काठमाडौं– निरन्तर रुपमा उतारचढाव भइरहेको सेयर बजारमा साताको दोस्रो कारोबारका दिन (सोमबार) पनि उच्च अंकले गिरावट आएको छ।
सोमबार सेयर बजार परिसूचक (नेप्से) २४.४६ अंक घटेर १९३८.७६ बिन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स ५.१९ अंक, फ्लोट इन्डेक्स १.३८ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.६९ अंकले घटेको छ।
सोमबार कारोवारमा आएका २४० कम्पनीको ४१ लाख २७ हजार कित्ता सेयर १ अर्ब ६७ करोड ४ लाख रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ। आइतबार भने सेयर बजारमा १ अर्ब ५६ करोड रुपैयाँको कारोबार भएको थियो।
सोमबार नेप्सेका १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २.३७ प्रतिशत घटेको छ। त्यस्तै, वित्त उपसमूहको परिसूचक २.२८ प्रतिशत घटेको छ भने विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
सोमबार सयपत्री हाइड्रोपावरको सेयरमूल्य ३.१२ प्रतिशत बढेको छ। त्यस्तै, अजोड इन्स्योरेन्सको सेयरमूल्य ७.३७ प्रतिशत घटेको छ। ओरियन्टल होटल र युनाइटेड इन्स्योरेन्सको मूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ।
सोमबार रिडी पावरको ३० करोड ८३ लाख ५७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।