• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ ५, २०८३ Fri, Aug 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

एमालेको समर्थनले आफैँले रोपेको वरपिपलको छहारीमा आएको महसुस भइरहेको छः अशोक राई [अन्तर्वार्ता]

64x64
डिबी खड्का बुधबार, कात्तिक १६, २०७९  १८:३५
1140x725

जनता समाजवादी पार्टी (जसपा)का नेता अशोक राई नेकपा (एमाले)को समर्थनमा प्रतिनिधि सभाका लागि सुनसरी– ४ बाट उम्मेदवार बनेका छन्। ०७४ को निर्वाचनमा उपविजेतामा चित्त बुझाएका राईमा यसपल्ट जित्न निकाल्ने विश्वास देखिन्छ। उक्त क्षेत्रमा राम्रो प्रभाव भएको र आफ्नै राजनीतिक जीवनको ऊर्जावान समय बिताएको एमालेको समर्थनले उत्साहित देखिन्छन् उनी। प्रतिस्पर्धीको रुपमा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का नेता मिक्सामहाङ सुब्बा उम्मेदवार छन्। अहिले राई धरानस्थित आफ्नै निवासबाट चुनावी अभियान चलाइरहेका छन्। राईको चुनावी क्षेत्र सुनसरी– १ मै पुगेर नेपाल लाइभका लागि डिबी खड्काले गरेको संवादः 

यसपल्ट आफ्नो चुनावी माहोल कस्तो पाउनुभएको छ ? 

०७४ मा पनि म प्रतिनिधि सभा निर्वाचनका लागि प्रतिस्पर्धी थिएँ। तर, नतिजा पक्षमा आएन। तर म यहाँका स्थानीबासीका रुपमा लगातार यहीँ खटिएको छु। ०७४ सालको भन्दा गुणात्मक रुपमा यहाँको माहोल मेरो पक्षमा परिर्वतन भएको देखेको छु। अझ भनौं एमालेसहितको तालमेलको पक्षमा देखेको छु। 

कुनै समय तपाईं एमालेमा प्रभावशाली नेता हुनुहुन्थ्यो। एमालेलाई मजबुत बनाउन सक्रिय भूमिका खेल्नुभयो। आज धेरै वर्षपछि आफूले बनाएको संगठन र आफैंले नेता बनाएका कार्यकर्तासँग हिँडिरहँदा कस्तो महसुस गरिरहनुभएको छ? 

म रोमाञ्चित छु। आफैँले चिनेको चौतारा वा आफैँले रोपेको वरपिपलको छहारीमा शितल ताप्न आएकोझैं महसुस भइरहेको छ। एमालेमा रहँदा मैले बनाएका संगठनका साथीहरू अहिले सँगै हिँड्दा आफ्नै जस्तो लाग्नु पनि स्वभाविक नै होला। 

अघिल्लोपटक यस क्षेत्रबाट सफलता प्राप्त भएन। यसपटक एमालेको समर्थन बाहेकेको जितका अन्य आधार के हुन्? 

०७४ सालमा पनि म दोस्रो स्थानमा रहेको हो। त्यसपछि मैले यस क्षेत्रका बासिन्दाका सुखदुःखमा साथ दिएको छु। कोरोनाकालदेखि गतवर्ष कात्तिकमा आएको बाढीमा समेत मैले काम गरेको छु। तल्लो भेगमा रहेका विपन्न परिवारहरूको सर्वे गर्न लगाएर न्यानो कपडा वितरण गरेको छु। विकास निर्माणको काममा पनि म सक्रिय भएको छु। बराह क्षेत्रदेखि किरात धर्म संघमा सामूहिक घर बनाउनेसम्म सक्रिय छु। विद्यालयमा आधुनिक शौचायल र शर्दू क्षेत्रमा जाने सडक बनाउनेसम्मका कार्यमा मैले सक्रिय भएर हातमालो गरेको छु।

सडक स्तरउन्नति गर्ने कार्यदेखि धेरै सरकारी र गैरसरकारी विकास निर्माण मैले अघि बढाएको छु। निर्वाचन विकास क्षेत्र कोष पनि यतै ल्याएर काम गरेको छु। सर्दू खोलाको खैरेनीमा बस्ती कटान रोक्न पनि मैले काम गरेको छु। त्यस्तै, अर्को भनेको एमालेको बलियो संठगनको सहयोग पनि हो। अरु दलका नेताहरूले पनि प्रेम र सद्भाव देखाउनुभएको छ। जनतासँग जोडिएकाले फेरि पनि सेवा गर्ने मौका दिनुहुन्छ भन्ने मलाई लागेको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

तपाईंले यस्तो दाबी गरिरहँदा धरानको अहिले बनेको छवि चाहिँ बागी अर्थात् विद्रोही देखिन्छ। धरानका मतदातामा देखिएको यो मनोविज्ञानले तपाईंहरूलाई फाइदा हुन्छ कि हानी? 

