काठमाडौं– चिसो बढेसँगै तराईमा हुस्सु र कुहिरो लाग्न थालेको छ। बिहानैदेखि हुस्सु र कुहिरोले चिसो बढाएकाले चिसोबाट बच्न जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
देशका अधिकांश भूभागमा तापक्रम क्रमश घट्दै गइरहेको विभागले जनाएको छ। हाल देशको पहाडि भूभागका थोरै स्थानहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम समान्यतया सफा रहने देखिएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार दिउँसो गण्डकी र प्रदेश १ का साथै लुम्बिनी प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा मौसम सफा रहने भएको छ।
यस्तै बुधबार राति वागमती र गण्डकी प्रदेशका केही ठाउँमा आंशिक बदली हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।