• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, मंसिर २७, २०८२ Sat, Dec 13, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

निर्वाचनमा क्षेत्र परिवर्तन : कति सफल कति असफल? 

64x64
नेपाल लाइभ आइतबार, मंसिर ११, २०७९  १७:००
1140x725

काठमाडौं– मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश निर्वाचनमा कयौं उम्मेदवार ले आफ्नो निर्वाचन क्षेत्र परिवर्तन गरेर निर्वाचनमा होमिए।

क्षेत्र परिवर्तन गरेर निर्वाचनमा जाँदा केही प्रभावशाली भनिएका दलका उम्मेदवारले आफ्नो साख जोगाउन सकेनन् भने केही उम्मेदवारले सहजै जित हासिल गरे। जसमध्ये केही उम्मेदवाको चर्चा गरौँ। 

पुष्पकमल दाहाल ‘प्रचण्ड’ 
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफूलाई सुरक्षित गर्नका लागि हरेक निर्वाचनमा क्षेत्र परिवर्तन गर्ने उम्मेदवारमा पर्छन्।

पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्ड पहिलो संविधानसभा निर्वाचन २०६४ मा रोल्पा र काठमाडौं–१० बाट निर्वाचित भएका थिए। 

दोस्रो संविधानसभा २०७० मा सिरहा–५बाट निर्वाचित भएका थिए भने प्रतिनिधिसभा निर्वाचन ०७४ मा चितवन–३ बाट निर्वाचित भएका थिए। यस पटक पनि चितवन–३ बाट नै निर्वाचन लड्ने तयारी गरेका अध्यक्ष प्रचण्ड अन्ततः आफ्नो पक्षमा माहोल नदेखेपछि गोरखा–२ बाट उम्मेदवार बने।

नेपाल जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र गोरखाका नारायणकाजी श्रेष्ठलाई साथमै राखेर चुनावमा होमिएका अध्यक्ष प्रचण्डले भारी मतान्तरसहित विजयी हासिल गरे। 

अध्यक्ष प्रचण्डले २६ हजार १ सय ३ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कविन्द्र बुर्लाकोटीले १२ हजार ६ सय ३७ मत ल्याएर पराजित भए।

माधव कुमार नेपाल 
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल पनि क्षेत्र परिवर्तन गर्ने नेता मध्येका एक हुन्।

Ncell 2
Ncell 2

उनी ०४८ देखि ०५६ सम्म राष्ट्रिय सभा सदस्य बनेका थिए। प्रतिनिधिसभा सदस्य ०५६ (रौतहट) १ र ४) बाट उनी निर्वाचित भएका थिए। संविधानसभा सदस्य ०६५ (मनोनित) भएका नेपाल संविधानसभा सदस्य निर्वाचन ०७० मा काठमाडौं– २ र रौतहटबाट विजयी  भएका थिए। प्रतिनिधिसभा सदस्य, ०७४ (काठमाडौँ २) बाट निर्वाचित भएका थिए। 

यस पटक उनी रौतहट–१ बाट ३३ हजार ५ सय २२ मतसहित विजयी भए। उनका प्रतिद्वन्द्वी एमालेका अजय कुमार गुप्ताले २६ हजार ९ सय २२ मतसहित पराजित भए। 

वीर बहादुर बलायर 
नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति वीर बहादुर बलायरको गृह जिल्ला डोटी हो।

डोटीबाट निर्वाचन लड्ने उद्घोष गरेका बलायर कैलाली–४बाट निर्वाचनमा होमिए। सत्ता गठबन्धनका कारण डोटीमा नेकपा एकीकृत समाजवादी पार्टीका प्रेम आलेलाई छोड्न परेपछि बलायर कैलाली–४बाट निर्वाचनमा होमिएका थिए। 

उनले कैलाली–४ मा नेकपा माओवादी परित्याग गर्दै एमाले रोजेका एमाले सचिव एवम् एमाले सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टलाई पराजित गर्दै निर्वाचित भएका छन्।

०७० को संविधानसभामा कांग्रेसका तर्फबाट डोटीबाट विजयी भएका बलायर ०७४को संघीय निर्वाचनमा कांग्रेस उम्मेदवार भएर पराजित भएका थिए। पूर्वमन्त्री समेत रहेका बलायर लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार भएपछि यस पटक उनलाई जित सहज भएको हो। ्बलायरले २६ हजार १ सय ७१ मत प्राप्त गरेर विजयी हुँदा उनका प्रतिद्वन्द्वी भट्टले २२ हजार ५ सय ८७ मत प्राप्त गरेर पराजित भए। 

