काठमाडौं– धनगढीमा स्कर्पियो चलाई रहेका एकजना चालक एक विद्यार्थीलाई ठक्कर दिएपछि फरार भएका छन्। पञ्चोदय माध्यमिक विद्यालय धनगढीमा अध्ययनरत १४ वर्षीय विद्यार्थीलाई उक्त गाडीले ठक्कर दिएको हो।
विद्यालयतर्फ गइरहेका उनलाई एक्कासी गाडीले ठक्कर दिए पछि चालक फरार भएको प्रत्यक्षदर्शीले बताएका छन्।
घाइते बालकको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ। ठक्कर दिने गाडी र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।