• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

निर्वाचनमा क्षेत्र परिवर्तन : कति सफल कति असफल? 

64x64
नेपाल लाइभ आइतबार, मंसिर ११, २०७९  १७:००
1140x725

काठमाडौं– मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश निर्वाचनमा कयौं उम्मेदवार ले आफ्नो निर्वाचन क्षेत्र परिवर्तन गरेर निर्वाचनमा होमिए।

क्षेत्र परिवर्तन गरेर निर्वाचनमा जाँदा केही प्रभावशाली भनिएका दलका उम्मेदवारले आफ्नो साख जोगाउन सकेनन् भने केही उम्मेदवारले सहजै जित हासिल गरे। जसमध्ये केही उम्मेदवाको चर्चा गरौँ। 

पुष्पकमल दाहाल ‘प्रचण्ड’ 
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफूलाई सुरक्षित गर्नका लागि हरेक निर्वाचनमा क्षेत्र परिवर्तन गर्ने उम्मेदवारमा पर्छन्।

पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्ड पहिलो संविधानसभा निर्वाचन २०६४ मा रोल्पा र काठमाडौं–१० बाट निर्वाचित भएका थिए। 

दोस्रो संविधानसभा २०७० मा सिरहा–५बाट निर्वाचित भएका थिए भने प्रतिनिधिसभा निर्वाचन ०७४ मा चितवन–३ बाट निर्वाचित भएका थिए। यस पटक पनि चितवन–३ बाट नै निर्वाचन लड्ने तयारी गरेका अध्यक्ष प्रचण्ड अन्ततः आफ्नो पक्षमा माहोल नदेखेपछि गोरखा–२ बाट उम्मेदवार बने।

नेपाल जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र गोरखाका नारायणकाजी श्रेष्ठलाई साथमै राखेर चुनावमा होमिएका अध्यक्ष प्रचण्डले भारी मतान्तरसहित विजयी हासिल गरे। 

अध्यक्ष प्रचण्डले २६ हजार १ सय ३ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कविन्द्र बुर्लाकोटीले १२ हजार ६ सय ३७ मत ल्याएर पराजित भए।

माधव कुमार नेपाल 
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल पनि क्षेत्र परिवर्तन गर्ने नेता मध्येका एक हुन्।

Ncell 2
Ncell 2
nimb
nimb

उनी ०४८ देखि ०५६ सम्म राष्ट्रिय सभा सदस्य बनेका थिए। प्रतिनिधिसभा सदस्य ०५६ (रौतहट) १ र ४) बाट उनी निर्वाचित भएका थिए। संविधानसभा सदस्य ०६५ (मनोनित) भएका नेपाल संविधानसभा सदस्य निर्वाचन ०७० मा काठमाडौं– २ र रौतहटबाट विजयी  भएका थिए। प्रतिनिधिसभा सदस्य, ०७४ (काठमाडौँ २) बाट निर्वाचित भएका थिए। 

यस पटक उनी रौतहट–१ बाट ३३ हजार ५ सय २२ मतसहित विजयी भए। उनका प्रतिद्वन्द्वी एमालेका अजय कुमार गुप्ताले २६ हजार ९ सय २२ मतसहित पराजित भए। 

वीर बहादुर बलायर 
नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति वीर बहादुर बलायरको गृह जिल्ला डोटी हो।

डोटीबाट निर्वाचन लड्ने उद्घोष गरेका बलायर कैलाली–४बाट निर्वाचनमा होमिए। सत्ता गठबन्धनका कारण डोटीमा नेकपा एकीकृत समाजवादी पार्टीका प्रेम आलेलाई छोड्न परेपछि बलायर कैलाली–४बाट निर्वाचनमा होमिएका थिए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनले कैलाली–४ मा नेकपा माओवादी परित्याग गर्दै एमाले रोजेका एमाले सचिव एवम् एमाले सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टलाई पराजित गर्दै निर्वाचित भएका छन्।

०७० को संविधानसभामा कांग्रेसका तर्फबाट डोटीबाट विजयी भएका बलायर ०७४को संघीय निर्वाचनमा कांग्रेस उम्मेदवार भएर पराजित भएका थिए। पूर्वमन्त्री समेत रहेका बलायर लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार भएपछि यस पटक उनलाई जित सहज भएको हो। ्बलायरले २६ हजार १ सय ७१ मत प्राप्त गरेर विजयी हुँदा उनका प्रतिद्वन्द्वी भट्टले २२ हजार ५ सय ८७ मत प्राप्त गरेर पराजित भए। 

कृष्ण कुमार श्रेष्ठ 
नेकपा समाजवादी पार्टीका नेता कृष्ण कुमार श्रेष्ठको स्थायी ठेगाना तनहुँ हो। उनी ०७४ सालको निर्वाचनमा तनुहँ–१बाट निर्वाचित भएका थिए। कांग्रेसका नेता रामचन्द्रलाई पराजित गरेका श्रेष्ठ यतिबेला नेकपा एकीकृत समाजवादी पार्टीका तर्फबाट बारा–४ बाट उम्मेदवार बने।

