काठमाडौं– पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा गुप्तचर सूचनामा आधारित सैन्य कारबाहीमा पाँच जना आतंककारी मारिएका छन्।
पाकिस्तानी सेनाको सञ्चार इकाइका अनुसार खैबर पख्तुनख्वा प्रान्तको उत्तरी वजिरिस्तानस्थित झल्लार जिल्लाको अल्गाद क्षेत्रमा गरिएको कारबाहीमा एक जना सैनिक जवानको पनि मृत्यु भएको छ। कारबाहीका क्रममा सुरक्षा बल र आतंककारीबीच भीषण गोली हानाहान भएको थियो।
मारिएका आतंककारीबाट हतियार र गोलाबारुद बरामद गरिएको छ। उनीहरूले सुरक्षा बलविरुद्ध आतंककारी गतिविधि गरेका तथा निर्दोष नागरिकलाई आक्रमणको निशाना बनाउँदै आएका थिए। उक्त क्षेत्रमा सैन्य कारबाही जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।