाई गिज्याएको छ। जनताको सुरक्षाको मुख्य जिम्मेवारी पाएको गृह मन्त्रालयले यस्ता घटनालाई न्यूनीकरण गर्न आवश्यक छ। जसमा लामिछानेले कसरी प्रभावकारी रुपमा काम गर्छन् भन्ने हेर्न बाँकी छ। 

व्यक्ति हत्या बाहेक अन्य अपराधका घटनाहरु पनि बढ्दो क्रममा छन्। विमानस्थलबाट हुने सुन चोरी पैठारी पनि निरन्तर चलिरहेकै छ। लामिछाने यसअघि टिभी कार्यक्रम चलाउँदा आफैंले जिम्मेवार निकायमा बसेका मन्त्रीदेखि प्रहरीसम्मलाई अपराध किन न्यूनीकरण हुन सकेन भनेर प्रश्न तेर्स्याइरहन्थे। अब भने लामिछाने आफैं जवाफ दिने ठाउँमा आएका छन्। त्यसलाई उनले कसरी सम्बोधन गर्छन् भन्ने हेर्न बाँकी छ। 

बढ्दो शहरीकरणसँगै हुने अपराधका नयाँ नयाँ ट्रेन्ड, साइबर अपराध, आर्थिक ठगी हत्या, हिंसा, चोरी, डकैती, लुटपाट जस्ता घटना न्यूनीकरण गरी शान्त र सुरक्षित मुलुक निर्माण गर्ने चुनौती रविको काँधमा आएको छ। 

प्रहरी समायोजन
मुलुक संघीय संरचनामा गएर दोस्रो पटक संघीय निर्वाचन भएर सरकार समेत गठन भइसकेको छ। तर यो बीचमा प्रहरी समायोजनको विषय भने ज्यूका त्यूँ छ। अहिलेसम्म प्रहरी समायोजनले गति लिने सकेको छैन। 

देशका सबैजसो संरचना संघीय ढाँचामा गए पनि प्रहरी भने अहिले पनि केन्द्रीय संरचनामै चल्दै आएको छ। विभिन्न स्वार्थ समूहहरु हावी हुँदा प्रहरी समायोजन हुन नसकेको सुरक्षाका जानकारहरु बताउँदै आएका छन्। 

Ncell 2
Ncell 2

राजनीतिक नेतृत्वदेखि ब्युरोक्रेसीसम्म प्रहरी समयोजन गर्न नचाहेको उनीहरुको बुझाइ छ। प्रहरी समायोजन हुँदा अधिकार बाँडफाँट हुने र केन्द्र सरकार, राजनीतिक नेतृत्वदेखि ब्युरोक्रेसीसम्मको भूमिका कमजोर हुने हुँदा प्रहरी समायोजनको प्रक्रिया अड्काइँदै आइएको छ। 

विभिन्न ड्राफ्ट र समितिहरु बन्दा समेत समायोजन हुन नसकेको काम  अघि बढाउन लामिछानेलाई निकै चुनौतीपूर्ण हुने देखिन्छ। 

अर्कोतर्फ, अहिलेसम्म संघीय प्रहरी ऐन समेत आउन सकेको अवस्था छैन। संघीय प्रहरी ऐन नै नआई प्रदेश प्रहरी ऐन ल्याएर भर्ना गराउने प्रयास प्रदेश सरकारहरूले गर्दै आएका छन्। जसकारण केन्द्र सरकार र प्रदेश सरकारबीच द्वन्द्व समेत हुँदै आएको छ। प्रदेश र केन्द्र सरकारबीच सेतु बनेर प्रहरी कर्मचारीको समायोजनको चुनौतीपूर्ण काम लामिछानेको काँधमा आएको छ। 

निर्मला पन्त हत्याराको खोजी
लामिछानेले टेलिभिजनमा कार्यक्रममा सञ्चालन गर्दा निर्मला पन्तलाई बलात्कार र हत्या गर्ने दोषी पक्राउ नपर्दासम्म आफूले निरन्तर फलो गर्ने बताएका थिए। उनले टेलिभिजनमा प्रसारण गरेका पटक पटकका रिपोर्टले निर्मला पन्तको बलात्कारी र हत्यारा ‘यही हो’ भन्ने किसिमका सन्देश समेत दिएका थिए। 

भलै हत्यारा पक्राउ नपरुन्जेल निरन्तर फलो गर्ने बताए पनि उनी आफैं पत्रकारिता छाडेर राजनीतिमा होमिए। 

पहिला हत्यारा कहिले पक्राउ पर्ला, कहिले पहिचान होला भनेर प्रश्न गरेका लामिछाने अहिले आफैं उत्तर दिने ठाउँमा आएका छन्। अब उनै लामिछानेको काँधमा निर्मला पन्तका हत्यारा पत्ता लगाउने जिम्मा आएको छ। 

