काठमाडौं- निर्वाचन आयोगले मंसिर ४ को निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीबाट दलहरुले प्राप्त गरेको अन्तिम सिट संख्या सार्वजनिक गरेको छ। समानुपातिक तर्फको मतगणना सकिएसँगै आयोगले प्रतिनिधि सभा र प्रदेश सभामा दलहरुले प्राप्त गरेको सांसद संख्याबारे जानकारी गराएको हो।
संघ र प्रदेश सभा दुवैमा नेकपा एमाले ठूलो दल बनेको छ। एमालेले संघमा ३४ सांसद र प्रदेशमा ७० सांसद पाएको छ। कांग्रेसले, संघमा ३२ र प्रदेशमा ६४ सिट पाएको छ।
त्यस्तै, नेकपा माओवादी केन्द्रले संघमा १४ र प्रदेशमा ४३ सांसद पाएको छ। त्यस्तै, प्रदेश सभामा उम्मेदवारी नदिएको राष्ट्रिय स्वतन्त्र पार्टीले संघमा १३ सांसद पाएको छ।
राप्रपाले ७ र प्रदेशमा २४ सांसद पाएको छ। दलहरुले प्राप्त गरेको सांसद संख्या यसप्रकार छः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।