नयाँदिल्ली– दिल्ली नगर निगमको चुनावको एक्जिट पोल आएको छ। पोलका अनुसार १५ वर्षपछि भारतीय जनता पार्टी (भाजपा)बाट नगरको सत्ता खोसिँदैछ।
दिल्ली सरकारको नेतृत्व गरिरहेको आम आदमी पार्टी (आप)ले नै नगर समेत जित्ने अनुमान गरिएको छ। इंडिया टुडे-एक्सिस माय इंडिया र टाइम्स नाउ-ईटीजीको एग्जिट पोलका अनुसार निगममा आपको सरकार बन्ने देखिन्छ।
जम्मा २ सय ५० सिट रहेको निगममा १ सय ४९ देखि १७१ सम्म आपले जित्दैछ। भाजपाले ६९ देखि ९१ सम्म जित्ने प्रक्षेपण छ भने भातरीय कांग्रेस ३ देखि ७ सिटमा सीमित हुने प्रक्षेपण छ।
निगमको चुनावमा १ हजार ३४९ उम्मेदवार प्रतिस्पर्धामा छन्। त्यसमा ७०९ जना महिला छन्। भाजपा र आपले सवै २५० सिटमै उमेमदवार उठाएका थिए भने कांग्रेसले २४७ सिटमा उम्मेदवारी दिएको छ।
गुजरातमा भाजपा, हिमाञ्चलमा कांग्रेस
यसैगरी भारतमा हालसालै भएका दुई प्रान्तीय निर्वाचनको पनि एक्जिट पोल आएका छन्। गुजरातमा सातौंपटक भाजपाले सरकार बनाउने अनुमान गरिएको छ। यसैगरी हिमाञ्चलमा कांग्रेसको सरकारले निरन्तरता पाउने देखिएको छ। यी दुवै प्रान्तमा आपले पनि इन्ट्री मार्ने पूर्वानुमान गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।