आफैंले निरन्तर फलो गर्दै पन्तलाई न्याय दिने बताएका लामिछानेको काँधमा पन्तका हत्यारा पत्ता लगाउने चुनौती आइलागेको छ। 

प्रहरीमा हुने राजनीतिक हस्तक्षेत
नेपाल प्रहरीमा राजनीतिक हस्तक्षेप हुनुलाई अहिले सामान्य जस्तै मानिन्छ । चरम राजनीतिक हस्तक्षेप हुँदा करिअर देखेका अफिसरहरु निराश हुनुपर्ने अवस्था नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैमा छ। 

राजनीतिक हस्तक्षेपको सिकार प्रहरी अधिकारी हुँदा त्यसको मूल्य नेपाली जनताले चुकाउनु परेको छ।  आफ्ना मान्छेलाई ‘हुक’ लगाएर तान्ने र अर्को पार्टी वा व्यक्ति निकटलाई पाखा लगाउने चलन कुरुप रीति जस्तै प्रहरी संगठनमा बनेको छ। 

जसकारण राम्रो काम गरेर बढुवा हुने वा तक्मा थाप्नेभन्दा पनि नेताको चाकडी गरेर अवसर सिर्जना गर्नेतर्फ प्रहरी अधिकारीहरु लाग्दा राम्रो नतिजा निस्कन सकेको छैन। राजनीतिक हस्तक्षेपले थिलथिलो बनेको प्रहरी संगठनलाई गतिशील बनाई सही ट्र्याकमा हिँडाउने चुनौती अहिले लामिछानेमाथि आएको छ। 

प्रहरीकाे मनोबल उकास्ने
कतिपय घटनाहरु अनुसन्धान गर्ने क्रममा ‘गुड फेथ’ मा रहेर काम गर्दा समेत प्रहरी अधिकारीहरु आफैं फस्ने फसाउने घटनाहरु पनि हुने गरेका छन्। ‘गुड फेथ’ मा रहेमा कोभर्ट अपरेसन गर्ने प्रहरी अधिकारीहरुलाइ धमाधम बदनाम गर्ने र जेलसम्म जाने वातावरण बन्ने स्थिति प्रहरी संगठनमा आएको थियो। 

निर्मला पन्त बलात्कार र हत्याको अनुसन्धान गुड फेथमा रहेर काम गर्दा पनि प्रहरी अधिकारीमाथि नै मुद्दा चल्ने र निलम्बन हुने अवस्था आएको थियो। साढे ३३ किलो सुन काण्डको अपरेसनमा खटिएका प्रहरी अधिकारी जेल समेत जानुपर्ने अवस्था आएको छ।

जोखिम मोलेर काम गर्ने प्रहरी अधिकारीहरु नै पीडित हुनुपर्ने अवस्था आएपछि अहिले प्रहरी संगठनमा कोभर्ट अपरेसनमा काम गर्ने प्रहरी अधिकारीको खडेरी जस्तै लाग्ने गरेको छ। 

जसकारण प्रहरी अधिकारीहरूको खस्किएको मनोभावलाई उच्च राख्दै काम गराउनु पर्ने चुनौती लामिछानेमाथि आइलागेको छ।  

प्रकाशित मिति: सोमबार, पुस ११, २०७९  १८:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बालेन बुधबार बिहानै रानामगरको घरमा पुगेर भेटघाट गर्दै चुनावी अभियानमा ऐक्यबद्धता व्यक्त गरेका हुन्। बुधबार, माघ ७, २०८२
कमल गाउँपालिकाका कांग्रेस सचिव बुढाथोकी रास्वपा प्रवेश बुढाथोकीले सामाजिक सञ्जाल फेसबुकमा काँग्रेस कमल गाउँपालिकाको सचिव र साधारण सदस्यसमेतबाट राजीनामा गरेको जनाएका हुन् । बुधबार, माघ ७, २०८२
सार्वजनिक सम्पत्ति जलाउनेहरू अपराधी हुन्, कारबाही हुनैपर्छ : ओली गृह जिल्ला झापामा 'जेन–जी' आन्दोलनका क्रममा क्षति पुगेका संरचनाहरूको अवलोकन गर्दै ओलीले यस्तो धारणा राखेका हुन्। बुधबार, माघ ७, २०८२
ताजा समाचारसबै
भ्रष्टाचार मुद्दामा पूर्व अतिरिक्त सचिव मिश्रासँग पाँच लाख धरौटी माग बुधबार, माघ ७, २०८२
९.४३ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो बुधबार, माघ ७, २०८२
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने बुधबार, माघ ७, २०८२
प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोगद्वारा टोल–फ्री सेवा सञ्चालन बुधबार, माघ ७, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्