काठमाडौं– दक्षिण अमेरिकी देश कोलम्बियामा सोमबार ठूलो दुर्घटना भएको छ। यहाँको रिसाराल्डा प्रान्तमा एक बस पहिरोमा पुरिँदा ३४ जनाको मृत्यु भएको छ।
नेशनल यूनिट फर डिजास्टर रिस्क म्यानेजमेन्टका अनुसार मृतकमध्ये ८ जना बालबालिका रहेका छन्। पहिरोमा कयौं मानिस पुरिएका छन्। उद्धार कार्य जारी राखिएको छ।
एक अधिकारीका अनुसार भारी वर्षापछि रिसाराल्डा प्रान्तमा भू–स्खलन भएको छ। बसका साथै अन्य गाडी पनि पहिरोमा पुरिएका छन्। बस क्याली सहरबाट चोको प्रान्तको कोन्डोटफ सहरतर्फ जाँदै थियो। प्यूब्लो रिको र सान्ता सेसिलयाबीचको सडकखण्डमा उक्त दुर्घटना भएको हो।
दुर्घटनास्थलमा रहेका एक प्रत्यक्षदर्शीले पहिला एक कारण पहिरोको चपेटमा आएको र त्यसपछि बाटो बन्द भएको बताएका छन्।
प्रत्यक्षदर्शीले भने, ‘बाटो बन्द भएपछि पछाडिबाट आउँदै गरेका गाडी रोकिए। अचानक माथिबाट पहिरो खस्ता एक बस, जीप र मोटरसाइकल एकैसाथ पहिरोमा पुरिए। अचानक पहिरो खसेका कारण बसमा सवार यात्रु कोही पनि भाग्न पाएनन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।