• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १७, २०८३ Wed, Sep 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

काभ्रेपलाञ्चोक- २ : गोकुल बास्कोटालाई बिरासत जोगाउन हम्मे, उदाउने प्रयासमा शिव हुमागाईं

64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक २५, २०७९  ०७:४१
1140x725

काठमाडौं– बागमती प्रदेशका चर्चित केही क्षेत्रमध्ये एक हो काभ्रेपलाञ्चोक- २। वैशाख ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा काभ्रेपलाञ्चोक- २ बाट एमालेका पोलिटब्यूरो सदस्य गोकुल बास्कोटा उम्मेदवार छन् भने उनलाई चुनौती दिइरहेका छन्, गठबन्धनका साझा उम्मेदवार शिवप्रसाद हुमागाईंले। 

एमाले अध्यक्ष केपी शर्मा ओली निकट रहेका बास्कोटाले अघिल्लो पटक सरकारको प्रवक्ता र सञ्चार मन्त्रीको जिम्मेवारी पाएका थिए । तर उनी बीचमै विवादित भएपछि राजीनामा दिएर सरकारबाट अलग हुन बाध्य भए।

बास्कोटा यस पटक पुनः निर्वाचित भएर आफ्नो विगतको छवि मेटाउने दाउमा छन् भने कांग्रेसका हुमागाईं बास्कोटालाई हराएर राजनीतिमा पुनरागमन गर्ने तयारीमा छन्। २०५६ सालको निर्वाचनमा विजयी भएका हुमागाईं त्यसयताका कुनै पनि निर्वाचनमा विजयी हुन सकेका छैनन्।

पर्दा बाहिर परेका हुमागाईंलाई फर्किने मौका
चार पटक काभ्रे कांग्रेसको सभापति र केन्द्रीय सदस्य समेत रहिसकेका हुमागाईं २०५६ को प्रतिनिधि सभा निर्वाचनमा यही क्षेत्रबाट विजयी भएका थिए। त्यसपछि उनी राजनीतिक रुपमा ओझेल परेका थिए। २०६२/०६३ को आन्दोलनमा सक्रिय रहेका हुमागाईंलाई २०७४ को निर्वाचनमा पार्टीले टिकट नदिएपछि पर्दा पछाडि परेका थिए।

यो निर्वाचनमा एक्कासि गठबन्धनको तर्फबाट टिकट पाएपछि हुमागाईं चर्चामा छन्। उम्मेदवारी दर्ताकै दिन भूईंमा लम्पसार परेर मतदातालाई ढोगेपछि चर्चाका आएका उनी पनि गोकुलझैं ठट्यौली शैलीमा कुरा गर्न माहिर छन्। हुमागाईंले पनि बास्कोटाकै शैलीमा विपक्षीलाई पराजित गर्ने दावी चुनावी सभाहरुमा गर्ने गरेका छन्।

यस पटकको निर्वाचनमा बास्कोटालाई पराजित गर्दै जित निकाल्न सकेमा हुमागाईं प्रभावशाली रुपमा राजनीतिको केन्द्रीय स्तरमा उदाउने आकलन राजनीतिक विश्लेषकहरुले गरेका छन्। त्यसैले हुमागाईंका लागि यो पटकको निर्वाचन अवसर पनि हो।

सत्ता गठबन्धनको बलियो साथ, प्रतिस्पर्धीको विवादमा उठाउन सकिने फाइदा र नेपाली कांग्रेसको अवस्थामा सुधार जस्ता कारणले हुमागाईंलाई जित्ने आधार बनेको देखिन्छ। तर यी सबै कारण देखिए पनि उनलाई जित्न सहज भने देखिँदैन। नेकपा एमालेको बलियो संगठन भएको क्षेत्र भएका कारण उनले गठबन्धन भित्रको मत एकीकृत गरेर ल्याउनुपर्ने चुनौती छ। 

बास्कोटालाई एमालेको बिरासत जोगाउने चुनौती 
एमाले उम्मेदवार बास्कोटा चौतर्फी चुनौतीले घेरिएका छन्। बलियो प्रतिस्पर्धी, मतदातालाई एमालेमा आकर्षण देखाउने साँघुरो अवस्था र सत्ता गठबन्धनको घेराबन्दी तोडेर जित निकाल्नुपर्ने चुनौती उनलाई देखिन्छ। त्यसैमा विवादास्पद छवि र आफ्ना पुराना सहकर्मीहरु एकीकृत समाजवादीतिर सक्रिय हुनुले बास्कोटालाई थप कमजोर पारेको देखिन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

२०६४ साल माओवादीको दबदबा रहेको अवस्थामा समेत नेकपा एमालेका उम्मेदवार कृष्णप्रसाद सापकोटाले जित हासिल गरे। २०७० मा तत्कालीन क्षेत्र नम्बर ४ बाट (अहिले क्षेत्र नम्बर २) एमालेका उम्मेदवार विदुर सापकोटाले निर्वाचन जिते। २०७४ सालको आम निर्वाचनमा बास्कोटा सोही क्षेत्रबाट माननीय भए। जसका कारण काभ्रे- २ एमालेको प्रभाव क्षेत्र मानिन्छ।

तर, अहिले अवस्था फेरिएको छ। कृष्णप्रसाद र विदुर दुवै बास्कोटाका सहयात्री होइन, प्रतिस्पर्धीका कमाण्डर बनेका छन्। उनीहरु दुवै नेकपा विभाजनपछि माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा सक्रिय छन्। उक्त क्षेत्रमा प्रदेश सभातर्फ समाजवादीले प्रदेश सभा 'क'मा समाजवादीका लक्ष्मण लम्साल र 'ख'मा नेपाली कांग्रेसका कञ्चनचन्द्र बादेले टिकट पाएका छन्। 

