काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु पुँजी कर्जा सम्बन्धी नीति संशोधन गर्न राष्ट्र बैंक तयार गरेको बताएका छन्।
बिहीबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले सरोकारवाला निकायका केही असहमति भए चालु पुँजी कर्जा सम्बन्धी नीति संसोधन गर्न राष्ट्र बैंक तयार गरेको बताएका हुन्।
गभर्नर अधिकारीले उद्योगी, व्यवसायी, बैंकर लगायत सरोकारवाला निकायले दिने सुझावमा उक्त नीति संसोधन गर्न तयार रहेको बताए। उनले उद्योगीको माग अनुसार चालु पुँजी कर्जा सम्बन्धी नीति फिर्ता भने हुन नसक्ने संकेत गरे। गभर्नर अधिकारीले बजारलाई अनुशासनमा राख्नका लागि राष्ट्र बैंकले चालु पुँजी कर्जा सम्बन्धी नीति कार्यान्वयनमा ल्याएको बताए।
उनले चालु पुँजी कर्जा नीतिका विषयमा सबै सरोकाबारवालाहरु बहस गर्न तयार रहेको भन्दै सरोकारवालाहरु भने अनुशासनमा बस्नुपर्ने बताए। उनले राष्ट्र बैंकले लामो छलफल गरेर चालु पुँजी कर्जा सम्बन्धी नीति कात्तिक १ गतेबाट कार्यान्वयनमा ल्याएको बताए।
उनले संविधानमा व्यवस्था भएका नीति समेत संशोधन हुन्छ भने सरकारले ल्याएको नीति संसोधन नहुने भन्ने विषय नभएको बताए। अर्थतन्त्र कहाँ गइरहेको छ भन्नेबारे गहन छलफल गर्न जरुरी रहेको बताउँदै उनले रेमिटेन्समा निर्भर अर्थतन्त्रलाई सुधार ल्याउनुपर्ने बताए।
उनले आयात रोक्दा राजश्वमा परेको असरबारे उल्लेख गर्दै यो सँधै रोकेर साध्य पनि नहुने बताए।
‘बीचमा निजी क्षेत्रबाट राष्ट्र बैंकले बजारलाई सुधार गर्न ल्याएका नीतिमा असन्तुष्टि देखिएका छन्। राष्ट्र बैंक सबैसँग अर्थतन्त्रका विषयमा खुला छलफल गर्न तयार छौं’ गर्भनर अधिकारीले भने, ‘चालु पुँजी कर्जा मार्गदर्शन एपडप्लि ल्याएको होइन। २०६९ साल पुस महिनामा छलफलका लागि जारी गरिएको हो। कात्तिक १ गतेदेखि लागू गर्न भदौमा नै जारी भएको हो। सबै सामु छलफल गरी सल्लाह सुझावको आधारमा चालु पुँजी कर्जा लिएर आएका हौं।’
गभर्नर अधिकारीले नेपालको अर्थतन्त्र पछिल्लो समय तुलनात्मक रुपमा सुधार हुँदै सहज अवस्थामा आएको बताए। उनले पछिल्लो तीन महिनामा शोधनान्तर बचतमा गएको बताए। अधिकारीले तथ्यांकबाट अर्थतन्त्र नराम्रो अवस्थाबाट उठ्न खोजिरहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।