काठमाडौं- दोलखामा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले अग्रता कायम राखेका छन्। प्रदेशमा भने नेपाली कांग्रेसका कुन्दनराज काफ्ले अगाडि छन्।
३ हजार ६ सय ६७ मत गणना गर्दा कार्कीले २ हजार ३३९ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले ९३२ मत ल्याएर उनलाई पछ्याइरहेका छन्।
प्रदेश सभातर्फ कमा नेपाली कांग्रेसका उम्मेदवार काफ्लेले १ हजार ६६३ मत पाएका छन्। नेकपा एमालेका उम्मेदवार नरबहादुर श्रेष्ठ १०५४ मत ल्याउँदै उनको पछिपछि छन् ।
प्रदेश सभा खमा भने नेकपा एमालेका उम्मेदवार भरतबहादुर केसी अगाडि छन्। केसीले २ हजार १७६ मत पाएका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार बर्मा लामाले १ हजार ८०१ मत पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।