पाल्पा– पाल्पामा बिहेभोज खाएपछि बिरामी हुनेको संख्या १५० पुगेको छ। यही मंसिर १७ गते छिमेकीको बिहेभोज खाएपछि उनीहरू बिरामी परेका हुन्।
बगनासकाली गाउँपालिकाका–१, चिर्तुङधाराको घोरबन्दा क्षेत्रका झण्डै सय बढी घरपरिवारका १ सय ५० जना तीन दिनयता बिरामी परेका छन्।
बगनासकाली स्वास्थ्य शाखाका प्रमुख मणिराज अधिकारीका अनुसार बिरामीहरुलाई प्राथमिक उपचार, स्लाइन पानी चढाउने, जीवन जलका साथै आवश्यक औषधि वितरण गरिएको छ।
तर, गाउँमा वितरण गरेको औषधिले काम नगरेपछि कतिपय बिरामी तानसेनका निजी मेडिकल र मिसन अस्पताल, लुम्बिनी मेडिकल कलेजमा उपचारका लागि गएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।