कृष्ण कुमार श्रेष्ठ 
नेकपा समाजवादी पार्टीका नेता कृष्ण कुमार श्रेष्ठको स्थायी ठेगाना तनहुँ हो। उनी ०७४ सालको निर्वाचनमा तनुहँ–१बाट निर्वाचित भएका थिए। कांग्रेसका नेता रामचन्द्रलाई पराजित गरेका श्रेष्ठ यतिबेला नेकपा एकीकृत समाजवादी पार्टीका तर्फबाट बारा–४ बाट उम्मेदवार बने।

तनहुँमा रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने गठबन्धनको निर्णय अनुसार उनी क्षेत्र परिवर्तन गरेर बारा–४मा जानु परेको थियो। 

बारा–४ बाट उनले एमालेका एकवाल मियाँलाई पराजित गरेका छन्। श्रेष्ठले २० हजार २ सय ९७ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी एमालेका मियाँले १३ हजार ८ सय ६३ मत सहित पराजित भए। 

प्रदीप पौडेल
नेपाली कांग्रेसका नेता प्रदीप पौडेल यसपटक क्षेत्र परिवर्तन गरेर काठमाडौं–५ बाट उम्मेदवार बने। ०७४ को प्रदेश सभा निर्वाचनमा उनी तनहुँ–२ (१) बाट प्रतिस्पर्धामा उत्रिएका थिए। माओवादी केन्द्रका उम्मेदवारसँग पराजित भएका  पौडेल लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट काठमाडौं–५ मा उम्मेदवार बनेका उनी एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरलेलाई पराजित गर्दै जित हासिल गरे। 

प्रदीपले १५ हजार २ सय ३७ मतसहित विजय हासिल गर्दा उनका प्रतिद्वन्द्वी ईश्वरले १० हजार १ सय ७५ मतसहित हार व्यहोरे। 

घनश्याम भुषाल
घनश्याम भुषाल नेकपा एमालेबाट टिकट नपाएपछि विद्रोही बनेर रुपन्देही–१बाट उम्मेदवार बने। ०५३ सालको उपनिर्वाचनमा क्षेत्र नम्बर २ रुपन्देहीबाट निर्वाचित भएका भुषाल  संघीय संसद्को प्रतिनिधिसभा निर्वाचन ०७४ सालमा क्षेत्र नम्बर ३ रुपन्देहीबाट निर्वाचित  भएका थिए। 

एमाले अध्यक्ष ओलीले टिकट नदिएपछि उनी क्षेत्र परिवर्तन गरेर रुपेन्देही–१ बाट उम्मेदवार बनेका थिए। उनले निर्वाचनमा भने सफलता हासिल गर्न सकेका छैनन्। उनी एमालेका छबिलाल विश्वकर्मासँग पराजित भए। 

विश्वकर्माले १६ हजार ७ सय ७३ मतसहित विजयी हुँदा भुषाल १३ हजार ४ सय ४८ मतसहित पराजित भए। 

अनिल कुमार झा
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेदवार अनिल कुमार झाको धनुषा निर्वाचन क्षेत्र २ भए पनि उनी धनुषा–३बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बने। उनी यस पटक एमालेकी उम्मेदवार जुली कुमारी महतोसँग पराजित बनेका छन्। 

क्षेत्र परिवर्तनकै कारण झा पराजित भएको अनुमान गरिएको छ। एमालेकी महतोले ३३ हजार ३ सय ८८ मत प्राप्त गर्दा झाले २३ हजार ६ सय ८६ मा चित्त बुझाउन बाध्य बनेका छन्। 

लक्ष्मणलाल कर्ण
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता लक्ष्मणलाल कर्णले क्षेत्र परिवर्तन गरेसँगै नराम्रोसँग पराजित भएका छन्। उनी यस पटक पर्सा–१ बाट उम्मेदवार बनेका थिए। 

संघीय संसद् प्रतिनिधिसभा निर्वाचनमा ०७४ सालमा पर्सा–४बाट निर्वाचित  भएका कर्ण संविधानसभा सदस्य निर्वाचन ०६४ र ०७० मा लगातार समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित  भएका थिए। 

