काठमाडौं– प्रतिनिधि सभा सदस्यका लागि बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले अग्रता कायमै राखेका छन्। यसअघि जम्मा ३५ मतको अग्रता रहेकोमा उनले त्यसलाई बढाएका छन्।
पाण्डेले नेकपा एमालेका उम्मेदवार कर्ण बहादुर थापालाई १०५ मतले उछिनिरहेका छन्।
पछिल्लो अद्यावधिक विवरण अनुसार पाण्डले ८१६ मत पाउँदा थापाले ७११ मतसहित पछ्याइरहेका छन्।
हालसम्म १,५३४ मत गणना भएको छ। जसमा ४० मत बदर भएको छ। राप्रपाका जंगकुमार गिरीले ५ र स्वतन्त्र उम्मेदवार टेकबहादुर बडुवालले २ मत मात्र पाएका छन्।
बाजुरामा विवादका कारण रोकिएको मतगणना बिहीबार अपराह्नदेखि जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।