काठमाडौं- काठमाडौं महानगरपालिकाले घरबाट निस्कने कुहिने फोहोरबाट मल बनाउनका लागि आवश्यक पर्ने कम्पोष्ट बिन सहुलियतमा वितरण गर्ने भएको छ।
शुक्रबार महानगरको वातावरण तथा कृषि शाखाले एक सूचना जारी गर्दै फोहोरलाई स्रोतमै वर्गीकरण गरेर मल बनाउनका लागि बिन सहुलियतमा उपलब्ध गराउन लागेको जानकारी दिएको हो।
महानगरका अनुसार महानगरवासीलाई कम्पोष्ट बिन १ हजार ५ सय रुपैयाँमा उपलब्ध गराइनेछ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।