काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्वसदस्य सचिव किशोरबहादुर सिंहको निधन भएको छ।
उनको बिहीबार दिउँसो थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
७५ वर्षीय सिंहको स्वास्थ्यमा खराबी आएपछि गएराति अस्पताल लगिएको थियो। उनलाई फुड पोइजन भएको बताइएको छ। उनी मुटुका रोगीसमेत थिए।
सिंह ब्याडमिन्टन खेलाडी थिए। पछि उनी ०५९ देखि २०६३ सम्म राखेको सदस्य सचिव भए। सिंहका श्रीमती र एक छोरी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।