काठमाडौं– पछिल्लो समय वाणिज्य बैंकमा निक्षेप संकलन बढ्न थालेको छ।
एक सातामा वाणिज्य बैंकहरुको निक्षेप ११ अर्बले वृद्धि भएको छ। मंसिर ९ मा ४५ खर्ब ६२ अर्ब रहेको निक्षेप १६ मंसिरमा ४५ खर्ब ७३ अर्ब पुगेको नेपाल बैंकर्स संघ जानकारी दिएको छ।
कात्तिक मसान्तको तुलनामा २ मंसिरमा ५ अर्बले घटेको निक्षेप पछिल्लो दुई सातामा भने १५ अर्बले वृद्धि भएको छ। कात्तिक मसान्तमा ४५ अर्ब ६३ अर्ब रहेको निक्षेप २ मंसिरमा ५ अर्बले घटेर ४५ खर्ब ५८ अर्बमा झरेकोमा ९ मंसिरमा बढेर ४५ खर्ब ६२ अर्ब पुगेको थियो। यस्तै १६ मंसिरमा थप वृद्धि भएको हो।
निक्षेप बढ्दै जाँदा कर्जा लगानी भने स्थिर जस्तै देखिएको छ। कात्तिक मसान्तमा ४२ खर्ब २२ अर्ब रहेको वाणिज्य बैंकहरुको कूल कर्जा २ मंसिरमा ४२ खर्ब १९ अर्बमा झरेको थियो। ९ मंसिरमा पुन: ४२ खर्ब २२ अर्ब नै पुग्दा १६ मंसिरमा ४२ अर्ब २३ अर्ब पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।