लोकतन्त्रमा सबैले उम्मेदवार हुन पाउने अधिकार राख्छन्। पाँच वर्षमा सबैले आफूलाई देखाउन चाहन्छन्। सदुपयोग गर्न चाहन्छन्। त्यसैले, बागी हुने वा स्वतन्त्र उठ्नेहरूलाई मेरो भन्नु केही छैन। तर, पार्टी अनुशासनले हेर्दा यो दोषपूर्ण अवस्था हो। यसरी जाने हो भने पार्टी पद्धति चल्दैन।

हामीले निर्दलीय व्यवस्थाविरुद्ध आन्दोलन गरेर दलीय व्यवस्था ल्याएका हौँ। म पनि यही दलीय व्यवस्थाका लागि १२ वर्ष जेल बसेको छु। अहिले फेरि स्वतन्त्र उठ्ने अनि निर्दलीयतिर जानु राम्रो होइन। जनताले चेतावनी दिने केही अपवादमा हुनसक्छ। यो सामान्य नियम होइन । यसबाट दलहरूले  सिक्नुपर्छ। हामीबाट जनता सन्तुष्ट छैनन् भन्ने हामीले महसुस गर्नुपर्छ। जनताको हितका लागि लाग्नुपर्छ। जनताले औंल्याएका बेथितिलाई हटाउनुपर्छ भनेर सँगै शिक्षा लिनुपर्छ। 

 

यी सबै कुरालाई आत्मसाथ गरेर धरान आउनुभएको हो, कहिलेसम्म आफूलाई निर्वाचनको मैदानमा उतारिरहनुहुन्छ? 

आगामी वर्षहरूमा युवा पुस्तालाई अघि बढाउनपर्छ भन्ने सोंच बनाएको छु। मेरा निम्ति सम्भवत यो अन्तिम निर्वाचन हुनेछ। ७० वर्षपछि पनि यस्तो भागदौडमा जान चाहन्न। कोही दौडन सक्छ भने अपवाद होला तर आम रुपमा युवा पुस्तालाई हस्तान्तरण गर्नुपर्छ। हामीले लोकतन्त्र ल्याउन संघर्ष गरेको हो। यसलाई अघि बढाउन युवा पुस्तालाई अघि बढाउनुपर्छ। पाँच वर्ष मैले सेवा गर्न पाएँ भने केही स्मरणीय काम गर्ने सोच राखेर कार्यक्रमहरू अघि सारेको छु। 

जसपाको प्रभावशाली नेता हुनुहुन्छ। आफ्नो संगठन बलियो भएको ठाउँमा रोज्नुपर्नेमा कमजोर धरानलाई किन रोज्नुभयो? 

जसपा नयाँ पार्टी हो। यद्यपि, धरानसँग मेरो भावानात्मक साइनो छ। मैले यहाँ शिक्षा र ज्ञान आर्जन गरेको ठाउँ हो। भूमिगतकालमा पनि मैले धरानमा लामोसमय बिताएको छु। १२ वर्षसम्म म निर्दलीय शासनविरुद्ध गुप्तावास बसेँ, त्यस्तो त्याग गरेको घोषणा गरेको स्थान पनि धरान हो।

मैले धरानमा बैरागी काइँला, टंक कार्कीलगायत सँगै सार्वजनिक भएको घोषणा गरेको हुँ। त्योबेला मैले मेरो सक्कली नाम अशोक राई हो भन्ने सुनेर धेरैले आश्चर्य मानेका थिए। म धरानको बासिन्दा पनि हो। म बूढेसकालमा घाम ताप्ने ठाउँ यसैलाई बनाउने हो। एमाले निर्माणको काम पनि मैले गरेको हुँ। आफूले चिनेको चौतारामा शितल ताप्ने अवसर प्राप्त भएको छ। म यहाँ जित्नमात्र आएको होइन, केही गर्न भनेर आएको हुँ। 

तालमेलको अघिल्लो हप्तासम्म एमाले र जसपा वैचारिक रुपमै दुई धार थिए। तर, पछि तालमेल गरेर निर्वाचनमा जाने निर्णय भयो। यस्तोमा नेताहरूले आफू जित्नका लागि जे पनि गर्ने रहेछन् भन्ने सन्देश जाँदैन? 