तनहुँमा रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने गठबन्धनको निर्णय अनुसार उनी क्षेत्र परिवर्तन गरेर बारा–४मा जानु परेको थियो। 

बारा–४ बाट उनले एमालेका एकवाल मियाँलाई पराजित गरेका छन्। श्रेष्ठले २० हजार २ सय ९७ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी एमालेका मियाँले १३ हजार ८ सय ६३ मत सहित पराजित भए। 

प्रदीप पौडेल
नेपाली कांग्रेसका नेता प्रदीप पौडेल यसपटक क्षेत्र परिवर्तन गरेर काठमाडौं–५ बाट उम्मेदवार बने। ०७४ को प्रदेश सभा निर्वाचनमा उनी तनहुँ–२ (१) बाट प्रतिस्पर्धामा उत्रिएका थिए। माओवादी केन्द्रका उम्मेदवारसँग पराजित भएका  पौडेल लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट काठमाडौं–५ मा उम्मेदवार बनेका उनी एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरलेलाई पराजित गर्दै जित हासिल गरे। 

प्रदीपले १५ हजार २ सय ३७ मतसहित विजय हासिल गर्दा उनका प्रतिद्वन्द्वी ईश्वरले १० हजार १ सय ७५ मतसहित हार व्यहोरे। 

घनश्याम भुषाल
घनश्याम भुषाल नेकपा एमालेबाट टिकट नपाएपछि विद्रोही बनेर रुपन्देही–१बाट उम्मेदवार बने। ०५३ सालको उपनिर्वाचनमा क्षेत्र नम्बर २ रुपन्देहीबाट निर्वाचित भएका भुषाल  संघीय संसद्को प्रतिनिधिसभा निर्वाचन ०७४ सालमा क्षेत्र नम्बर ३ रुपन्देहीबाट निर्वाचित  भएका थिए। 

एमाले अध्यक्ष ओलीले टिकट नदिएपछि उनी क्षेत्र परिवर्तन गरेर रुपेन्देही–१ बाट उम्मेदवार बनेका थिए। उनले निर्वाचनमा भने सफलता हासिल गर्न सकेका छैनन्। उनी एमालेका छबिलाल विश्वकर्मासँग पराजित भए। 

विश्वकर्माले १६ हजार ७ सय ७३ मतसहित विजयी हुँदा भुषाल १३ हजार ४ सय ४८ मतसहित पराजित भए। 

अनिल कुमार झा
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेदवार अनिल कुमार झाको धनुषा निर्वाचन क्षेत्र २ भए पनि उनी धनुषा–३बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बने। उनी यस पटक एमालेकी उम्मेदवार जुली कुमारी महतोसँग पराजित बनेका छन्। 

क्षेत्र परिवर्तनकै कारण झा पराजित भएको अनुमान गरिएको छ। एमालेकी महतोले ३३ हजार ३ सय ८८ मत प्राप्त गर्दा झाले २३ हजार ६ सय ८६ मा चित्त बुझाउन बाध्य बनेका छन्। 

लक्ष्मणलाल कर्ण
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता लक्ष्मणलाल कर्णले क्षेत्र परिवर्तन गरेसँगै नराम्रोसँग पराजित भएका छन्। उनी यस पटक पर्सा–१ बाट उम्मेदवार बनेका थिए। 

संघीय संसद् प्रतिनिधिसभा निर्वाचनमा ०७४ सालमा पर्सा–४बाट निर्वाचित  भएका कर्ण संविधानसभा सदस्य निर्वाचन ०६४ र ०७० मा लगातार समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित  भएका थिए। 

यस पटक उनी पर्सा–१बाट पराजित भएका हुन। उनी जसपाका प्रदीप यादवसँग पराजित भएका हुन। प्रदीप यादव पहिलो भएर विजेता हुँदा,अजयकुमार सुवेदी दोस्रो,किरणमान ढंगोल तेस्रो र कर्ण चौथो नम्बरमा देखिएका हुन्।

ओनसरी घर्ती 
काठमाडौं–२बाट लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी ओनसरी घर्तीले आफ्नो निर्वाचन क्षेत्र परित्याग गर्दै काठमाडौं रोजेकी थिइन्। क्षेत्र परिवर्तन गरेसँगै घर्ती काठमाडौं–२ बाट पराजित बनिन्।

संविधानसभा सदस्य निर्वाचन ०६४ मा समानुपातिक सदस्य बनेकी घर्ती दोस्रो संविधानसभा ०७० मा रोल्पा २ बाट प्रत्यक्ष निर्वाचित भइन्। प्रतिनिधिसभा सदस्य ०७४ मा पनि निर्वाचित बनेकी घर्ती यसपटक काठमाडौं–२ बाट पराजित बन्न पुगिन्। 

काठमाडौं–२बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोबिता गौतम निर्वाचित भइन्। 

प्रकाशित मिति: आइतबार, मंसिर ११, २०७९  १७:००
  • #प्रतिनिधि सभा निर्वाचन २०७९
  • #क्षेत्र परिवर्तन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न
सङ्गठित अपराधका मुद्दामा मिलापत्र!
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्