काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहसहित मधेसी समुदायलाई लक्षित गरी अपमानजनक शब्द प्रयोग गरिएको भिडियोप्रति मधेसी आयोगले कारबाहीको प्रक्रिया अगाडि बढाइएको जनाएको छ।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको आग्रहनुसार काठमाडौं महानगरपालिकाले थापाथली क्षेत्रको सुकुम्बासी बस्ती खाली गर्न डोजर चलाएपछि आक्रोशित व्यक्तिले मधेसी समुदाय र बालेनप्रति अपमानजनक टिप्पणी गरेका थिए। सोही टिप्पणीको भिडियो अहिले सामाजिक सञ्जालमा भइरल भइरहेको छ।
सामाजिक सञ्जालमा भाइरल भिडियोमा आफूहरुको अपमान हुने शब्दहरु प्रयोग भएको भन्दै मधेसी समुदायका केही व्यक्तिले मधेसी आयोगमा उजुरी दिएका थिए।
अध्यक्ष विजयकुमार दत्तको निर्देशनअनुसार आयोगले उजुरी दर्ता गरी आवश्यक कारबाही गर्न गृह मन्त्रालयल र नेपाल प्रहरीलाई पत्राचार गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।