काठमाडौं– बाजुरामा प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको मतगणना बिहीबार दिउँसोदेखि सुरु हुने भएको छ। बिहीबार बसेको सर्वदलीय बैठकले दिउँसो ३:३० बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको हो।
सर्वदलीय बैठकपछि मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले एक सूचना प्रकाशित गर्दै मतगणना गर्दा उम्मेदवार वा दलको प्रतिनिधि राख्न चाहेमा मतगणना स्थानमा आफ्नो प्रतिनिधि पठाउन समेत अनुरोध गरेको छ।
मतगणना सुरु हुनुभन्दा १ घण्टा पहिले नै उम्मेदवार वा दलको प्रतिनिधिलाई मतगणनास्थलमा आइपुग्न सूचित गरिएको छ।
मंसिर ४ गतेको निर्वाचन क्रममा त्रिवेणी नगरपालिकाको नाटेश्वरी बुथ केन्द्रमा २ जना युवाको ज्यान गएपछि बाजुरामा मत गणना हुन सकिरहेको थिएन। निर्वाचन आयोगले स्थलगत अनुगमनपछि बुधबार बाजुरा र स्याङ्जा क्षेत्र नम्बर २ मा मतगणना गर्न निर्देशन दिएको थियो।
बाजुरामा बुधबारै मतगणना गरिने भनिए पनि नेकपा एमाले सर्वदलीय बैठकमा उपस्थित नहुँदा बिहिबार सर्वदलीय बैठक बसेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।