७० करोडको विवादले पछ्याइरह्यो
सूचना तथा सञ्चार मन्त्री भएका बेला सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा ठेकेदारका एजेन्टसँग ७० करोड रुपैयाँ रकम बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि बास्कोटा विवादित बने। त्यही कारणले उनले मन्त्री पदबाट राजीनामा दिनुपर्‍यो। यस प्रकरणलाई लिएर सामाजिक सञ्जालमा अहिले पनि उनको आलोचना हुने गरेको छ। यस विषयमा बास्कोटाले जवाफ पनि दिने गरेका छन्।

सो विवादका विषयमा कुनै आधिकारिक निकायले प्रमाणित नगरे पनि विपक्षीले भने बास्कोटालाई आरोप लगाउन छाडेका छैनन्। चुनावी कार्यक्रमहरुमा समेत उनले यसको जवाफ दिने गरेका छन्। सामाजिक सञ्जालहरुमा पनि बास्कोटाले जवाफ दिँदै प्रमाण ल्याउन चुनौती दिने गरेका छन्। मन्त्री हुँदा काभ्रेको विकासका लागि धेरै काम गरेको र आफूले जित्ने आधार नै यही भएको दावी उनले चुनावी सभामा गर्ने गरेका छन्।

काभ्रे- २ मा एमाले र कांग्रेससँगै राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईं, स्वतन्त्र उम्मेदवार मनोज पण्डित लगायत १६ जनाले उम्मेदवारी दिएका छन्।

स्थानीय निर्वाचनको अंकगणित 
काभ्रे-२ मा ३ वटा पालिकाको पूर्ण क्षेत्र र २ पालिकाको केही वडा पर्छन्। पाँचखाल नगरपालिका, मण्डनदेउपुर नगरपालिका, बेथानचोक गाउँपालिकाको एउटा वडा बाहेक सबै, भुम्लु गाउँपालिका, पनौती नगरपालिकाको १, २, ३, ११ र १२ नम्बर वडा र धुलिखेल नगरपालिकाका १, २, ३, ४, ५, ६ र ७ वडा र बनेपा नगरपालिका यो क्षेत्रमा पर्छन्।

एकल रुपमा हेर्दा यो क्षेत्रमा एमालेका वडाध्यक्षले ल्याएको मत केही बढी देखिन्छ। स्थानीय निर्वाचनमा यो क्षेत्रमा एमालेबाट जितेका वडाध्यक्षहरुको कुल मत ४५ हजार ५ सय १४ छ भने नेपाली कांग्रेसले ४५ हजार ४ सय ५६ मत प्राप्त गरेको छ।

त्यसैगरी एकीकृत समाजवादीले ८ हजार ६ सय ७६ मत ल्याएको छ भने माओवादी केन्द्रबाट उम्मेदवार बनेका वडाध्यक्षहरुको कुल मत ६ हजार ३ सय ७० रहेको छ। स्थानीय चुनावको अंकगणित हेर्दा यो क्षेत्रमा गठबन्धनका उम्मेदवारभन्दा बास्कोटा निकै पछाडि देखिन्छन्।

समग्र पालिकाको अवस्था हेर्ने हो भने यो क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवारले नेतृत्व लिएका छन्। सो क्षेत्र अन्तर्गत पर्ने पाँचखाल नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवारले जित हासिल गरेका छन् भने बास्कोटाकै गृहनगर मण्डनदेउपुर नगरपालिकाको मेयर र उपमेयरमा गठबन्धनका उम्मेदवारले जित निकालेका थिए।

त्यसैगरी, बेथानचोक गाउँपालिकाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी केन्द्रको उम्मेदवार निर्वाचित भएका छन्। पनौती नगरपालिकाको प्रमुखमा पनि नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् भने उपमेयरमा एमाले विजयी भएको छ। धुलिखेल नगरपालिकाको मेयरमा भने एमालेका उम्मेदवारले जित हासिल गरेका छन्। यहाँ उपमेयरमा कांग्रेसले जित हासिल गरेको छ।

समग्र स्थानीय तह निर्वाचनको परिणामको मूल्यांकन गर्दा काभ्रे- २ मा गठबन्धनको दबदबा देखिन्छ। स्थानीय मत परिणामलाई आधार मानेर विश्लेषण गर्दा मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनमा बास्कोटालाई चुनाव जित्न गाह्रो देखिन्छ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २५, २०७९  ०७:४१
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीका सम्बन्धमा संसदमा बोल्दै प्रधानमन्त्री
गगनविरुद्धको समूहको बैठक बस्दै, देउवा नेतृत्वमै १५औँ महाधिवेशन गर्ने तयारी
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
भोटेकोशी बाढीका सम्बन्धमा संसदमा बोल्दै प्रधानमन्त्री बुधबार, भदौ १७, २०८३
गगनविरुद्धको समूहको बैठक बस्दै, देउवा नेतृत्वमै १५औँ महाधिवेशन गर्ने तयारी बुधबार, भदौ १७, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
नागढुंगामा सडक भासिएपछि सुरुङमार्ग खुला बुधबार, भदौ १७, २०८३
ग्लोबल आइएमई बैंकले घोषणा गर्यो १० प्रतिशत लाभांश बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
सिके राउतले हारे मुद्दा मंगलबार, भदौ १६, २०८३
एमाले नेतृ झाँक्रीको दाबी– युरेनियमका कारण सरकारले अझ यो भन्दा दर्दनाक विपद् निम्त्याउन बाँकी छ मंगलबार, भदौ १६, २०८३
‘एक घर बनाउने संकल्प’ लिन सोनु सूदको विश्व समुदायलाई आह्वान मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्