काठमाडौं– एक मात्र मतपरिणाम आउन बाँकी दोलखामा पछिल्लो मतगणना अनुसार सत्तारुढ गठबन्धनबाट प्रतिनिधि सभा तर्फ उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका गंगा कार्कीले अग्रता लिएका छन्।
निर्वाचन आयोगका अनुसार कार्कीले ३३ हजार ३ सय २६ मत ल्याउँदै अग्रता कायम राखेका छन्। यता नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले पनि ३३ हजार १ सय ६३ मत ल्याउँदै कार्कीलाई पछ्याइरहेका छन्।
उनीहरुको मतान्तर १६३ रहेको छ। मध्यरातिसम्म शिवाकोटीको अग्रता रहेको थियो। सुरुवाती अग्रता लिएका कार्की आइतबार बिहानदेखि भने पछि परेका थिए। यी दुई उम्मेदवारबीच तीव्र प्रतिस्पर्धा भइरहेको छ।
अहिलेसम्म देशभरका १६४ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ। जहाँ ५७ सिट जित्दै नेपाली कांग्रेस पहिलो दल बनेको छ भने ४४ सिट जित्दै नेकपा एमाले दोस्रोमा रहेको छ।
यस्तै नेकपा माओवादी केन्द्रले १७, एकीकृत समाजवादीले १०, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले समान७/७ ठाउँमा जितेका छन्।
लोकतान्त्रिक समाजवादीले ४ सिट जित्तदा नागरिक उन्मुक्ति पार्टीले ३ क्षेत्रमा जितेको छ। यस्तै नेपाल मजदुर किसान पार्टी, जनमोर्चा र जनमत पार्टीले एक/एक ठाउँमा जित्दा पाँच जना स्वतन्त्र उम्मेदवारले पनि जितेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।