काठमाडौं– स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता कायमै राखेका छन्।
मतगणना सुरु भएदेखि नै अग्रता लिएका उनले पछिल्लो परिणाममा पनि त्यसलाई कायम राखेका हुन्।
निर्वाचन आयोगले उपलब्ध गराएको पछिल्लो मतपरिणाम अनुसार गुरुङले एमालेकी पद्मा अर्यालभन्दा दुई हजार ४३४ मतले अग्रता लिएका छन्।
जारी मतगणनामा गुरुङले ११ हजार २९९ मत प्राप्त गरेका छन्। एमालेकी अर्यालले भने ८ हजार ८६५ मत प्राप्त गरेकी छन्।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले चार हजार ११८ मत पाएका छन्। विवादका कारण सुरु हुन नसकेको स्याङ्जा–२ को मतगणना निर्वाचन आयोगको निर्देशनपछि बुधबारदेखि सुरु भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।