काठमाडौं– प्रतिनिधि सभा सदस्यका लागि स्याङ्जा–२ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले नै अग्रता कायम राखेका छन्।
हालसम्म ४० हजार ८४८ मतगणना भएकोमा गुरुङले १६ हजार ७३६ मत प्राप्त गरेका छन्।
उनलाई पछ्याइरहेकी नेकपा एमालेकी पद्मा अर्यालले १५ हजार १६४ मत प्राप्त गरेकी छन्। उनीहरूबीच एक हजार ५७२ मतको अन्तर छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका टिकबहादुर गुरुङले ६ हजार २६६ मत पाएका छन्। स्याङ्जा–२ मा ७० हजार १९१ मत खसेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।