काठमाडौं- आगामी शुक्रबार रिलिज हुने 'दुई रूपैयाँ' फिल्मलाई रिलिजको साताअघि भिडियो शेयरिङ साइट युट्यूबमा गतिलो सफलता हात परेको छ।
रिलिजको तीन महिनामै 'कुटुमा कुटु' गीतलाई दुई करोड पटक हेरिएपछि यस्तो भएको हो। गीतले यसअघि डेढ महिनामै सबैभन्दा छिटो करोड पटक हेरिएको नेपाली गीतको कीर्तिमान राखेको यो गीत दुई करोडको दौडमा पनि कीर्तिमानी दरियो।
दुई करोडको रेकर्ड बनाउने यो तेस्रो गीत हो। यसअघि 'सुर्के थैली' र 'ठमेल बजार'ले यो रेकर्ड बनाउन सफल भएका थिए।
गीतमा राजनराज सिवाकोटीको शब्द–संगीत रहेको छ भने गायनमा मेलिना राई र राजन इशानले सिवाकोटीलाई नै साथ दिएका छन्। गीतमा स्वस्तिमा खड्का, निश्चल बस्नेत, बुद्धि तामाङ र आसिफ शाह नाचेका छन्। गीतका कोरियोग्राफर कविराज गहतराज हुन्।
असिम शाह निर्देशित ‘दुई रुपैयाँ’मा आसिफ सहित निश्चल, बुद्धि तामाङ, रविन्द्र झा, राजन इशान आदिको अभिनय छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।