काठमाडौं– एकमात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको दोलखामा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका गंगा कार्कीले फराकिलो मतान्तरको अग्रता बनाएका छन्।
बिहानसम्म झिनो मतले अघि र पछि रहेको अवस्थामा अहिले भने कार्कीले ११ सय भन्दा बढी मतान्तरले अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अनुसार कार्कीले ३५ हजार ७९० मत पाएका छन्।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बालकृष्ण शिवाकोटीले ३४ हजार ५९५ मत प्राप्त गरेका छन्। हालसम्म ८१ हजार ८८ मत गणना भएको निर्वाचन आयोगको कार्यालयले जनाएको छ।
शिवाकोटी भन्दा कार्की ११९५ मतान्तरले अघि छन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगदीश खरेलले ३६३१ मत पाएका छन्। राप्रपाका विजय खड्काले १५०६ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।