काठमाडौं- इलाम क्षेत्र नम्बर १ मा झलनाथ खनाल फराकिलो मतान्तरले पराजित हुने प्रक्षेपण गरिएको छ। एकीकृत समाजावादीका सम्मानित नेता खनाल नेकपा एमालेका महेश बस्नेतसँग पराजित हुने प्रक्षेपण गरिएको हो।
फ्याक्ट्स नेपालले गरेको सर्वेमा एमालेका बस्नेतका पक्षमा ५६ प्रतिशत र खनालका पक्षमा जम्मा २७ प्रतिशत मतदाता देखिएका छन्। नेपाली कांग्रेस बिपीका गणेप्रसाद पौडेल ८ प्रतिशत मत पाउँदैछन्।
यसैगरी महोत्तरी क्षेत्र नं ३ मा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पारजित हुने प्रक्षेपण गरिएको छ। फ्याक्ट्स नेपालले गरेको सर्वेमा जसपाका हरिनारायण यादवको पक्षमा ३९ र ठाकुरका पक्षमा जम्मा ३८ प्रतिशत देखिएको छ।
यसैगरी झापा- ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन कांग्रेस नेता कृष्ण सिटौलासँग पछि परेका छन्। सिटौलाको ४५ प्रतिशत र लिङदेको ४१ प्रतिशत देखिएको छ। यसैगरी सप्तरी- २ मा सिके राउतले उपेन्द्र यादवलाई चुनौती दिनेछन्। यादवले ४३ प्रतिशत र राउतले ३९ प्रतिशत मत प्राप्त गर्ने प्रक्षेपण फ्याक्ट्स नेपालको रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।