काठमाडौं– आप्रवासीका लागि अन्तर्राष्ट्रिय संगठन (आईओएम) ले सोमबार लिबियाको तटबाट ६३३ आप्रवासीहरूलाई उद्धार गरी उत्तर अफ्रिकी देशमा फिर्ता पठाइएको जनाएको छ।
यहि २०२२ नोभेम्बर २७ देखि डिसेम्बर ३ को अवधिमा ६३३ आप्रवासीहरूलाई रोकेर लिबिया फर्काइएको आईओएमले एक विज्ञप्तिमार्फत् जनाएको हो।
सन् २०२२ को सुरुबाट हालसम्म एक हजार ८९ महिला र छ सय ७८ बालबालिकासहित कुल २१ हजार चार सय ५७ आप्रवासीलाई उद्धार गरी लिबिया फर्काइएको आईओएमले जनाएको छ।
यसवर्ष अहिलेसम्म कूल पाँच सय १७ गैरकानूनी आप्रवासीको मृत्यु भएको छ भने आठ सय ३० जना मध्य भूमध्यसागरीय मार्गमा लिबियाको तटबाट बेपत्ता भएका आईओएमले थप जानकारी दिएको छ।
सन् २०२१ मा कूल ३२ हजार चार सय २५ गैरकानुनी आप्रवासीहरूलाई उद्धार गरी लिबिया फर्काइएको थियो। सन् २०११ मा दिवंगत नेता मुअम्मर गद्दाफीको पतनपछि लिबियाले असुरक्षा र अराजकताको सामना गरिरहेको छ।
यस उत्तर अफ्रिकी देशलाई भूमध्यसागर पारगरी युरोपेली किनारमा जान चाहने अनियमित आप्रवासीहरूको लागि प्रस्थानको एक केन्द्रबिन्दु बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।