• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

बजारमा बज्न थाले ‘स्पीकर’, संकटमा मादल व्यवसाय

64x64
रासस शनिबार, कात्तिक ५, २०७९  १२:४३
1140x725

चितवन– भरतपुर महानगरपालिका–१ लिलाचोक नारायणगढका राम कुलुले मादल बनाउने पेसा थालेको १८ वर्ष भयो। आफ्ना बुबाले मादल बनाउन सिकाएका उनलाई अहिले मादलमात्र होइन छालाबाट बन्ने वाद्यवादनका सबै सामान बनाउन आउँछ। उनको दैनिकी नै छालाबाट बन्ने बाजा बनाउने काममा बित्ने गरेको छ।

एक/दुई वर्षअघिसम्म यो पेसाबाट सन्तुष्ट उनी पेसामा आएको संकट र व्यवसायमा आएको मन्दीका कारण चिन्तित छन्। तिहारको समयमा पनि मादल बिक्री नभएपछि उनी वैकल्पिक पेसा अपनाउनु पर्ने हो कि भन्ने सोचमा छन्। 

उनले नारायणगढमा आकृति मादल पसल सञ्चालन गरेको नै दश वर्ष भयो। त्यसअघि मुग्लिनलगायत ठाँउमा उनले मादल बनाउने र बिक्री गर्ने गर्थे। 

‘यो सिजनमा कोरोनाभन्दा अघिका वर्षमा दैनिक आठ/दशवटा मादल बिक्री हुने गर्थ्यो’, उनले भने, ‘यस वर्ष दिनमा एक/दुईवटा पनि बिक्री हुन धौधौ छ।’ उनले उत्पादन गरेका मादल काठमाडौं, पोखरा, बागलुङ, बुटवल र पूर्वी नेपालकासमेत विभिन्न सहरमा पुग्ने गर्दछ। 

‘मादलको बिक्री सबैभन्दा धेरै गाउँमा हुने हो। अहिले गाउँघरमा पनि तिहारको बेला स्पिकर र डेक बजाउन थाले’, उनले भने। एक हजार ५०० देखि सात हजारसम्मका मादल उनले बनाउने गरेका छन्। 

‘पहिले मनोरञ्जनको साधनको रुपमा मादल मात्र थियो,’ कुलुले भने, ‘अहिले विभिन्न माध्यम आए।’ मादल बजाउन नजान्ने अहिलेका पुस्ताबाट बाजाको संरक्षण हुन नसक्ने उनको भनाइ छ। 

उनले भने, ‘अहिलेको पुस्ता कतिलाई मादल बजाउन आउँदैन। अङ्ग्रेजी गीतमा नाच्न थालेकालाई मादल बजाउन लाज लाग्न थालेको छ।’ उनले विद्यालयदेखि नै मादललगायत अन्य मौलिक बाजा बजाउन बालबालिकालाई सिकाउनुपर्ने विचार राखे। 

पलायन हुन थालेका मादल व्यवसायीलाई सरकारबाटै संरक्षण हुनुपर्ने उनले बताए। ‘स्थानीय पालिका, टोल विकास समिति, विभिन्न जातजातिका सांस्कृतिक टोलीलगायत मौलिक बाजा बचाऊ अभियानमा लाग्नुपर्छ’, उनले भने। 

Ncell 2
Ncell 2
nimb
nimb

व्यवसायीको आम्दानी भएनभन्दा पनि हाम्रो मौलिक अस्तित्व जोखिममा छ भनेर सबैले बुझ्न आवश्यक रहेको कुलुले बताए। 

मादल बनाउन प्रयोग हुने सामग्री पूर्वी नेपालबाट ल्याउने गरेको उनको भनाइ छ। अहिले मादललाई आकर्षक देखाउन रिङको प्रयोग हुने गरेकोले सो सामग्री भारतबाट ल्याउन थालेको जानकारी दिए। 

उनको जस्तै तिहारमा भीडभाड हुने नारायणगढका अन्य मादल पसल पनि सुनसानजस्तै भएका छन्। मादल बजाई देउसीभैलो खेल्ने यो पर्वमा फाट्टफुट्ट ग्राहक मात्र देखिन्छन्।

सरकारले नेपाली मौलिक बाजाको संरक्षण गर्न नसक्दा व्यवसाय नै संकटमा परेको भरतपुर महानगरपालिका–१ पोखरा बसपार्कको उमेश मादल पसलका नारायण नेपालीले बताए।

Xtrem

Xtrem

एक हप्तामा जम्मा १२ वटा मादल मात्रै बेचेको भन्दै उनले यस्तै अवस्था रहे पेसा नै छोड्नुपर्ने अवस्था आउने दुखेसो पोखे। ‘यही अवस्था रहिरहे आफ्नो लगानी र घरभाडासमेत तिर्न मुस्किल हुन्छ’, उनले भने, ‘व्यवसायमा यस्तो संकट आजसम्म आएको थिएन।’ 