यस पटक उनी पर्सा–१बाट पराजित भएका हुन। उनी जसपाका प्रदीप यादवसँग पराजित भएका हुन। प्रदीप यादव पहिलो भएर विजेता हुँदा,अजयकुमार सुवेदी दोस्रो,किरणमान ढंगोल तेस्रो र कर्ण चौथो नम्बरमा देखिएका हुन्।

ओनसरी घर्ती 
काठमाडौं–२बाट लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी ओनसरी घर्तीले आफ्नो निर्वाचन क्षेत्र परित्याग गर्दै काठमाडौं रोजेकी थिइन्। क्षेत्र परिवर्तन गरेसँगै घर्ती काठमाडौं–२ बाट पराजित बनिन्।

संविधानसभा सदस्य निर्वाचन ०६४ मा समानुपातिक सदस्य बनेकी घर्ती दोस्रो संविधानसभा ०७० मा रोल्पा २ बाट प्रत्यक्ष निर्वाचित भइन्। प्रतिनिधिसभा सदस्य ०७४ मा पनि निर्वाचित बनेकी घर्ती यसपटक काठमाडौं–२ बाट पराजित बन्न पुगिन्। 

काठमाडौं–२बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोबिता गौतम निर्वाचित भइन्। 

प्रकाशित मिति: आइतबार, मंसिर ११, २०७९  १७:००
  • #प्रतिनिधि सभा निर्वाचन २०७९
  • #क्षेत्र परिवर्तन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
उपरथीमा विशेष बढुवा भएकालाई प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान
राष्ट्रिय सहमतिबाटै राजसंस्था पुनर्स्थापित हुनुपर्छ : राप्रपा
शीतल निवासमा नवनियक्त ४ मन्त्रीले लिए शपथ
सम्बन्धित सामग्री
समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ निवेदन दिने समयसीमा भित्र ती राजनीतिक दलले निवेदन दिए... बुधबार, मंसिर २४, २०८२
समानुपातिकतर्फको निर्वाचन कार्यक्रम आजबाट सुरु हुँदै आयोगले आजदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम सञ्चालन गर्ने भएको छ। आज बिहान १० बजेदेखि अपराह्न ४ः०० बजेसम्म समानुपातिक... आइतबार, मंसिर २१, २०८२
प्रतिनिधिसभा निर्वाचनको यस्तो छ कार्यतालिका यसरी आवेदन दिएका राजनीतिक दलले आगामी पुस १३ र १४ गते बिहान १०ः०० देखि अपराह्न ४ बजेसम्म उम्मेदवारको बन्दसूची पेश गर्ने समयसीमा निर्ध... शुक्रबार, मंसिर १९, २०८२
ताजा समाचारसबै
उपरथीमा विशेष बढुवा भएकालाई प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान शुक्रबार, मंसिर २६, २०८२
राष्ट्रिय सहमतिबाटै राजसंस्था पुनर्स्थापित हुनुपर्छ : राप्रपा शुक्रबार, मंसिर २६, २०८२
शीतल निवासमा नवनियक्त ४ मन्त्रीले लिए शपथ शुक्रबार, मंसिर २६, २०८२
अहिलेको अवस्थाबाट निकाश पाउन निष्पक्ष निर्वाचन सम्पन्न हुनुपर्छ : राष्ट्रपति पौडेल शुक्रबार, मंसिर २६, २०८२
एमाले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका ईश्वर पोखरेल समूहको युवा भेला शुक्रबार, मंसिर २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
एमाले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका ईश्वर पोखरेल समूहको युवा भेला शुक्रबार, मंसिर २६, २०८२
जाहेरवालाका वकिल न्यायाधीशको आफन्त परेपछि रवि-छविको मुद्दा हेर्न नमिल्नेमा बिहीबार, मंसिर २५, २०८२
मन्त्रिपरिषद् विस्तार हुँदै, को–को बन्दै छन्? शुक्रबार, मंसिर २६, २०८२
कुलमान र हितेन्द्रबीच भेट बिहीबार, मंसिर २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ आइतबार, मंसिर २१, २०८२
सरकार र जेनजीबिच भएको सहमतिका यी हुन् दश बुँदा :  ‘नो भोट’ देखि सम्पत्ति छानबिनसम्म (पूर्णपाठ) बुधबार, मंसिर २४, २०८२
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली शनिबार, मंसिर २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्