काठमाडौं– लगातार बढेर प्रतितोला १ लाख रुपैयाँ नजिक पुगेको सुनको मूल्य आज (मंगलबार) भने घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको छ।
मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ३०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ८०० रुपैयाँ कायम भएको छ।
यसअघि सोमबार सुनको मूल्य तोलामा ४०० रुपैयाँ बढेको थियो। सोमबार छापावाल सुन प्रतितोला ९९ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९९ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो।
मंगलबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ। चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ घटेर प्रतितोला १ हजार ३५० रुपैयाँ कायम भएको छ। यसअघि सोमबार चाँदीको मूल्य बढेर प्रतितोला १ हजार ३८५ रुपैयाँ पुगेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।