मौलिक बाजामा केन्द्रदेखि स्थानीय सरकारको ध्यान नजाँदा नेपाली परम्परा, संस्कार, संस्कृतिसँगै यससँग सम्बन्धित व्यवसायीको अस्तित्व मेटिँदै गएको उनको भनाइ छ। उनले भने, ‘तिहारमा हिन्दी गीतमा युवायुवती नाच्न थाले, मादल बजाउँदै देउसीभैलो खेल्ने आफ्नो संस्कृति भुले, विवाह, पूजामा मौलिक गीतलाई बिगारेर गीत बजाउँछन्। आधुनिकतासँगै रोधी बस्न छाडे। यस्तै रहे किताबको पानामा मात्र मादल नेपाली बाजा हो भन्ने हाम्रा पुस्ताले पढ्नेछन्।’ 

मादल बेचेर आफ्नो र आफ्नो परिवारको जीविकोपार्जन गरिरहेका नेपालीले आफ्नो बुबाबाट मादल बनाउन सिकेका छन्। उनको यो पुस्तौली पेसा हो। उनले यहाँ बनाएका मादल पोखरासम्म पुर्‍याउँछन्। 

गत वर्षसम्म एक हजारमा मादल बेच्दै आएका उनले अहिले महँगीका कारण दुई हजार पाँचदेखि पाँच हजारसम्ममा बिक्री गर्दै आइरहेको बताए। 

नारायणगढको घोषणा मादल पसलकी शान्तमाया बसेलले मादल व्यवसाय नै धरापमा परेको बताइन्। ‘कोरोना सङ्क्रमणभन्दा पहिला व्यापार राम्रो थियो । तिहारमा बढी बिक्री हुने मादल, तीज, दसैँ, शिवरात्रि, स्वस्थानी पूजाको समयमा पनि राम्रो आम्दानी हुन्थ्यो। असार साउनबाहेक बाँकी महिना राम्रो बिक्री हुँदा सन्तोषजनक थियो’, उनले भनिन्। 

आधुनिकतासँगै बाहिरी संस्कार, संस्कृतिप्रति आकर्षित हुँदा मौलिकता बचाउन गाह्रो भएको बसेलको भनाइ छ। 

मादल बनाएर मात्र राष्ट्रिय बाजा मादलको संरक्षण नहुनेमा उनको जोड छ। ‘जबसम्म मादल बजाउने र खरिद गर्नेको सङ्ख्या बढ्दैन बाजा लोप हुँदै जाने र व्यवसायी विस्थापित हुँदै जानेछन्’, उनले भनिन्। 

नारायणी कला मन्दिरका पूर्वअध्यक्ष अमर प्रधानले तिहारलगायत पर्वमासमेत मादल घन्कन छाडेको बताए। उनले सजिलोका कारण पछिल्लो युवापुस्ताले विद्युतीय साउण्डसिस्टम बजाउने गरेको भन्दै पछिल्लो पुस्तामा गाउने र बजाउने कला पनि कम भएको बताए। 

प्रकाशित मिति: शनिबार, कात्तिक ५, २०७९  १२:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन मन्त्रालयले बुधबार सबै शिक्षा विकास तथा समन्वय इकाइलाई पत्राचार गर्दै असोज ८ र ९ गते स्थानीय तहसँगको समन्वयमा आवश्यकताअनुसार विद्याल... बुधबार, असोज ७, २०८३
मौसममा फेरि जोखिम : सरकार उच्च सतर्कतामा, कार्यबहाक प्रधानमन्त्रीले लिए पूर्वतयारीको जानकारी अर्थ मन्त्रालयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेती र नेपाल मौसम विज्ञा... बुधबार, असोज ७, २०८३
एल निनोका कारण थप चार लाख ५१ हजारको मृत्यु हुनसक्ने अनुमान युनिभर्सिटी अफ सिकागोस्थित क्लाइमेट इम्प्याक्ट ल्याबका अनुसन्धानकर्ताले जुन २०२६ देखि फेब्रुअरी २०२७ सम्म एल निनोका कारण हुने अतिरिक... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्री वालेन्द्र शाह न्यूयोर्कमा अवतरण, राष्ट्रसंघका स्थायी नियोग राजदूत थापाले गरे स्वागत बुधबार, असोज ७, २०८३
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
मौसममा फेरि जोखिम : सरकार उच्च सतर्कतामा, कार्यबहाक प्रधानमन्त्रीले लिए पूर्वतयारीको जानकारी बुधबार, असोज ७, २०८३
एल निनोका कारण थप चार लाख ५१ हजारको मृत्यु हुनसक्ने अनुमान बुधबार, असोज ७, २०८३
पोखराबाट अब सिधै दुबई : फ्लाई दुबईको पहिलो नियमित उडान अवतरण बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्