जुनसुकै पार्टी वा नेताले आफूले जित्ने प्रयास गर्छ। यो स्वभाविक पनि हो। सबै पार्टी र उम्मेदवार जितकै लागि निर्वाचनको मैदानमा आएका हुन्। त्यसैले यसलाई स्वभाविक रुपमा लिनुपर्छ। आसन्न चुनावमा कुनै पार्टीको एकल बहुमत आउन नसक्ने देखिएको छ। अपवादमा मात्र आउने अवस्थामा दलहरूले तालमेल गर्नुपर्ने अवस्था अनिवार्य नै हुन्छ।

भारतमा पनि यस्तै देखिएको छ। दिल्लीमा आमआद्मी पार्टीले सरकार बनाएको छ। तर, अन्य शहरमा अरु मिलेर लडेका छन्। यो एउटा चुनावी नियममात्र हो। एमालेसँग सहकार्य यो पहिलो होइन, ०७४ सालको निर्वाचनपछि बनेको एमालेको सरकारलाई हामीले सर्मथन गरेका थियौं। तर, हाम्रा बीचमा मतभद कहाँ रह्यो भने एमाले अध्यक्ष केपी शर्मा ओलीले जब कार्यकाल अगावै प्रतिनिधि सभा विघटन गर्नुभयो। त्यसमा हामी सहमत हुन सकेनौं।

संविधानभन्दा बाहिर गएर उहाँले त्यो काम गर्नुभयो भनेर सडकमा गएका हौं। अदालतले त्यसलाई उल्टाइदियो। अब नयाँ चरणमा हामी पुगेका छौं। अब नयाँ संसद्का लागि हामी निर्वाचनमा छौं। एकपटक गलत कदम चालेको भनेर सधैं वैरभाव राख्नुपर्ने जरुरी छैन। लोकतन्त्रमा यस्तो पनि हुँदैन। नेपालको राजनीतिमा सहकार्य र तालमेल सहज हुने अभ्यास छ। २००७ सालदेखि ०६२–६३ सम्ममा पनि राजनीतिक दलका बीचमा सहकार्य र सहमति भएको छ। ०७४ मा पनि एमाले, कांग्रेस र माओवादीसँगसँग अरु दलको सहकार्य भएको थियो।

संसद्मा आफ्नो बलियो उपस्थितिका लागि यो एउटा प्रक्रिया हो । दुई दल मिलाएर बहुमत पुर्‍याउन सकिन्छ भनेर नै यो पटक एमालेसँग सहकार्य गरिएको हो। बहुमत प्राप्त भएमा हामी जनताको पक्षका काम गर्न सक्छौं। समृद्ध नेपाल र सुखी नेपाल बनाउने एमालेको नारामा हामी पनि काम गर्छौं। 

नागरिकता विधेयक जस्ता अनेक विषय छन्। जसमा जसपा र एमालेका बीचमा अझै एकमत देखिँदैन नि?

यसमा जसपा र एमालेबीच दूरी छैन। ओली सरकारमा रहँदा उहाँले नागरिकता अध्यादेश जारी गर्नुभएको थियो। जसलाई सर्वोच्च अदालतले रोक लगायो। त्यही अध्यादेशमा भएका व्यवस्थालाई अक्षरशः विधेयकमा ल्याइएको थियो। संसद्ले यसलाई पारित गरेपछि राष्ट्रपति कार्यालयमा प्रमाणीकरणका लागि पठाएको थियो।

राष्ट्रपतिले त्यसलाई फेरि विचार गर्न भन्दै संविधानसम्मत नै फिर्ता पठाउनुभयो। संसद्ले फेरि त्यसलाई प्रमाणीकरणका लागि पठाएको थियो। राष्ट्रपतिले यसलाई प्रमाणीकरण गर्नुपर्ने थियो, गर्नुभएन। राष्ट्रपतिले गर्नुपर्ने कुरा गर्नुभएन भने के हुन्छ भनेर संविधानमा कतै लेखिएको देखिएन। त्यसकारण यो संविधानको व्याख्याको प्रश्न भएको छ। सर्वोच्चको संवैधानिक इजलासले यसमा ब्याख्या गर्न सक्छ। यसलाई लिएर एमालेसँग दूरी बढाउन आवश्यक छैन भन्ने जसपाको निष्कर्षपछि तालमेलको सहमति भएको हो।  
 

प्रकाशित मिति: बुधबार, कात्तिक १६, २०७९  १८:३५
  • #अशोक राई

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
गुनासो सुन्न र सुझाव लिन शिक्षामन्त्री सस्मित पोखरेल पुगे सामुदायिक विद्यालयमा बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेलाई ८० लाख धरौटीमा रिहा गर्न आदेश बिहीबार, भदौ ४, २०८३
बालेन सरकारलाई सर्वोच्चको अर्को झड्का, वायुसेवा निगमका अध्यक्षको नियुक्ति सर्वोच्चले गर्‍यो बदर बिहीबार, भदौ ४, २०८३
१ लाख ७० हजार ऋणीलाई कालोसूचीबाट राहत दिने तयारी, कस्ता प्रकारका ऋणीले पाउनेछन् लाभ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
रास्वपा सांसद र मन्त्रीबीच चर्काचर्की बुधबार, भदौ ३, २०८३
सीमामा कडाइ गरिएको विषयबारे पार्टी बैठकमा अमरेशले भने– छठपछि तराईंमा रास्वपाका सांसदमाथि कुटपिट हुन सक्छ! बुधबार, भदौ ३, २०८३
राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त, को हुन् उनी? बुधबार, भदौ ३, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्