काठमाडौं– प्रतिनिधि सभा सदस्यका लागि बाजुरामा नेकपा एमालेका उम्मेदवार कर्ण बहादुर थापाले मतान्तर घटाएका छन्।
नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले सुरुआती अग्रता लिइरहेपनि थापाले त्यसलाई दुई अंकमा झारेका छन्।
यसअघि ६५० मत भन्दा उनीहरूबीच १३४ मतको अन्तर थियो। जतिबेला पाण्डेको ३८१ र थापाको २४७ मत थियो।
पछिल्लो अद्यावधिक विवरण अनुसार पाण्डले जम्मा ३५ मतले अग्रता कायम राखेका छन्। उनले ५९२ मत पाउँदा थापाले ५५७ मतसहित पछ्याइरहेका छन्।
विवादका कारण रोकिएको मतगणना बिहीबार अपरान्हदेखि सुरु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।