काठमाडौं– निकै तीव्र प्रतिस्पर्धा भइरहेको दोलखामा प्रतिनिधि सफा तर्फको मतगणना रोचक बन्दै गएको छ।
सत्ता गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका गंगा कार्की र एमालेका बालकृष्ण शिवाकोटीबीच तीव्र प्रतिस्पर्धा छ। उनीहरुबीच छिनछिनमा अघि पछि हुने क्रम चलिरहेको छ।
बिहानसम्म १६३ मतले अग्रता लिएका कार्की अहिले फेरि पछि परेका छन्। पछिल्लो मतगणना अनुसार कार्कीभन्दा शिवाकोटी ३० मतले अघि छन्।
पछिल्लो मतपरिणाम अनुसार एमालेका शिवाकोटीले ३३ हजार ९३९ मत ल्याउँदा कार्कीले ३३ हजार ९०९ मत ल्याएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।