काठमाडौं– एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) ले बंगलादेशलाई सामाजिक विकासमा समावेशिता र उत्तरदायित्व सुधार गर्न २५ करोड अमेरिकी डलर उपलब्ध गराउने भएको छ।
सामाजिक उत्थानशीलता सुदृढीकरण कार्यक्रमअन्तर्गत बजेट सहयोगका रुपमा ऋण उपलब्ध गराउने सम्झौतामा बुधबार बंगलादेश र एआइआइबीबीच हस्ताक्षर भएको छ।
बंगलादेशको आर्थिक सम्बन्ध डिभिजन (ईआरडी) का सचिव शरीफा खान र एआईआईबीको लगानी परिचालन विभागका उपाध्यक्ष उर्जित आर पटेलले सम्झौतामा हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार तीन वर्षको सहुलियत अवधिसहित साढे २६ वर्षमा बंगलादेशले ऋण चुक्ता गरिसक्नुपर्नेछ। बंगलादेशले यसअघि पनि अघिल्ला तीन आर्थिक वर्षमा कोभिड–१९ महामारीविरुद्ध लड्न, कोभिडपछिको अर्थतन्त्रलाई सुदृढ बनाउन बजेटरी सहयोगका रूपमा ८० करोड अमेरिकी डलर प्राप्त गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।